Sunday, September 14, 2014

दसैमा तिब्बतबाट २० हजार भेडाच्यांग्रा ल्याइँदै

September 14
दसैं तिहारलाई लक्ष्य गरी तिब्बतबाट २० हजार भेडाच्यांग्रा ल्याउने तयारी भएको छ । आजको नागरिक दैनिक लेख्छ, बजार माग मुस्ताङको उत्पादनले नथेग्ने भएपछि भेडाच्यांग्रा लिन त्यहाँका व्यापारी चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका छन् ।
तिब्बतबाट करिव २० हजार भेडाच्यांग्रा आयात गर्ने तयारी भएको जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ । तिब्बतबाट करिव ३० करोडको भेडाच्यांग्रा आयात हुने पशु कार्यालयको अनुमान छ । तिब्बतमा एउटा भेडाच्यांग्राको मूल्य करिव १५ हजार छ । मुस्ताङका किसानले यस वर्ष ६२ हजार भेडाच्यांग्रा पालेका छन् ।

No comments: