Tuesday, September 2, 2014

अब ह्वाट्सएपमा भिडियो कल सेवा

September 2
पछिल्लो समयमा लोकप्रिय बन्दै गएको मोबाइल मेसेजिङ सेवा ह्वाट्सएपले अब छिटै निशुल्क भ्वाइस कलको सुविधा ल्याउने भएको छ । Whats-appWhats-appअन्तराष्ट्रिय मिडियाहरुको रिपोर्ट अनुसार एपको इन्टरफेसमा भएका पछिल्ला परिवर्तनलाई आधार मान्ने हो भने ह्वाट्सएपले छिटै नै आफ्ना ६० करोड प्रयोगकर्ताका लागि भ्वाइस कलको सुविधा ल्याउँदैछ । ‘हालै सार्वजनिक भएका युजर इन्टरफेसका गोप्य तस्वीरहरुले देखाउँछन् की अन्य भाषा अनुवादमा समेत एपलाई सक्रिय बनाइएको छ जसलाई कुनै प्रयोगकर्ताले ह्वाट्सएपमार्फत कल प्राप्त गर्दा डिस्प्ले गरिन्छ’, दी फसजोपलिन डट कमलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ । ह्वाट्सएपको सबैभन्दा पछिल्लो भर्सनमा उपलब्ध भाषा अनुवादको फिचर्सले अब भ्वाइस कल सेवा पनि छिटै आउँदैछ भन्ने कुराको संकेत गरेको छ । ह्वाट्सएपले भ्वाइसकल सेवा सुरु गर्न लागेको समाचार सार्वजनिक भैरहेका बेला उसैको मातृसंस्था फेसबुकले यस्तो सेवा ल्याउने नल्याउने विषयमा भने केही जानकारी नभएको रिपोर्टमा भनिएको छ । फेसबुकले ह्वाटएप्स खरीद गरेसँगै यसका प्रयोगकर्तामा १५ प्रतिशतले वृद्धि भैसकेको छ ।

No comments: