Showing posts with label साहित्य सुधा. Show all posts
Showing posts with label साहित्य सुधा. Show all posts

Saturday, September 20, 2014

सास फेर्नु र साहित्य लेख्नु एउटै हो : ध्रुवचन्द्र गौतम

September 20
अशोक सिलवाल- पत्रकारिता गर्दाको अनुभव सुनाउँछु । ओपिनियन लिडर अर्थात् जनमत निर्माणकर्ता । प्रत्येक मान्छे ओपिनियन लिडर हुँदैन । जो अखबारमा नियमित लेख्छ, जो अखबार वा अन्य सञ्चारमाध्यममा नियमित अन्तर्वार्ता दिन्छ, त्यस्ता खालका मान्छेले ओपिनियन लिडरको काम गरिरहेका हुन्छन् । मूलधारका मिडियामा देखिरहनेलाई फोन गर्छु, ‘प्रधानमन्त्री वा कुनै ठुलै स्तरका कोही नेता भारत, चीन वा अमेरिका जाँदैछन् । त्यहाँ कुन इस्यु उठाउनु पर्ला ?’
अशोक सिलवाल
अशोक सिलवाल
फर्केर आउँछन् । ‘यो भ्रमण कस्तो लाग्यो’, फेरि म उनीहरूलाई नै सोध्छु ।
बढीमा एक डेढ सय मान्छे छन्, जम्मा । जो मिडियामा लगातार देखिइरहेका छन् । साहित्यमा त्यही हो । परराष्ट्रमा त्यही हो । सुरक्षालगायत सबै क्षेत्रमा पनि त्यही हो । मूलधारका अखबार, टेलिभिजन, रेडियो आदिमा देखिइरहने अनुहार उही हुन् । बिहान अखबारमा, दिउँसो एफएममा र बेलुका टिभीमा । दिनमा कम्तिमा तीनवटा अन्तर्वार्तामा नजानिँदो पाराले उसको जीवनशैली बन्छ । नियमित ।
त्यसपछि तीन चार दिनसम्म कोही आउँदैन, टीभी, रेडियो र पत्रिकाबाट । कोही पनि नआएपछि उसलाई लाग्छ, ‘ओहो, म त सधैं रेडियो, टेलिभिजन र अखबारमा आउँथे । तर चार दिन भइसक्यो, मलाई कसैले खोज्न आएन । म छु कि छैन ? हँ ? म कहाँ छु खोई ?’ त्यसपछि उनीहरूलाई आफू नहुनुको भयानक शून्यताबोध हुन थाल्छ । तपाईंर्ंबारे पनि साहित्यिक जगतमा सुनिन्छ कि ‘त्यही धु्रवचन्द्रको त आउँछ नि पत्रिकामा, हाम्रो कहाँ आउँछ ?’
केही दिन यस्ता अन्तर्वार्ताहरूबाट टाढा बस्नुपर्ने अवस्था आउँदा ‘म सिद्धिएछु, म कहाँ छु ? छ न त छु म ? तपाईंर्ंलाई यस्तो अनुभूति हुन्छ कि हुन्न ?
ध्रुवचन्द्र गौतम- साँच्चै भन्ने हो भने ठ्याक्कै उल्टो छ । हो, ठ्याक्कै उल्टो । मलाई लाग्छ, यति भनेपछि पुग्छ होला ।
खासमा अन्तर्वाताका लागि कोही आएन भने म खुशी हुन्छु । किनभने, लेख्न पाउँछु । मेरो काम त त्यो हो । अन्तर्वार्ता आदि त मेरो ‘साइड’ काम हो । मूलतः त लेखनले नै यो सब गर्न लगाएको छ । त्यो काम रहिरहुन्जेल यो काम गौण हो नि । सिद्धियो कुरो । त्यसैले नआएको झन् राम्रो ।
अशोक- त्यसको विरोधी नै त होइन होला नि ?
ध्रुवचन्द्र- विरोधी त केहीको पनि होइन । एक्लै हुँदा म आफूसँग छुजस्तो लाग्छ । जब कोही हुँदैन, कोही आउँदैन, लेख्न पाइन्छ । पढ्न पाइन्छ । पढ्छु, लेख्छु । पुगिगो’ नि । त्यसकारणले उल्टो छ । चिमोट्नै पर्दैन, म छु भन्ने लाग्छ । ल अब आफूसँग भएँ । यहाँ त म अर्कासँग छु नि । म बाँडिया’ हुन्छु, यहाँ हुँदा, उहाँ हुँदा, बैठकमा हुँदा, मेहफिलमा हुँदा । एक्लै हुँदा आफूसँगै हुन्छु ।
अशोक- भनेपछि भीडमा हुँदा आफूसँग आफू भइँदैन ?
ध्रुवचन्द्र- आफूमात्र होइँदैन । बाँडिनुपर्छ आफू । बाँडिएकै हुन्छ नि ।
अशोक- धेरै मान्छेले भन्छन्, ‘म भीडमा छु । मैले आफूसँग हुनै पाइन ।’
ध्रुवचन्द्र- हो, त्यो हुन सक्छ ।
अशोक- अर्को ठ्याक्कै उल्टो । मलाई एकान्तले खायो । म एक्लोपनको शिकार भएँ । म डिप्रेसनमा जाँदैछु । तर, तपाईंर्ंको हकमा, जब एक्लो हुनुहुन्छ, झन् बढी आफ्ना पात्रहरूसँग, जो तपाईंंको समाज हो, त्यहाँ हुनुहुन्छ हो ?
ध्रुवचन्द्र- आफूसँगै होइन्छ ।
अशोक- त्यतिबेला तपाईंर्ंभित्र अरु मान्छेको जस्तो एक्लोपन हुँदैन ।

ध्रुवचन्द्र- हो । पात्रहरूसँग होइन्छ । चिन्तनसँग होइन्छ । पुस्तकसँग होइन्छ । लेखनसँग होइन्छ । फेरि भेट्नु त के छ र ? अशोकजी, एक फोनमा म तपाईंसँग भेट्न सक्छु नि । एक फोनमा खगेन्द्र संग्रौलाकहाँ जान सक्छु । यदि एकान्तले खान लाग्यो भने म त हटाउन सकिहाल्छु नि ।

अशोक- बरु तपाईंर्ंले त एकान्तपन खोजिरहनु भएको छ ।
ध्रुवचन्द्र- हो । बरु खोजेर पाइँदैन र पो । जब त्यो मलाई खराब लाग्छ भने, जहिल्यै पनि म बजार जान सक्छु । साथीभाई भेट्न सक्छु ।

अशोक- तपाईंंकहाँ थुप्रै पत्रकार आउँछन् । अन्तर्वार्ताका लागि खास मसला तपाईंर्ं हुनुको कारण ?

ध्रुवचन्द्र- त्यो त यस्तो होला, लेखकसँग अन्तर्वार्ता लिने कुरा हुँदा मेरो पनि नाम आउला ।

अशोक- लेखक त अरु पनि छन् नि ।

ध्रुवचन्द्र- अरुको पनि त आएको छ नि । नआएको होइन ।

अशोक- तर एकदमै कम ।

ध्रुवचन्द्र- त्यो त मैले गनेको छैन ।

अशोक- तपाईंंसँग के आर्कषण वा जादु छ ? मान्छे किन आउँछन् तपाईंंकहाँ ? कस्तो चुम्बक छ तपाईंंसँग ? हरियो, नीलो, पहेलो वा रातो ?
duniya-books
ध्रुवचन्द्र- म असहज मसहुस गर्दिँन, कोहीसँग पनि । सहज र सरल बन्न चाहन्छु । कति सक्छु वा कति सक्दिँन बेग्लै कुरा हो । मेरो व्यवहारचाहिँ सरल रहोस्, म त्यस्तो चाहन्छु । पहिलो भेटपछि फेरि पनि भेट्ने स्थिति बनोस् र बनिरहोस्, म त्यो चाहन्छु । सोही अनुसारको व्यवहार गर्ने कोसिस गर्छु ।

अशोक- कतिपय मान्छेलाई भेट्न जाँदा ऊ आफू जे हो, त्यो देखिँदैन, देखाउँदैन, अभिनय गर्छ । अनि त्यसपछि उसकहाँ मान्छे जाँदैनन् ।

ध्रुवचन्द्र- अभिनय पार लाग्दैन मबाट । अभिनय गर्न सक्दिँन म । फिल्म वा नाटक खेल्न जाँदा अभिनय नै गर्ने हो । तर, तपाईंं र म जसरी अहिले बसिरहेका छौं, यहाँ अब के अभिनय गर्ने ? टाई सुट लगाएर बस्ने ? अहिले हामी जसरी बसिरहेका छौं, यो अभिनय होइन । किन अभिनय गर्ने ? तपाईंंसँग होस्, विजयकुमारसँग होस् वा मणि लोहनीसँग ।

अशोक- कतिपयले अन्तरर्वार्ताकै क्रममा यस्तो आदर्श छाँटेको पनि सुनेको छु, ‘केही बर्षअघि म फलानो देश गएको थिएँ । मसँग सीमित पैसा थियो । भोकले म ढल्न मात्र बाँकी थियो । अथवा भोक मेटाउन पनि मुश्किल हुने पैसा थियो । एकातिर खानेकुरा थियो । ठीक त्यही बेला मैले एउटा पुस्तक देखें र किनें । अब मसँग एक पैसा पनि थिएन । भोक अझ डरलाग्दो गरी मलाई आक्रमण गर्दै थियो ।’
थाहा हुन्छ कि उसले ढाँटिरहेको छ । उसले ढाँटी नै रहेको छ । हुनसक्छ, उसले पुस्तक किन्यो । तर, उसँग यथेष्ट पैसा थियो । भोकले ढल्नेवाला मान्छेले पुस्तक किन्दैन । त्यसरी बढाइचढाई गर्छन् ।

ध्रुवचन्द्र- (हाँस्दै) होला । म तपाईंंलाई एउटा घटनै सुनाउँछु । म केटाकेटीदेखि दिलिपकुमारको असाध्यै ‘फ्यान’ । उनले भारतमा एउटा स्कुलै क्रेट गरेका थिए । हामी चारजना साथी एकचोटि भागेर रेलमा कलकत्ता गयौं । म हाफ टिकट काटेर रेल चढ्ने उमेरको थिएँ । कलकत्ता पुग्नासाथ मोह भंग भयो ।
हामी फर्केर दरभंगा आइपुग्यौं । खानेकुरामा चिउरा र सख्खरमात्र थियो । त्यो पनि सकियो । दरभंगाको हलमा ‘मधुमती’ चलिरहेको थियो । अरु बेला भएको भए, त्यो ‘मधुमती’ नहेरी छाडिँदैन थियो । म दिलिपकुमारलाई मन पराउँछु भन्ने ठानेर त्यहाँ साथीहरुले यो गर्ने कि त्यो गर्ने भनेर सोधे ।
मैले भनें, खाने । फिल्म पछि पनि हेर्न सकिन्छ । भोकले आँत यस्तो हरहरिएको थियो, होटेलमा गएर आरामले खाना खाइयो । अरु पनि कति यस्ता बेला आएका छन्, भोक र अन्य कुरा दाँज्दा त अन्य केही पनि कुरा दाँजिदैन ।

अशोक- कतिपयले साहित्य नभए बाँच्दिन भन्छन् ।

ध्रुवचन्द्र- त्यो त म पनि भन्छु ।

अशोक-जीवनका लागि साहित्य कि साहित्यको लागि जीवन ?

ध्रुवचन्द्र- त्यो त जीवनकै लागि हो । तर, साहित्यबिना बाँच्दिन भनेको आत्महत्या नै गर्छु भनेको त होइन नि । मेरो जीवनमा यदि साहित्य छैन भने केही पनि छैन भन्ने अर्थ हो । एकदम शुन्यजस्तो । शब्दमा होइन, भावमा बुझ्नु पर्‍यो । सास फेर्नु र साहित्य लेख्नु मेरा लागि एउटै हो भन्छु म ।

अशोक त्यसको अर्थ साहित्य छैन भने सासै बन्द हुन्छ भनेको होइन ।

ध्रुवचन्द्र- होइन ।

अशोक- तर, त्यो भन्दा गहिरो छ, त्यसको अर्थ ।

ध्रुवचन्द्र- प्राणका लागि हामी सास फेर्छौं । सास फर्नु एउटा स्वाभाविक प्रक्रिया पनि हो । तर, हरबखत हामी सास फेरिरहेका छौं भन्ने ज्ञान त हुँदैन नि । हो, साहित्य पनि त्यत्तिकै स्वाभाविक हो र अनिवार्य पनि । जसरी सास फेर्नु स्वाभाविक हो, अनिवार्य हो जीवनका लागि । त्यसैगरी, साहित्य मेरा लागि अनिवार्य र स्वाभाविक हो । यत्ति बुझे पुग्छ । फेरि साहित्य भएन भने प्राणै त्यागिदिन्छु भन्ने पनि होइन । किनकी नलेख्ने मान्छे पनि छन् । के उनीहरू मरिरहेका छन् र ? त्यस्तै कहिल्यै नलेखी पनि सकिन्छ । जस्तो, यात्रामा कहाँ लेखिन्छ  ?
(अाख्यान पुरूष ध्रुवचन्द्र गाैतमसँगको अन्तरंगका अाधारमा पत्रकार अशाेक सिलवालले लेखेको लेखकको दुनियाँ पुस्तकको अंश)

उदयविक्रमकाे छाेराे किन माअाेवादीमा लाग्याे ? दीपशिखा र रवीन्द्रका उपन्यासः जनयुद्धको सतही व्याख्या

September 10
बेथर
माओवादी जनयुद्धका दुई अभियन्ता रवीन्द्र श्रेष्ठ र रामप्रसाद सापकोटा (दीपशिखा)ले दुईवटा उपन्यास साहित्यिक बजारमा ल्याएका छन् । दुबैले उपन्यासको विषयवस्तु माओवादी जनयुद्धलाई बनाउने प्रयास गरेका छन् ।
book-coverश्रेष्ठ माओवादीका पूर्वपोलिटब्यूरो सदस्य एवं एमालेमा लागेर मन्त्रीसमेत भइसकेका ठूलै नेता हुन् । दीपशिखाचाँहि वाइसीएलको नेता भए पनि माओवादी पार्टीमा सानै तहका कार्यकर्ता हुन् ।
लेखनका दृष्टिले उपन्यासमा नेता श्रेष्ठभन्दा कार्यकर्ता दीपशिखा अब्बल देखिएका छन् । यद्यपि श्रेष्ठको लेखनमा पनि कला पक्ष उतिसाह्रो कमजोरचाँहि छैन ।
उपन्यासमा श्रेष्ठले जनयुद्धलाई नकारात्मकरुपमा चित्रण गरेका छन् भने दीपशिखाले चाँहि त्यसभित्रको ‘लाल सौन्दर्य’ लाई कलात्मक पाराले पर्गेल्ने प्रयत्न गरेका छन् । तथापि उनी आंशिक रुपमा मात्रै सफल भएका छन् ।
जनयुद्धलाई सकारात्मक रुपमा प्रस्तुत गरियो कि नकारात्मक रुपमा भन्ने आधारबाट नहेरी कलाका आधारमा मात्रै हेर्दा पनि तुलनात्मकरुपमा श्रेष्ठको ‘उदास शनिबार’ भन्दा दीपशिखाको ‘रात फुलेको याम’ अगाडि देखिन्छ ।
‘रात फुलेको याम’बारे
कुल २८८ पृष्ठको दीपशिखाको उपन्यास जनयुद्धमा शुरु भएर ज्ञानेन्द्रले संसद पुनस्थापनासम्मको घटनामा आधारित छ ।
कथाको मूल केन्द्र ०६२/०६३ को जनआन्दोलन र राजधानीको सडक हो । १९ दिने जनआन्दोलनमा राजधानीमा घुसपैठ गरेको माओवादी कार्यकर्ता ‘याम’ ले आफ्नो विगतको कथा सुनाउने क्रममा उपन्यासमा जनयुद्धकालको गाउँ परिवेश देखाउन खोजिएको छ ।
लेखकले आफू प्रस्तुत भएर भन्दा पनि पात्रहरुमार्फत् असाध्यै कलात्मक तरिकाले जनयुद्धको वर्णन गरेका छन्, जसले गर्दा उपन्यास कलात्मक बनेको छ ।
उपन्यासमा तत्कालीन शाही नेपाली सेना र प्रहरीलाई खराब, हत्यारा एवं बलात्कारीका रुपमा चित्रण गरिएको छ भने माओवादी कार्यकर्तालाई सकारात्मक चरित्रका रुपमा प्रस्तुत गरिएको छ । उपन्यासभित्रका माओवादी पात्र नायक हुन् भने राज्य पक्षका प्रहरीहरु खलनायक हुन् । यसअर्थमा साम्यवादी सौन्दर्यका हिसाबले रात फुलेको याम सफल देखिन्छ ।
deep sikhaतर, रात फुलेको याम उपन्यासका बारेमा अहिलेसम्म जेजस्ता प्रशंसामूलक टिप्पणीहरु आएका छन्, ती टिप्पणीले उपन्यासको कमजोर पक्षलाई छोपिदिएको छ । दीपशिखा उपन्यासकारका रुपमा सफल देखिए पनि माओवादी सौन्दर्य स्थापित गर्न थोरै असफल देखिएका छन् ।
पहिलो कमजोरी, उपन्यासमा विभिन्न पात्रहरु माओवादीमा लाग्छन्, त्यसरी माओवादी बन्नुको एउटै कारण छ, राज्यपक्षबाट गरिएको दमन र यातना । हेल्थपोष्टमा काम गरिरहेका कविताका दम्पती पनि सेनाकाे दमनकै कारण माओवादीमा लाग्छन् । उपन्यासका मूल पात्र याम गरीबीमा हुर्किएका छन्, तर उनी बैचारिकरुपमा नभई आवेशगमै बहिनीसहित जनसेनामा सामेल हुन्छन् ।
लेखकले पात्रहरुलाई माओवादी बन्नुको वैचारिक औचित्य सिद्ध गर्ने प्रयास गरेका छैनन् । तर, जनयुद्धकालमा मानिसहरु यस्तै बाह्य परिस्थितिले मात्रै माओवादी बनेको यथार्थचाँहि हो । तर, उपन्यासमा गरिएको यस्तो प्रस्तुतीले माओवादी आन्दोलन वैचारिक थियो कि प्रहरीको दमनको प्रतिरोधमा अगाडि आएको बाध्यात्मक स्थितिमात्रै थियो भन्ने प्रश्न उठ्छ ।
दोस्रो, गाउँमा वर्गसंघर्ष, शोषण र उत्पीडनको कथा उपन्यासमा छैन । राज्यले गरेको दमनमात्रै देखाइएको छ । के त्यतिबेला नेपाली समाजमा शोषण दमन नै थिएन ? यदि थिएन भने किन माओवादी बन्नुपर्‍यो ?
उपन्यासमा उदयविक्रमलाई यौनपिपासु र शोषकका रुपमा चित्रण गर्दै मारिएको छ । तर, उनैका छोरालाई माओवादीका कार्यकर्ता बनाइएको छ । उपन्यास तिनै उदयविक्रमका छोराको वरिपरि घुम्छ, जो काठमाडौंमा पत्रकारिता गर्छन् र माओवादीलाई सेल्टर दिन्छन् । पहिले उनी माओवादीलाई मार्न र बाबुको बदला लिन गाउँ पसेका थिए ।
वर्गसंघर्षको सौन्दर्यअनुसार उदयविक्रमको छोरो किन माओवादीमा लाग्यो र प्रतिवद्ध भयो ? उपन्यासमा मनासिव पुष्ट्याइँ छैन ।
उपन्यासमा जनयुद्धका घाइतेहरु र तिनलाई कष्टपूर्ण तरिकाले जनताले लुकाएको सजीव चित्रण छ । त्यसका साथै प्रहरी र सैनिकमाथि आक्रमणको कथा छ । जनयुद्धका घाइतेको कथा छ । सुराकी (जो पछि माओवादी बन्छ) को कथा छ । माओवादीका नाममा निर्दोष व्यक्तिलाई पक्रेर मारिएको कथा छ । माओवादीले पनि भुलवस ज्यान लिएका कथाहरु छन् ।
तर, केका लागि यो युद्ध गरिएको हो ? यस विषयमा उपन्यासमा पर्याप्त सम्वाद छैन । युद्धकालीन मुठभेडबाहेक सामाजिक द्वन्द्व छैन । पात्रहरुको मनमा अन्तरद्वन्द्व छैन । विचारधारात्मक एवं राजनीतिक द्वन्द्व छैन । खाली भिडन्त, एम्बुस र फेरि भीडन्त इत्यादि छ ।
जनताले घाइतेलाई पालेका छन्, खुवाएका छन्, किन यो सब भइरहेको छ, कतै चर्चा छैन । गणतन्त्रका लागि हो कि ? जनवादका लागि हो कि केका लागि ?
sata-ko-bookदीपशिखाको उपन्यासको सबैभन्दा कमजोर पक्ष के छ भने उपन्यासको अन्त्यतिर उनले ज्ञानेन्द्रको शाही घोषणा सुनेपछि पात्रमार्फत भनेका छन्- ‘देश मुक्त भयो । राजाको शासन सकियो । यो गणतन्त्र हो जनताले ल्याएको । अब संविधानसभाको चुनाव हुन्छ । मुलुक संघीय संरचनामा जान्छ ।धर्म निरपेक्ष राज्य बन्छ नेपाल- सुन्दर शान्त । जनताका प्रतिनिधिले संविधान लेख्छन् । नलेखिए विद्रोह हुन्छ । नमाने फेरि लड्छ जनसेना । फेरि जितिन्छ ।’
ज्ञानेन्द्रले प्रतिनिधिसभाको पुनस्थापना गर्नु भनेको संसदीय व्यवस्थाको पुनस्थापना गर्नु मात्रै थियो । यही संसदीय व्यवस्थाको विरुद्धमा रगत बगाएर यसैको पुनस्थापना हुँदा कसरी देश मुक्त भयो ? कोबाट मुक्त भयो ? के यही थियो जनयुद्धको अभिष्ट ? यसको जवाफ नदिई लेखकले जनयुद्धका सिपाहीहरुलाई मुक्तिको खुशी मनाउन लगाएका छन् । जनताले केही पाएकै छैनन् । हिन्दी फिल्ममा जसरी नायक यामले कथाको अन्त्यमा सहीद पत्नी कवितासँग बिहे गरेका छन् । पत्नी पाएका छन् । यत्ति हाे ।
उपन्यासमा समग्र लडाइँ र जनयुद्ध पनि लहैलहैमा वा सेना प्रहरीको दमनका कारणले मात्रै चलेको जस्तो देखिन्छ । र, यसको अन्त्य पनि जीतको भ्रममा टुंगिएको छ ।
तर, दीपशिखाले जनयुद्धकालीन परिवेशलाई कलात्मकरुपमा पस्केका छन् । ०६२/०६३ यता उपत्यका र आसपासमा माओवादीको गतिविधिलाई पनि उपन्यासमा उनिएको छ ।
जनयुद्धको ‘सौन्दर्य’ लार्इ आधार बनाएर लेखिएका अहिलेसम्मका साहित्यमध्ये रात फुलेको याम अरुभन्दा जेठो छ । माथि उल्लेखित कमजोरी हटाइएको भए यो अझै उत्कृष्ठ साहित्य बन्ने पक्कापक्की थियो ।
rabindra_shresthaउदास शनिबारबारे
आफ्नो उपन्यास उदास शनिबारलाई लेखक श्रेष्ठले ‘युद्ध र प्रेम’मा आधारित उपन्यास भनेका छन् । उपन्यासमा अनुराधा नाम गरेकी काठमाडौंकी एक पत्रकारले पूर्वमाओवादी नेता सञ्जय (जो लेखक आफैं हुन्) बाट माओवादी नेताहरुको विरोधमा कथाहरु सुन्छिन् । सञ्जयले प्रचण्डको नामै किटेर बदख्वाइँ गर्छन् ।
श्रेष्ठको उपन्यासमा जनयुद्धलाई आतंकारी वा उद्देश्यहीन हिंसाका रुपमा चित्रण गर्न खोजिएको छ । अतिशय नकारात्मक तरिकाले जनयुद्धलाई प्रस्तुत गर्न खोजिएको छ ।
अनुराधाले प्रेममा धोका पाएर आत्महत्या गर्न खोज्दा सञ्जयले रोकेको देखाइएको छ । तर, अनुराधाको प्रेमकथाकाे व्याख्या गरिएको छैन ।
पछि सञ्जय र अनुराधा गाउँमा जान्छन् । त्यहाँ उनीहरु ‘सेक्स’ मा सहभागी हुन्छन् । उदास शनिबारमा जनयुद्धकालीन पात्रहरुको ध्यान पनि भद्दा यौन क्रियाकलापमै केन्द्रित रहेको देखिन्छ । लेखकले प्रेमको कुरा गरेर उपन्यासमा सेक्सको बढ्ता चर्चा गरेका छन् ।
उपन्यासमा सञ्जय एउटा विकृत पूर्वमाओवादीका रुपमा देखिएको छ ।
उपन्यासको अन्त्यमा पत्रकारले एके-४७ राइफल चलाएको देखाएर रुमानी पाराले टुंग्याउन खोजिएको छ ।
उपन्यासकार श्रेष्ठले जनयुद्धको नकारात्मक पक्ष नै राम्रोसित देखाएको भए हुन्थ्यो, निराशा र शून्यवादलाई नै देखाएको भए पनि हुन्थ्यो, जसमा उनी छिपछिपे र असफल रुपमा प्रस्तुत भएका छन् । गहिराइमा जान सकेका छैनन् ।
जनयुद्धकालीन परिवेशमा टेकेर उपन्यास लेख्ने प्रयास पछिल्लो दिनमा बढ्न थाले पनि जनयुद्धको उत्कृष्ठ साहित्य अहिलेसम्म जन्मन सकेको छैन
विचार पक्षको हिसाबले उदास शनिबार हिंसा र बासनामा मात्रै केन्द्रित  भए पनि कला पक्षको हिसाबले भने त्यति कमजोर छैन । तर, उपन्यासमा यौनको वर्णन अत्यन्तै भद्दा छ । सुरुवाल खोलेको, पेन्टी फुकालेको जस्ता शब्द आवश्यक थिएनन् ।

उत्खनन हुन नसकेको साहित्य
नेपाली जनताले दश वर्षसम्म भोगेको जनयुद्धकालीन परिवेशमा टेकेर उपन्यास लेख्ने प्रयास पछिल्लो दिनमा बढ्न थाले पनि जनयुद्धको उत्कृष्ठ साहित्य अहिलेसम्म जन्मन सकेको छैन ।

Monday, September 15, 2014

किन पढ्नुपर्छ विजयकुमारको 'खुसी'?

September 15
ग्रहण लागेर हटेको एउटा जिन्दगीको कथा
पत्रकार विजय कुमारको 'खुशी'भित्र जोकसैले आफूलाई पाउँछ। खुशीभित्र मैले आफैंलाई पढेँ। प्रत्येक पानाहरूमा आफैंलाई देखेँ। तिनका सुस्केराहरूसँग म सुस्काएँ। तिनका सुखहरूसँग सुखी भएँ।
 
बुद्धिमान मानिसले अरूका अनुभवबाट सिक्छ। अब यो पुस्तक पढ्ने जसकसैलाई विजय कुमारका जीवनबाट सिकेर आफ्नो जीवनलाई सार्थक बनाउने अवसर मिल्नेछ। आफूलाई प्रगतिपथमा लगाउन चाहने प्रत्येक मध्यम वर्गीय मानिसको भगीरथ प्रयत्नको एउटा भरपर्दो दस्तावेज हो यो।
 
व्यक्ति युवावस्थाबाट प्रौढावस्थामा पुगेपछि ऊसँग अनुभव र विवेकका खात हुन्छन्। ऊ खुइय्य सुस्केरा हाल्छ। कठै मेरा ती दिन फर्केर आए कस्तो हुन्थ्यो! ऊ कल्पिन्छ। ती दिन फर्केर आउँदैनन्। 'अचानक पत्रकार बन्धुलई होश आउँछ– सारा संसारका कुरा गर्दागर्दै, देशदुनियाका मानिससित परिचय बढाउँदाबढाउँदै आफैसित परिचय गर्न भुलिएछ (पृ. ३०३)।'
 
फर्केर नआउने ती दिन व्यक्तिको जीवनका अमूल्य निधि हुन्। विजय कुमारले ती निधिहरू सर्वजन हितायका निम्ति पस्किदिएका छन्। धेरै मानिस विजय कुमारजस्तै भाग्यमानी नहुन सक्छन्। बितिसकेको समय फिर्ता आउँदैन। जीवनको एउटा उचाइमा पुगेपछि पछुताउने समय पनि बाँकी रहँदैन।
 
विजय कुमारको पुस्तकलाई आत्मसात गर्नेले यतिका अनुभव गर्न प्रौढावस्थामा प्रवेश गर्नै पर्दैन। युवावस्थामै आफूलाई चिनेर व्यवहार गर्न सक्छन्। अतः यो युवाहरूका निम्ति एउटा पथप्रदर्शक हो। अत्यधिक मदिरासेवन धेरै व्यक्तिका जीवन बर्बाद भएका छन्। तिनले अब केही गर्नै पर्दैन। बजार जाने, विजय कुमारको किताब किन्ने, पढ्ने र मसक्क उनले जस्तै आँट गरेर अघि बढ्ने। बाँकी जीवन फेरि सुखसँग बित्नेछ।
 
म ढुक्कसँग भन्न सक्छु– खुशी पढिसकेपछि निश्चित रुपमा प्रत्येक पाठक गम्भीर हुन्छ। आद्योपान्त पढिसक्दा पाठकले कतै उनी र उनले भेटेका पात्रहसँग संवाद गर्छन्। कतै उनीसँगै रमाउँछन्। अनि कतै तपक्क दुई थोपा आँशु अनायासै परेली भिजाउन आइपुग्छन्। यो पुस्तकले पाठकसँग गहिरो संवाद गर्न सक्छ। पढ्ने मात्र होइन, जीवनमा प्रभाव पार्छ। निश्चित रूपमा भविश्यमा धेरै मानिसले आफ्नो जीवनमा प्रभाव पार्ने पुस्तकको पंक्तिमा 'खुसी'लाई राख्ने छन्।
 
पत्रकार हुन इम्प्याथी (अरूका दुःखलाई आत्मसात गर्ने गुण) आवश्यक हुन्छ। इम्प्याथी नभएको व्यक्ति पत्रकार भयो भने त्यसले आफ्नो रोजीरोटी कमाउँछ, जीवनलाई बुझ्न सक्दैन। त्यसले समाजमा रहेका आवाज विहीनलाई कुनै आवाज दिन सक्दैन। आज हाम्रो मुलुकका निम्ति यस्ता पत्रकारको आवश्यकता छ। र, पत्रकार हुन चाहने र भइरहेकाहरूका निम्ति यो एउटा राम्रो पथप्रदर्शक पनि हो।
 
'सिपोरा गुरूङलाई मैले टेलिभिजनको सेटमा त्यत्तिकै छाडिनँ। नेपालको अत्याधुनिक अस्पताल ग्रान्डी लिएर गएँ। डा. चक्रराज पाण्डेसित सहयोगको याचना गरेँ। ग्रान्डी अस्पतालले सिपोराको अपरेसन र उपचार निःशुल्क गरिदियो (पृ. ३१९)।'
यस्ता उदाहरण धेरै छन्। दोस्रो संविधानसभा निर्वाचनको रिपोर्टिङ गर्न तुफानी गतिमा लेटाङतिर गुडिरहेको जिपलाई उनले रोकेर बाटो छेउ सकीनसकी ह्विलचयेयर ठेल्दै गरेका युवा किफास मगरको अन्तर्वार्ता उनले गरे। मनकारीहले उनलाई सहयोग गरेपछि भावनाले भिजेका स्वरमा विजय कुमारलाई फोन आयो।
 
विजय कुमारले अन्तर्वार्ता गरेका व्यक्तिहरू मार्फत् आफूमा यथेष्ट इम्प्याथी भएको सन्देश पहिल्यै दिइसकेका छन्। पुष्पा बस्नेत, अनुराधा कोइराला, उत्तम सञ्जेलजस्ता समाजमा केही गरिहेका व्यक्तिहरू मात्र होइन, अनुहारभरि रौं भरिएकी बालिका वा अपांगता भएका व्यक्ति सबैमा यिनको दृष्टि परेको छ। त्यो उचाइको पत्रकारले भुइँका मान्छेहरूप्रति देखाएको विश्वास र तिनको जीवन परिवर्तनका निम्ति पत्रकारितालाई प्रयोग गर्न सकिने विश्वास पनि जगाएका छन्।
 
हो, यिनीभित्र हत्पति कसैले प्रवेश गर्न पाउँदैन। केही व्यक्ति होलान् जसले यिनलाई निकटबाट चिने। यो पुस्तक पढ्ने पाठकले अब यिनीसँग संवाद गर्ने अवसर पाउँछन्। यी अन्तरमुखी नभएको भए सायद सबै विषय बोलेरै सिध्याउने थिए होला। कसैसँग नबाँडेका कथाहरूलाई यिनले अक्षरहरूका आवाजहरू मार्फत् सार्वजनिक गरेको भन्दा अत्युक्ति हुने छैन।
 
विजय कुमार नामको यो पत्रकार प्राणीभित्र करूणा, क्षमा र भावनाका अजस्र स्रोत छन्। उनीजस्तै असल भावना भएका पत्रकार र पेशाकर्मीको एउटा ठूलो संख्या तयार हुने हो भने मुलुकले काँचुली फेर्न धेरै समय लाग्दैन। विजय कुमारको 'खुशी' भित्रका अक्षर र भावनाप्रति अविश्वास गर्नुपर्ने ठाउँ देखिन्न।
 
विजय कुमार खुला किताब होइनन्। यिनको बाह्य आवरण हेरेर यिनलाई चिन्न सकिन्न। ओखरजस्तै यिनीभित्र स्वादिलोपन र उपयोगीपन छ। बोक्रा हेरेर यी चिनिँदैनन्। 'खुशी'ले यिनको जिन्दगीको ठूलो क्यान्भासमा एउटा सुललित चित्र कोरेको छ। कतिपय प्रसंगमा गलत किसिमले बुझिएका विजय कुमारलाई यो पुस्तकले राम्ररी बुझाएको छ।
 
मानिसमा कमजोरी हुन्छन्। तर, कमजोरी त्यतिबेलादेखि हट्न थाल्छन् जब व्यक्ति आफैंले तिनलाई महसुस गर्न थाल्छ। आफूभित्रका कमजोरीलाई नलुकाई त्यसबाट विजय पाउन यिनले प्रयत्न गरेका छन्। अब यथार्थमै विजय कुमारले आफ्नो नाम सार्थक पारेका छन्। आफैंलाई चिन्ने र विजयी हुने व्यक्तिको रूपमा किताबले उभ्याएका छ।
 
सख्खर खाइरहेका सन्तले आफ्नो बानी हटाएर मात्र बालकलाई यो नखान उपदेश दिएको झझल्को आउँछ, विजय कुमारलाई पढ्दा। मदिराको नसामै चुर्लुम्म डुबेर उनले यो पुस्तक लेखेका भए सायद एउटा चर्चित व्यक्तिले लेखेको किताबका
रूपमा मात्र यसको स्थान हुने थियो। त्यसमा धेरै गम्भीर हुनुपर्ने अवस्था आउने थिएन। यिनले आफूलाई परिवर्तन गरेर लेखेको हुनाले यो जीवनको प्रयोगधर्मी पुस्तक पनि हो। विजय कुमारको यो जीवनप्रतिकै प्रयोग हो।
 
चाहेको भए यिनले हाम्रो शासन, प्रशासन र परराष्ट्रका धेरै रहस्यका गाँठा खोल्ने पुस्तक लेख्न सक्थे। भविष्यमा त्यस्तो लेख्लान् पनि। पुस्तकको प्रकाशक संस्था फाइन प्रिन्टका निरज भारीले आग्रह गरेजस्तै समाजका निम्ति एउटा उपयोगी पुस्तक भएर यो आएको छ। यो किताब त घरघरमा आफ्ना किशोरवय पार गर्दै गरेका छोराछोरीलाई पनि पढाइने छ।
 
हो, प्रत्येक व्यक्तिको जीवनमा कथा हुन्छन्। ती भनिन र सुनिन लायकका कथा हुन्छन्। तर, विजय कुमारको जस्तो घटनाप्रधान जीवन कमैको हुन्छ। ५२ वर्षको उमेरमा यिनले देख्न र भोग्न केही बाँकी छैन। त्यही भएर यिनी एउटा वैराग्यजस्तो भावका साथ अहिले पत्रकारितामा छन्। ठूला मानिसहरूलाई भेटेर र तिनका अन्तर्वार्ता गरेर आफ्नो अहंकारलाई चुल्याउनु पर्ने दरकार यिनलाई परेको छैन।
 
तिनले जीवनमा धेरै ठूला मानिस भेटेका छन्, असाध्यै मीठा परिकार चाखेका छन् र मदिरा सेवनबाट डुबिसकेको जिन्दगीलाई फेरि उठाएका छन्। यिनको कथा पढ्ने प्रत्येक अत्यधिक मदिरासेवनबाट पीडित व्यक्तिले यो समस्याबाट मुक्ति पाउने अचूक बाटो पाउने छ। यस अर्थमा पनि यो पुस्तक समस्यामा परेका धेरै जीवनको उद्धारक बन्नेमा ढुक्क हुन सकिन्छ।
 
चाँडै सबैले चिनिने व्यक्ति बन्न यिनी पत्रकारितामा आएका थिए। छँदाखाँदाको ओभरसियरको जागिर छाडेर यिनी पत्रकारितामा लागे। सुरुका दिनमा यिनमा अभिमान थियो। त्यसलाई समय क्रममा पहिचान गरे। त्यसबाट पनि मुक्त भए। पत्रकारितामा नयाँ प्रयोगहरू गरे। पत्रकारितामा सुरुमा डरले चिच्याएको शैलीलाई नै मानिसहरूले मन पराइदिए।
 
काँचको पर्दामा झुल्किने विजय कुमारले नेपाली पत्रकारितामा लाग्दा भोगेका हण्डर र ठक्करहरूले यस क्षेत्रका समस्यालाई सर्वसाधारणको दृष्टिभित्र ल्याइदिएको छ। कुनै पनि व्यक्तिलाई अवसर एकपटक आउँछ। अथवा कसैले त्यो मौका दिन सक्छ। त्यो अवसरलाई उसले आत्मसात गर्‍यो भने ऊ विजय कुमार बन्न सक्छ।
 
समकालीन नेपाली पत्रकारितामा विजय कुमार प्रत्येक क्षेत्रमा देखिन सक्छन्। क्रेनले टिपेर कुनै पदमा पुर्‍याएर मात्र पुग्दैन। त्यसका निम्ति सम्बन्धित व्यक्तिको कठोर मेहनत आवश्यक हुन्छ। त्यो मेहनतसँग साक्षात्कार गर्न यो पुस्तकले मौका दिन्छ।
 
