Showing posts with label घटना/दुर्घटन. Show all posts
Showing posts with label घटना/दुर्घटन. Show all posts

Sunday, September 21, 2014

टङ्किसिनवारीमा महिलाको शब फेला

September 21
मोरङको टङ्किसिनवारी गाविसमा एक महिलाको शव फेला परेको छ।
 
टङ्किसिनवारी–८ की ३१ वर्षीया श्रीमती शान्ति चौधरी मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले उनको शव कोठामा सुताएर राखेको अवस्थामा भेटेको थियो।
 
 मृतक महिलाको घाँटी तथा अनुहारमा नीलडाम भएको पाइएको छ। प्रहरीले शवपरीक्षणका लागि कोसी अञ्चल अस्पताल ल्याएको छ भने मृतकका श्रीमान् रोशन चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। रासस

खोलाले बगाउँदा पूर्व भारतीय सैनिकको मृत्यु, अर्का बेपत्ता

September 21

नुवाकोटमा दुई पूर्व भारतीय सैनिकलाई खोलाले बगाउँदा एकको मृत्यु र अर्का एकलाई बेपत्ता भएका छन्।

काठमाडौं सोह्रखुट्टेबाट नियमित पेन्सन बुझेर घर फर्कदै गरेका नुवाकोटको विदुर नगरपालिका ८ राइसिंहका ५७ वर्षीय हस्तबहादुर भनिने हर्कबहादुर घलेको मृत्यु भएको छ। उनीसँगै रहेका साथी खलबहादुर तामाङ अहिलेसम्म बेपत्ता छन्।
घर जानेक्रममा शुक्रबार राती ९ बजे स्थानीय खहरे खोलाले बगाएर सामरी खोलाहुँदै त्रिशूलीमा पुर्‍याएको थियो।

घलेको शव शनिबार अपरान्ह ४ बजे घटनास्थलभन्दा करिब २३ किमी पर तारूका गाविसको पिपलटारमा भेटिएको प्रहरीले जनाएको छ। साथै बेपत्ता तामाङको स्थिति अहिलेसम्म थाहा हुन सकेको छैन।

बसको ठक्करबाट एकको मृत्यु

September 21
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज साँझ यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 
 
मृत्यु हुनेमा दमक नगरपालिका–१० निवासी ३८ वर्षीय मिलन आङ्दाङ्वे रहेका छन्।
 
विर्तामोडमा भएको लिम्बुवान एकता तथा आन्दोलन घोषणा सभामा सहभागी भएर फर्कने क्रममा को१७प १८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई कन्काइ पुलमा पश्चिमबाट पूर्वतर्फ आँउदै गरेका बा३ख ९७९ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो।
 
बसको ठक्करबाट आङ्दाङ्वेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। बस र चालकलाई भने प्रहरी चौकी सुरुङ्गाले नियन्त्रणमा लिएको छ। रासस
 

नुवाकोटमा चट्याङ परेर एकको मृत्यु

September 21

नुवाकोटको रालुका २ चिलाउनेमा गएराति गएको चट्याङले स्थानीय २३ वर्षीया मसिनी तामाङको निधन गएको छ। शुक्रबार राति करिब साढे १ बजे परेको चट्याङबाट तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राज शर्माले बताए।

Saturday, September 20, 2014

६ महिनाकी गर्भवतिमाथि आगजनी, श्रीमान पक्राउ

September 20
Sajaida-begam
४ असोज, नेपालगञ्ज । बाँकेको लक्ष्मणपुरमा ६ महिनाकी गर्भवती महिलालाई आगो लगाइएको छ ।
भारत रुपैडिया केवलपुर, सांकेतनगरमा सैजदा बेगम कबडियालाई बिहान ९० प्रतिशत शरीर जलेको अवस्थामा शनिबार विहान भेरी अञ्चल अस्पतालमा ल्याइएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
अस्पताल भर्ना गर्दा बांँके नेपालगन्ज-१२ भनी पीडित महिलाको ठेगाना लेखाइएको छ । तर, प्रहरीले भारतको रुपैडियामा उनीमाथि आगजनी भएको र उपचारका लागि नेपालगञ्ज ल्याइएको हुन सक्ने आशंका गरेको छ ।
उनको माइती नेपालमा रहेको बुझिएको छ । कबडियाले भने घटनाबारे केही बताउन चाहेकी छैन ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सैजदाका श्रीमान साबिर राय कबडियालाई नियन्त्रणमा लिएको छ । गलत ठेगाना र आफन्तहरुको पहिचान नदिएकाले घटना रहस्यमय रहेको बांँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर कोइरालाले बताए ।

Thursday, September 18, 2014

बस, एम्बुलेन्स र मोटरसाइकल दुर्घटना हुँदा ६ जनाको मृत्यु

September 18
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तिलकपुर– १ स्थित तुल्सीनगरमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ। बस, एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।
 
बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको ना५ख २१८३ नम्बरको बस, विपरीत दिशातर्फ गइरहेको  लु१च ३७३० नम्बरको एम्बुलेन्स र  राजमार्गमा निस्कँदै गरेको लु५प ६४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन।  
 
दुर्घटनामा परी घाइते हुनेहरुको देवदह मेडिकल कलेज रुपन्देही र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 
गम्भीर घाइते हुनेमा बाग्लुङ गल्कोट– १ का २२ वर्षीय खेम खड्का, बुटवल नगरपालिका– ६ का ३५ वर्षीय मनीप्रसाद पौडेल, नवलपरासी रामग्राम–५ का ४५ वर्षीय अनिलकुमार शर्मा, पोखरा उपमहानगरपालिका– ११ का लोकराज पौडेल र रुपन्देही धकधईका तोयव खाँन  रहेका छन्। उनीहरुमध्ये खाँनको लुम्बिनी अस्पताल र अन्यको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। 
 
दुर्घटनामा  चार जनाको घटनास्थलमै र अन्य दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  चार जनाको शव पृथ्वीचन्द्र अस्पताल परासीमा परीक्षणका लागि ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। रासस

Wednesday, September 17, 2014

बेवारिसे सन्तको मृत्यु

September 17
सर्लाही । सर्लाहीको जमुनिया गाउँमा मागेर गुजारा गर्दै आएका ७५ वर्षका सन्तको मृत्यु भएको छ । थर, वतन खुल्न नसकेका ती सन्तको मङ्गलबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए । केही वर्षदेखि जमुनियाँ-५ मदनपुर टोलमा मागेर गुजारा गर्दै आएका सन्तको मृत्यु भएको पोखरेलले बताए । शव परीक्षणका लागि सदरमुकाम मलङ्गवा पठाइएको छ ।

लुपाटमा संलग्न तीनजना हतियार सहित पक्राउ

September 17
ईलाका प्रहरी कार्यालय गौशालाले लुटपाटमा संलग्न तीनजनालाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको औरही –४ बस्ने वर्ष २२ का अजयकुमार कर्ण, औरही–६ बस्ने वर्ष १८ का अभिषेक कुमार महरा र श्रीपुर–२ बस्ने वर्ष १९ का रमेश कुमार दास रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

उनीहरु तिनै जनालाई गौशाला नगरपालिका –४,नवराजपुरबाट सोमबार राती पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश सुवेदीले जानकारी दिए। गौशालाबाट ज.२.प २१३९ र ज.३.प २४५८ नम्बरको मोटरसाइकलमा महोत्तरीको भरतपुर तर्फ जाँदै गर्दा मरहा खोला किनारमा लुटेराले बाटो ढुकेर मोटरसाइकलमा सवार तीनजना यात्रुलाई हातहतियार देखाएर उनीहरुको साथबाट नगद तथा मोबाइल सेट लुटेका थिए।

 प्रहरीले लुटेराहरुको साथबाट प्रहरीले एक थान नलकटुवा पेस्तोल, १ थान ज्युदो गोली, चारवटा मोबाइल सेट र एक थान खुकुरी समेत बरामद गरेको छ। लुटेरा पक्राउ गर्ने क्रममा प्रहरी र लुटेराबीच केही समय मुढभेड समेत भएको थियो। मुढभेड हुदा दुईजना लुटेरा भाग्न सफल भएको प्रहरीले जनाएको छ। प्रहरीले मंगलबारै जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको र फरारहरुको खाजी कार्य भईरहेको प्रनि सुवेदीले जानकारी दिए।

चिकित्सकको लापर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै त्रिवि शिक्षण अस्पतालमा तनाव

September 17
त्रिभुवन विश्वविद्यालय शिक्षणअस्पताल महाराजगञ्जमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालको लापरबाही भन्दै विरोध जनाएका छन्।
 
पोखरा बनस्थली ढुंगेधाराकी २४ वर्षिया सुत्केरी महिला धरना तामाङको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै तोडफोड सहित चिकित्सकलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन्।
 
तोडफोडबाट अस्पतालको डाइलोसिस भवनको तेस्रो तल्लामा क्षति पुगेको प्रहरीले बताएको छ।
 
गत भदौ १५ गते शल्यक्रिया गरिएकी महिला धरनाको उपचारकै क्रममा सोमबार राती १० बजेर ४० मिनेट जादा मृत्यु भएको थियो।
 
अस्पताल प्रशासनले भने महिलाको मृत्यु अस्पतालको लापरबाही नभएर उनको किड्नी फेल भएर ज्यान गएको बताएको छ।
धरनाकी छोरीको अवस्था भने स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

रोल्पामा पहिरो जाँदा एकै परिवारका ३ को मृत्यू

September 17
मृतक परिवारलाई ४० हजार
रोल्पा जुगार गाउँ विकास समिति वडा नं. ५ मा पहिरो जाँदा ३ जनाको मृत्यू भएको छ। बिहान करिब ३: ३० बजेतिर स्थानीय जीतवहादुर पुनको २ तले घरको २५ मिटर माथिबाट आएको पहिरोले घर भत्काएपछि ४२ वर्षीय जीतवहादुर पुन, उनकी श्रीमती ४० वर्षीय कृष्णकला पुन र ५ वर्षीया छोरी विपना पुनको मृत्यू भएको प्रहरीले जनाएको छ। 
 
पहिरोमा परी ७ वटा खसी बाख्रा समेत मरेको प्रहरीले जानकारी दिएको छ। सदरमुकामबाट २२ कोष टाढा रहेको उक्त घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन। 
मृतक परिवारलाई ४० हज्ाार
 
यसैबीच मृतक परिवारलाई ४० हजार रकम राहत पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।
बाँकि रकमतत्काल राहत पुरयाइने क्षेत्रीले बताए। 
 
यस अघि रोल्पामा विभिन्न स्थानमा गएको बाढि पहिरोका कारण ४ जनाले ज्यान गुमाइसकेका छन भने करोडौको क्षति पनि भएको छ। 

बालिका बलात्कार गरेको आरोपमा ६३ वर्षीय वृद्ध प्रक्राउ

September 17
बालिका बलात्कार गरेको आरोपमा खोटाङका एक वृद्ध पक्राउ परेका छन्। स्थानीय एक १३ वर्षीया बालिकालाई मंगलबार बिहान जबरजस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका-२ का ६५ वर्षीय श्यामप्रसाद आचार्य पक्राउ परेका हुन्।
 
बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताए। उनले भने, 'पीडित बालिकाले दिएको उजुरीको आधारमा पक्राउ गरिएका आचार्यलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।'
 
भैंसीलाई घाँस हाल्न गोठ जाँदै गर्दा उनले बाटो छेकेर आफूलाई जबरजस्ती बलात्कार गरेको पीडित बालिकाको भनाइ छ। उनी भन्छन्, 'बिहानै भैंसीलाई घाँस हाल्न गएको थिए, कोही नभएको मौका छोपेर जबरजस्ती गरे।'
 
बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा सामान्य उपचारपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। 

भीरबाट लडेर मत्यु, मृत्यु संकास्पद

September 17
साथीसंँग काठ बोक्न गएका ईलाम महमाईका एक युवाको भीरबाट लडेर ज्यान गएको छ। स्थानीयबासीले भीरबाट लडेर ज्यान गुमाएका सन्जीव खाती (बिक)को भिर बाट लडेर नभई हत्या भएको हुन सक्ने अनुमान गरेका छन।
 
मृतकका आफन्त ज्ञानेन्द्रवाहादुर विकले प्रहरीको अनुसन्धान र चिकित्सकको पोस्टमार्टम रिपोर्ट नआई केहि भन्न नसकिने बताए।
 
आइतवार साँझ महमाईको बन क्षेत्रमा अवैध रुपमा कटान भएको चिरान काठ बोक्न गएका ईलाम महमाई ९ लोसेका १७ वर्षीय बिकको भिर बाट लडेर ज्यान गएको प्रहरी चौकी महमाईले जनाएको छ।
 
प्रहरीले मृतक बिकको टाउको फुटेको, आँखाबाट रगत बगेको र ढुँगाले थिचिएको अवस्थामा सोमबार साँझ शव फेला परेेको जनाएको छ।
 
बिकसँगै चिरान काठ बोक्न गएका अन्य ९ जनाले प्रहरीलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएको ईलाका प्रहरी कार्यलय मंगलवारेका प्रहरी नायव निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए।
 
यसैबीच प्रहरीले घटना सम्बन्धि सूचना दिने ९ जनाको युवाको समुह फरार भएको जनाएको छ। प्रहरीले उनीहरु डर या अन्य कुनै कारणले फरार भएको हुन सक्ने बताएको छ।

Tuesday, September 16, 2014

बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

September 16
खोटाङ । बालिका बलात्कार गरेको आरोपमा खोटाङका एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १३ वर्षीया एक बालिकालाई मंगलबार बिहान जबर्जस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका-२ का ६५ वर्षीय श्यामप्रसाद आचार्य पक्राउ परेका हुन् । बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए । उनले भने-पीडित बालिकाले दिएको उजुरीका आधारमा पक्राउ गरिएका आचार्यलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।’ भैँसीलाई घाँस हाल्न गोठ जाँदै गर्दा उनले बाटो छेकेर आफूलाई जबर्जस्ती बलात्कार गरेको पीडित बालिकाको भनाइ छ । उनी भन्छन् -‘बिहानै भैँसीलाई घाँस हाल्न गएको थिएँ, कोही नभएको मौका छोपेर जबर्जस्ती गरे ।” बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा सामान्य उपचारपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस

श्रीमतीलाई बन्चरोले हाने अनि आफैँ झुन्डिए

September 16
श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेका श्रीमाले झुन्डिएर आत्महत्या गरेका छन् । आजको कान्तिपुरमा समाचार छ, बोवाङ ९ का नमसिंह विकले श्रीमती लिलालाई बन्चरो हानेर हत्या प्रयास गरेका हुन् । शनिबार साँझ भएको अत्तिः असफल प्रयासपछि आफू भने पासो लगाएर घरैमा झुन्डिएका थिए । ढोरपाटन चौकीका प्रहरी पुग्दा लीला घाइते अवस्थामा र श्रीमान मरिसकेका थिए ।

Monday, September 15, 2014

युद्वमा छाेरो गुमाएका, सत्तामा त्यसको लाभांश नअसुलेका भद्र नेता रहेनन्

September 15
माओवादी उपाध्यक्षको जिम्मेवारी सहित पार्टी काममा सक्रिय रहिररहेको बेला एकसठ्ठी वर्षको उमेरमा पोष्टबहादुर बोगटीको देहवसान भएको छ। युद्व मैदानमा गोली खाएर शाहदत प्राप्त गर्ने सिपाहीको जस्तो मृत्युवरण गरेका छन् उनले। जीवनभर सकसै सकस बेहोराको उनले पार्टी पंक्तिमा कसैलाई नबिझाई प्राण त्यागेका छन्। कसैले स्याहार सुसार गर्न नपरेकाे स्वाभिमानी मरणा पाएका छन्।   
 
माओवादीका शीर्ष नेता मध्ये बोगटी जति युद्वको सकस कमैले बेहोर्नुपर्‍यो। माओवादी आधार इलाका पश्चिम कमाण्ड (राप्ती, कर्णाली, भेरी)मा सबैभन्दा लामो समय नेतृत्व गरेका बोगटी स–परिवार युद्वमा त होमिए नै। उनका एक्ला छोरा रवी धादिङको सत्यदेवी गाविसमा सेनाको गोलीबाट मारिए। २०५८ सालमा छोराको हत्या भएपछि पनि बोगटी बिचलित भएनन्। पार्टी हाइकमाण्डले सुम्पेको जिम्मेवारी पूर्ववत सम्हाले। वियोगले उनलाई बिचलित बनाएको देखिएन।
 
'युद्वमा मृत्यु सामान्य हो,' यो सेना वा विद्रोही लडाकुलाई प्रशिक्षित गर्दा पटकपटक भनिने हरफ हो। यस्ता आदर्श वाक्य कहेर भाषण छाँट्नु, उपदेश दिन्  र बज्रपात पर्दा सहनु अलग हो। 
 
आठ कक्षा पढेका बोगटी स्वअध्ययनले मार्क्सवाद, माओवाद मात्र होइन जीवन र जगतप्रतिको बुझाई गहन बनाएको थियो। माओवादी विद्रोह उत्कर्षमा रहेको बेला पाँच जना कमाण्डरको नाम सामान्य व्यक्तिसम्मको जानकारीमा आयो।
प्रचण्ड (पुष्पकल दाहाल), किरण (मोहन वैद्य), बाबुराम भट्टराई, बादल (रामबहादुर थापा) र दिवाकर। राष्ट्रिय जीवनका अरु धेरै बिधामा पनि चिनिएका भट्टराई बाहेक अरुको चिनारी उपनाम थियो। दिवाकर यीनै बोगटी हुन्। यी पाँच मध्ये कलेज वा विदेशको विद्यालय नपढेका बोगटी मात्र थिए।
 
पार्टी हाइकमाण्डका पाँच नेता मध्ये सबैभन्दा सामान्य परिवारका थिए दिवाकर। नुवाकोटको तुप्चे उनको घर हो। लेखपढ र अरू एक्स्पोजरमा सबैभन्दा निम्सरा उनी नै। 
 
सपरिवार युद्वमा होमिने उनी एक्ला शीर्ष नेता हैनन्। भाग्यवस उनको जस्तो बज्रपात अरुलाई परेन। शीर्ष नेता मध्ये परिवारसहित भारतमा कम आश्रय लिएका पनि बोगटीलाई मान्छन् माओवादी जानकार। 
 
मृत्युमा अधिक भावुक हुनु मानवीय गुण हो। मृतकको गुणको बढाई/चढाई र जयगान पनि बढि नै हुन्छ। बोगटी भने त्यस्ता नेता हुन् जसको जीवनकालमा नै पार्टी तप्कामा 'हाईहाई' थियो। 
 
त्यति मात्र होइन उनी त्यस्ता नेता हुन् जो वीसौं वर्ष पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेर पनि अति कम आलोचित भए। उनलाई पार्टी प्रति इमान्दार, सरल, समन्वयकारी, बार्गेनिङ् नगर्ने, आफ्नो लागि केहि नमाग्ने नेता मानिन्थ्येँ। 
 
एमाओवादीमा युद्वकालको शक्ति र खुला राजनीतिमा आएपछिको सत्ताको सबैभन्दा कम लाभाशं प्राप्त गरेको नेताको छबी पनि बोगटीकै थियो। 
...
 
बोगटी त्रिशूलीको माछा फारममा जागिरे थिए। कृषि मन्त्रालय अन्तर्गत नुवाकोटमै रहेको भेडा फारममा पनि उनले काम गरे। सरकारी जागिरमै रहँदा बोगटी नेकपा (पुष्पलाल समूह) को सदस्य बनेर भूमिगत कम्युनिष्ट राजनीतिसँग साइनो गासे। अघिल्लो पटक संविधान सभा सदस्य भएपछि निर्वाचन आयोगले तयार गरेको विवरण अनुसार उनी २०३४ सालदेखि राजनीतिमा सक्रिय भएका हुन्। पुष्पलाल समूह त्यागेर संयुक्त चौथो महाधिवेशनम आवद्व भए। 
 
रामराजाप्रसाद सिंह नेतृत्वको राष्ट्रिय जनवादी मोर्चाले २०४२ सालमा काठमाडौंमा बमकाण्ड गरेपछि भने बोगटीको राजनीतिक जीवनले महत्वपूर्ण मोड लियो। 'बोगटी कामरेड जेल पर्नुभयो,' एमाओवादीको नुवाकोट जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले भने, 'नौ महिनामा जेलबाट निस्केपछि भने उहाँ पूर्णकालिन बन्नुभयो।'
 
त्यसअघि नै चालिसको दशककै सुरुमा नेकपा (मसाल)बाट टुक्रेर मोहन वैद्य नेतृत्वमा नेकपा (मशाल) बन्यो। बोगटी त्यसमै आवद्व भए। त्यो पार्टीको प्रभावसाली युवा सदस्य थिए– प्रचण्ड।
 
त्यसपछि बोगटी पार्टी संगठनम सक्रिय भएर लागे। दुःख गर्न सक्ने। एक्लै पनि संगठन गर्न हिँड्ने र इमान्दार नेता भनेर उनी केन्द्रीय नेतृत्वको नजरमा परिसकेका थिए। २०४४ सालमा अखिल नेपाल किसान संघको अध्यक्ष भए।
 
२०४४/४५ तिर बोगटी पार्टीको बैकल्पिक केन्द्रीय सदस्य भए। अनुशासन, आज्ञाकारिता र निरन्तरताले उनको 'करिअर' अघि बढ्दै गयो। २०४८ को निर्वाचनलाई उनको पार्टीले उपयोग गर्‍यो। 
 
जनमोर्चाको ब्यानरमा गएको निर्वाचनमा नुवाकोटमा मशालले राम्रो मत ल्यायो। 
 
२०४६ को प्रमुख जनआन्दोलनकारी शक्ति भएकाले कांग्रेस र एमालेको पक्षमा जनलहर थियो। नुवाकोट–१ मा राप्रपाका स्थापित उम्मेदवार प्रकाशचन्द्र लोहनीलाई जनमोर्चाले टक्कर दियो। कांग्रेसका रामशरण महत तेस्रो भए। यसको जस पनि बोगटीले पाए। 
 
'चुनावपछि उहाँले नुवाकोट पुरै छाडेर कर्णाली इञ्चार्जमा जानुभयो,' खतिवडाले भने, 'जनयुद्व शुरु भएपछि उहाँ धेरै रुकुम, रोल्पा र मध्यपश्चिममा खटिनुभयो।'  
 
धनी, गरिब हुनु र छाती ठूलो गरेर हात माथि पार्न सक्नु फरक हो। उनी गरिब किसान परिवारका थिए। ज्यानबाजी लगाएर परिवारलाई भूमीगत बनाउनुअघि एउटा असल काम गरेछन्।  'भएको खेतबारी स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई दान दिनुभयो,' खतिवडाले जनकारी दिए।
...
 
चालिसको दशकको मध्येमा लामो छलाङ मार्दै प्रचण्ड पार्टी नेतृत्वमा आएदेखि नै बोगटी महत्वपूर्ण जिम्मेवारीमा देखिन्छन्। युद्वको बेला रुकुम रोल्पाको जिम्मेवारी दिनु त्यसको सबैभन्दा ज्वलन्त प्रमाण हो। 
 
युद्वकालमा उनीहरुको यो राजनीतिक भरोसा कुटुम्बमा परिणत भयो। बोगटीकी कान्छी छोरी प्रभाले प्रचण्ड पुत्र प्रकाशलाई बरमाला पहिर्‍याइदिइन्। 
 
'छोराका लागि असल जीवनसाथी पाए हुन्थ्यो भन्ने प्रचण्डको मनोदशा बुझेर दुवै परिवारको मञ्जुरीमा सम्वन्ध जोडियो,'माओवादीका एक पूर्व केन्द्रीय सदस्यले भने। 
 
प्रभा र प्रकाशको सम्वन्ध दिगो भएन। कामरेडबाट सम्धी भएका उनीहरु फेरि कमरेडकै साइनोमा सिमित भए। 
 
उसै हाम्रो समाजमा सम्धी सबैभन्दा अप्ठेरो साइनो हो। त्यहाँमाथि छोरा छोरीको घर बिग्रिएपछि यो औपचारिकतामा पनि सिमित रहँदैन। तर उनीहरुकै शव्दमा 'महान उद्देश्य' बोकेर हिँडेका प्रचण्ड र बोगटीको पार्टीको नाता सम्धीभन्दा धेरै गाढा थियो। छोरा र छोरीको पारापाचुकेले सम्वन्धमा दरार ल्याएन। बोगटी पूर्ववत प्रचण्डका सबैभन्दा सहयोगी र विश्वासिला भए। 
 
स्वास्थ्य विज्ञानको युगमा अल्पायुमै भएको बोगटीको आकस्मीक निधनले प्रचण्ड परिवारलाई जत्तिकै आघात परेको ठान्छन् पार्टीका नेताहरु।    
 
हुन त यो वर्ष प्रचण्डलाई शोकैशोक परेको छ। चुनावमा पार्टी तेस्रो भएको चेट सहिरहेकै छन्। छोरी ज्ञानुले अल्पायुमै छाडेर गइन। आफ्ना छोराछोरी हुर्काउनेदेखि अरु भरथेग गरेकि सासुआमा बितेको पैतालिस दिन पनि भएको छैन। 
 
प्रचण्डसँग यति निकट हुँदाहुँदै पनि पार्टीभित्रको विपक्षी गुट वा नेताले बोगटीलाई तारो बनाएको सुनिएन। उनको सादा जीवन नै रक्षा कवच भइदिएको ठान्छन् धेरै।
 
'कम्युनिष्ट पार्टीमा सम्वन्धहरु की देवत्वकरण की दानवीकरण गरिन्छ,' नुवाकोटमा हेडसर हुँदादेखि नै बोगटीलाई जानेका माओवादी नेता राम कार्की भन्छन्, 'उहाँका भने कोहि पनि शत्रु थिएनन्।'
 
विलक्षण गुणहरुले गर्दा बोगटीले यस्तो सुबिधा पाएका हैनन्। विचारको आफै नेतृत्व नगर्ने र पार्टीले लिएको लाइन इमान्दारीपूर्वक कार्यान्वयन गर्ने हुँदा उनी कसैको पनि कसिङ्गर नबनेका हुन्। 
 
माओवादीको दुईथरि सत्ता रह्यो। एउटा बन्दुकको बलमा बनेको। अर्को निर्वाचन जितेर बनेको सरकार। दुवै सत्तासँग पैसा, मोज, मस्ती, सान, वैभव जोडिएर आयो। यो बैगुन बोगटीमा अत्यधिक कम देखियो। 
 
उनी मन्त्री रहँदा छोरीहरु की मोटरसाइकल चढे की सार्वजनिक सवारीमै हिँडे। जेठी प्रतिभा अझै दाङमै छिन्। 
 
प्रभाले अरु धेरै पत्रकार जस्तै रिपोर्टिङ्मै दौडिन्थिन्। सत्ताको तुरुप लगाएर बाजी मार्न हिँडेको विवाद खासै आएन। 
 
बोगटी ऊर्जा, पर्यटन र थोरै समय सञ्चार मन्त्री भए। पद र विवादमा सँगसँगै आउँछ। उनी पनि अपवाद भएनन्। तैपनि आलोचना भने प्रचण्डकै भयो। 
 
उनको असामयीक निधनले पार्टीले जस्तोसुकै प्रकृतिको विवाद समाधान गर्न तत्पर हुने तर जस नखोज्ने एउटा समन्वयकारी नेता गुमायो। त्यो भन्दा ठूलो क्षती प्रचण्डलाई पुग्यो। उनले आफ्नो पहिलो 'रिङ'का विश्वासपात्र गुमाए। जसले कहिल्यै पनि प्रचण्डको पद र शक्तिमा धाबा बोल्ने सामर्थ्य राख्दैनथे।
 
भेन्टिलेटरको सहायताले तीनदिनदेखि कृतिम जीवन बचाइएको बोगटीको औपचारिक घोषणा बिहान भयो। लगत्तै पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले लेखेको टि्वट यस्तो छ, 'सहयोद्वा क. पोष्टबहादुर बोगटीको आज बिहान दुखद निधन भएको छ। उहाँप्रति हार्दिएक श्रद्वासुमन र परिवारजनमा समवेदना! अन्तिम लालसलाम क. दिवाकर ।' 

एमाओवादी उपाध्यक्ष पोष्ट बहादुर बोगटी रहेनन्

September 15 
एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ। हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेता बोगटीको सोमबार बिहान निधन भएको हो। एमाओवादी नेता बाबुराम भट्टराईले ट्विट गर्दै बोगटीको बोगटीको निधनले दुखि भएको बताएका छन्। उनले लेखेका छन्, 'सहयोद्धा क. पोष्टबहादुर बोगटीको आज बिहान दु:खद निधन भएको छ। उहाँप्रति हार्दिक श्रद्धासुमन र परिवारजनमा समवेदना! अन्तिम लालसलाम क.दिवाकर!'  

Sunday, September 14, 2014

कतारमा आगजनी, दुई नेपालीको मृत्यु

September 14
कतारमा घर फिर्ति केन्द्रको एउटा भवनमा आगलागी हुदाँ मृत्यु भएका ५ जनामध्ये २ जना नेपाली परेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ, त्यस केन्द्रमा गैरकानुनी हैसियत भएका विदेशी कामदार पक्राउ गरी स्वदेश पठाउनुअघि राखिन्छ ।
नेपाली दूतावासका अनुसार जलेर ज्यान जानेमा सिन्गाढा ७ म्याग्दीका ३२ वर्षीय पूर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिपान कपार छन् । मोवाइल चार्ज गर्ने क्रममा आगलागी भएको स्रोतले बतायो । उनीहरुलाई पक्राउ गरी जेलमा राखिएको थियो । सार्की ३ अप्रिल २०११ बाट कम्पनी छाडेर बाहिर काम गर्दै आएका थिए भने कपार गत अगष्ट २७ मा पक्राउ परेका थिए ।

Saturday, September 13, 2014

जिउँदै आगो लगाउनेलाई जन्मकैद

September 13
बर्दिया । जिउँदै जलाइएकी बर्दिया गुलरियाकी शिवा हासमीको घटनामा शिवाका दुई दाजुलाई दोषी ठहर गर्दै जिल्ला अदालत बर्दियाले जन्मकैद सुनाएको छ । जलाएर हत्या गरिएकी शिवा हासमी जलाएर हत्या गरिएकी शिवा हासमी जिल्ला न्यायाधीश बसन्तराज पौडेलको एकल इजलाशले शिवाको शरीरमा दुई दाजुले पेट्रोल खन्याएर आगो आगो लगाएको ठहर गर्दै उनका दुई दाजुलाई जन्मकैद र आमालाई दुई वर्षको कैद सजायको फैसला गरेको हो ।
जलाएर हत्या गरिएकी शिवा हासमी
 शिवाका २५ वर्षका दाजु रिवान अहमद हासमी र २१ वर्षका रिहान अहमद हासमीलाई जन्मकैद भएको छ भने उनकी आमा ४५ वर्षकी हसना हासमीलाई २ वर्षको कैद सजाय सुनाएको छ । शिवाका प्रेमी २० वर्षका बाबु भन्ने रहिस खानलाई भने अदालतले सफाई दिएको छ ।

 घटना लगत्तै शिवाका घरपरिवारले बाबु खानले नै पेट्रोल खन्याएर आगो लगाएको आरोप लगाउँदै प्रहरी समक्ष उजुरी दिएका थिए । प्रहरीले पनि सुरुमा बाबु खानमाथि नै शंका गरी अनुसन्धान गरेको थियो । स्थानीयबासी र मानवअधिकारवादीको दबाबमा शिवाका परिवारमा पनि अनुसन्धान गरेको प्रहरीले परिवारका सदस्यलाई नै दोषी ठहर गरेको थियो । २०६९ मंसिर २२ गते विहानै आगो लगाईएकी शिवा हासमीको २०६९ मंसिर २७ गते काठमाडौको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

साउदीमा पासपोर्ट सहजीकरण अभियानमा प्रहरी हस्तक्षेप

September 13
साउदी अरब । साउदी अरबको दमाममा नेपालीहरुलाई पासपोर्ट सहजीकरण अभियानको क्रममा प्रहरीले दूतावास कर्मचारीलाई नै पक्राउ गरेको छ । साउदीस्थित परराष्ट्र मन्त्रालयको स्वीकृतिविना पासपोर्ट संकलन गर्ने गरेको आरोपमा प्रहरीले दूतावासका कर्मचारीसहित एनआरएन सदस्य तथा सेवाग्रहीहरुलाई समेत पक्राउ गरेको एनआरएन साउदी अरबले जनाएको छ ।
 Passport_Nepal
Passport_nepal
दूतावासकै सहकार्यमा एनआरएनए साउदी अरबले सेवाग्रहीहरुको सुविधाका लागि ३६ हप्तादेखि पासपोर्ट सहजिकरण अभियान सञ्चालन गरेको छ । सोही अभियानको क्रममा अपार्टमेन्टमा रहेको कार्यकक्षबाटै नेपाली दूतावासका पूर्वी क्षेत्रका स्थानीय कर्मचारी हरी घिमिरेलाई पक्राउ गरेको थियो ।

लामो समयदेखिको पासपोर्ट सहजीकरण अभियानबाट नेपाली कामदारहरुले सहज सेवा पाउँदै आएका छन् । शनिवार प्रहरीले हस्तक्षेप गरी एनआरएनए एलसिसी दमामका अध्यक्ष बिल्टु मुखियालाई समेत पक्राउ गरेको थियो । परराष्ट्र मन्त्रालयसंग सँग वार्ता तथा सहमति एवम् समय तोकेर मात्रै काम गर्न र सिटी सेन्टरमा भिड नजुटाउन चेतावनी दिदै दुवै जनालाई प्रहरीले एक घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।

 प्रहरीले यो धरपकड गर्दै गर्दा अन्य स्वयमसेवकहरू मोहन केसी, बालकृष्ण पंगेनी र भोला पौडेल पनि घटनास्थलमै थिए भने धरम केसी अपार्टमेन्ट प्रबेश गरेका थिए । एनआरएनएको सो अभियानबाट शनिवार दमाममा शंकर श्रेष्ठले अलहासाका ५ जना तथा कमल थापाले भरेका एक जनासहित शनिवार दिउँसो सम्ममा एक ५० भन्दा बढी एमआरपी पासपोर्ट सोही स्थानबाट बाडिएको एनआरएन साउदी अबरले जनाएको छ ।

 सेवा ग्रहीको भिड नियन्त्रण तथा ब्यवस्थि तगर्नका लागि आफूहरुले कुटनीतिक पहल गरी उत्पन्न समस्याको निकास खोजिने दूतावासका नियोग उप प्रमुख तथा एनआरएन फोकल प्वाइन्ट हरिश्चन्द्र घिमिरेले बताए । पासपोर्ट सहजिकरणमा साउदी अरबमा हालसम्म खटिइ आएका प्रायः सबै स्वयमसेवकहरू

‘एनआरनकर्मीहरू’ रहेका छन् । जोखिमको सम्भावनालाई न्युनिकरण तथा स्वयमसेवकहरूलाई सुरक्षा प्रदान गर्न एनआरएनएले नेपालको परराष्ट्र मन्त्रालयलाई समेत पत्राचार गरेको थियो । परराष्ट्र मन्त्रीको सहमति र निर्देशन हुंदा समेत साउदीमा सुरक्षापत्र स्वयंसेवी एनआरएनकर्मीहरूले प्राप्त गर्न नसकेको एनआरएनए साउदी अरबले जनाएको छ ।

त्यस्ता स्वयमसेवकहरूको पहिचान र परिचालन यस नियोगको बर्तमान नीति र निर्णयमै नभएको राजदूत उदयराज पाण्डेयले बताए । साउदी सरकारले पनि मुश्किलले जेद्धामा जनरल कन्सुलेट खोल्न दिएको तथा दमाम क्षेत्रमा एक जना कर्मचारीलाई लुकाई छिपाई राखेको जानकारी दिदै राजदूत पाण्डेले दमाममा दूतावासको कुनै पनि कार्यालय वा सेवा केन्द्र खोल्न साउदी सरकारले स्वीकृति नदिएको बताए । एनआरएनएको संस्थागत स्वयंसेवाबाट जुबैलमा १७ जना, ताबुकमा ४५ जना, अल कासिममा १८९ जना र दमाममा दुई हजार ४ सय २७ जना गरी दुई हजार ६ सय ७८ जनाले साउदीबाट सेवा लिएको बताइएको छ ।

फेरी भयो अर्को नेपाली को हत्या

September 14
काठमाडौं ।भारत उत्तर प्रदेश राज्यमा एकजना नेपाली विद्यार्थीको उनकै साथीद्वारा हत्या भएको छ। हापुर जिल्लामा विशाल शुक्ला नामक नेपाली विद्यार्थीको साथीहरूकै कुटाइबाट ज्यान गएको हो। उनी सर्लाही सिरौत गाविसका बासिन्दा हुन्।दुई दिनअघि भएको यो घटनाले विदेशी विद्यार्थीहरू भारतमा कति असुरक्षित छन् भन्ने कुरा देखाएको छ।
Bisal Sukla
bisal sukla
विशाल उत्तर प्रदेशको मोनाद विश्वविद्यालयको मेकानिकल इन्जिनियरका दोस्रो वर्षका विद्यार्थी हुन्। हत्याको विरोधमा दिल्लीको बाराखम्बारोडस्थित नेपाली दूतावासमा मृतकका परिवार र साथीहरूले प्रदर्शन गरेको अन्नपूर्णमा खबर छ ।

 उनीहरूले विशालको हत्यामा संलग्नहरूलाई कारबाही गर्न प्रहरीले पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन्। विशालका आफन्तलाई शव बुझन प्रहरीले दबाब दिएको आरोप उनीहरूले लगाएका छन्। ‘प्रहरीले पोस्टमार्टम प्रतिवेदन दिएन।

विशालकी बहिनीलाई कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएर शव बुझ्न लगाइयो’, विशालका काकाले भने। विशालका बाबु राम शुक्लाले रुँदै भने, ‘म गरिब किसान हुँ। छोराको पढाइका लागि सबै थोक बेचिसकेको छु।’ दूतावासका प्रहरी एटाची एसएसपी राजेन्द्रमान श्रेष्ठले आफूहरूले मृतकका परिवारका सहयोगका लागि प्रयत्न गर्ने बताए।

केही व्यक्तिले बुधबार साँझ ४-५ बजे विशाल तथा उनका साथी मनीष शर्मालाई छालाको पेटीले हिर्काएका थिए। केही समयअघि देखि सोही विश्‍वविद्यालयमा अध्ययनरत स्थानीय युवाले सोनु भनिने विशाललाई हैरानी गर्दै आएको बुझिएको छ।

 ‘कलेजबाट करिब १५ किलोमिटरका दूरीमा पर्ने एनएच २४ मा चारवटा मोटर साइकलमा आएका आठजना युवाले हामीमाथि आक्रमण गरे’, मनीषले भने, ‘मैले मोटरसाइकल चलाइरहेको थिएँ। मोटरसाइकल पछाडि विशाल बसेका थिए। उनीहरूले हामीलाई पेटीले हिर्काउन थाले। हामी मोटरसाइकलबाट लड्यौं। विशालको माथिबाट उनीहरू कुदे। लडेको केही समयपछि म उठें। मैले विशाल मरेको महसुस गरे।’