September 14
कतारमा घर फिर्ति केन्द्रको एउटा भवनमा आगलागी हुदाँ मृत्यु भएका ५
जनामध्ये २ जना नेपाली परेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ, त्यस
केन्द्रमा गैरकानुनी हैसियत भएका विदेशी कामदार पक्राउ गरी स्वदेश
पठाउनुअघि राखिन्छ ।
नेपाली दूतावासका अनुसार जलेर ज्यान जानेमा सिन्गाढा ७ म्याग्दीका ३२
वर्षीय पूर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिपान कपार छन् । मोवाइल
चार्ज गर्ने क्रममा आगलागी भएको स्रोतले बतायो । उनीहरुलाई पक्राउ गरी
जेलमा राखिएको थियो । सार्की ३ अप्रिल २०११ बाट कम्पनी छाडेर बाहिर काम
गर्दै आएका थिए भने कपार गत अगष्ट २७ मा पक्राउ परेका थिए ।
No comments:
Post a Comment