जीवन संयोगहरूको कोलाज हो। त्यही नेपाल टेलिभिजन हो जहाँ उनी तालिमका निम्त छनोट हुनबाट समेत वञ्चित भएका थिए। अनि पटकपटक अपमानित भएर पनि उनी निकालिए पनि। यिनी आर्थिक संकटमा परेका छन्– अहिलेका अधिकांश पत्रकारहरू जस्तै। यिनको भाग्य हो– मुलुकका नामीदामी व्यापारी, नेता, कुटनीतिज्ञ, प्रकाशकसम्म पुग्न सके। अर्को हिसाबले भन्दा उनीहरू नै यिनीसम्म आइपुगे।
 
अरुको कुभलो नचिताउने व्यक्तिलाई कतै न कतैबाट सहयोग आउँछ। विजय कुमारलाई प्राप्त सहयोग पनि यिनै कोटीका हुन्। यो पुस्तक एउटा विश्वासको दस्तावेज पनि हो। कुनै एउटा बाटो बन्द भए पनि व्यक्तिको जीवनमा अन्य बाटाहरू खुलिरहेका हुन्छन्। बस्, व्यक्तिले प्रयत्न गर्न छाड्नु हुन्न। यही सन्देश दिन्छ यो किताबले।
 
खुशी पुस्तकका शब्दमा शक्ति छ। जब शब्दहरूमा जीवन भोगाइका यथार्थ हुन्छन्, तिनले पाठकलाई आश्वस्त पार्छन्। ती छमछम नाँच्छन्। पाठकलाई आफ्नै कथा बाँडेजस्तो तुल्याउँछन्। पक्कै पनि 'खुशी'का प्रत्येक शब्दमा विजय कुमारको हृदय बोल्छ। त्यसैले यसमा शक्ति छ।
 
मलाई याक एण्ड यति होटलको खचाखच विमोचन समारोहदेखि नै एउटा भिन्न अनुभूति भइरहेको थियो। विमोचन समारोहको मञ्चमा विजय कुमारका मुस्कुराइरहेका ठूला फोटाहरू थिए। किताबको नामै खुशी। वातावरण खुशी। अनि खुशी सम्झेर सबैका ओठमा खुशी नै खुशी। मान्छेहरू खुशीखुशी आए, खुशीखुसी सुने र खुशीखुशी हिँडे।
 
मैले पनि एकथान खुशी बोकेर हिँडेपछि त्यसलाई सुम्सुम्याएँ। मानौं मभित्रको खुशीको एउटा पुलिन्दा यसमा छ। म जतिसक्दो चाँडो यसलाई पढ्न चाहन्थेँ। दुई दिनमै सिध्याएँ पनि। यो यस्तो पुस्तक हो जसलाई तपाईंले पढ्न थालेपछि बिसाउन मन लाग्दैन। प्रत्येक वाक्य अर्थपूर्ण छन्। र, उत्सुकताले निरन्तर पाठकलाई तानिरहन्छ। बरु यी पंक्तिहरू लेख्न मैले ढिलो गरिरहेको छु। कारण :  म सकेसम्म मानिसहरूलाई प्रभाव पर्ने गरी यो किताबको बारेमा बताउन चाहन्छु। मेरो आग्रह छ सबैले यो जीवनोपयोगी पुस्तक पढून्।
 
विजय कुमारको 'खुशी' हाम्रो जीवनका वहुआयामिक पक्षलाई सम्बोधन गर्ने एउटा राम्रो किताब हो। प्रत्येक सफल व्यक्तिजस्तै यसमा सपना छन्। ती सपना पूरा गर्ने तारिका पनि। त्यहाँ परिवार छ। एउटा सदस्यमा आएका विचलनले सिंगो परिवारमा पर्ने समस्याका रूपरेखा छन्। त्यहाँ जीवनप्रतिको जीजिविषा छ। अहंकार छ। र, अन्त्यमा यी सबैलाई महसुस गरिसकेपछि मुक्तिको प्रयत्न छ। सबै वस्तुको भोगपछि स्वाभाविकरूपमा तिनीहरूप्रतिको आशक्ति पनि हट्दै जान्छ। तर, यिनले बुझेर यी तत्वहरूबाट आफूलाई मुक्त पारेका छन्।
 
'मेरो जीवनमा पनि कहिले घमण्डको ताप हावी भयो, कहिले स्वाभिमानको राप र कहिले विनम्र संवेदनशीलताको शितल छहारी। सब कुरा भयो तर नक्कलीपनको छाया ममाथि परेन (पृ. २७८)।'
 
यो पुस्तक पढिसकेपछि म निकै घोरिएँ। हाम्रा धेरै मानिसहरूले यो पुस्तक किन पढ्नुपर्छ? केही बुँदाहरू उल्लेख गर्नु उचित लाग्यो।
 
पत्रकारिता :
 
पत्रकार बन्नका निम्ति त्यही विषयभन्दा पनि विषयवस्तुलाई हेर्न सक्ने दृष्टिकोण चाहिन्छ। अझ सबैभन्दा महत्वपूर्ण पक्ष शिक्षा हो। आजको विजय कुमार बन्न प्रेस विज्ञप्ति मात्र पढेर पुग्दैन। त्यसमा पनि यिनले पुस्तकमा दिएका सन्दर्भहरूले देखिन्छ यिनको अध्ययन र संगतको धरातल।
 
जीवनमा अन्तर्वार्ता लिएका व्यक्तिहरूका सद्गुणहरूलाई आत्मसात गर्दा मात्रै पनि एउटा पत्रकार असल मानिस बनिसक्छ। तर, राम्रा अन्तर्वार्ता लिन आत्मासँग आत्माको संवाद हुनै पर्छ। विजयलाई पढिसकेपछि पक्कै पनि पत्रकारहरूका निम्ति त्यो क्षण आउनेछ।
 
पत्रकार बन्न निर्भय हुनुपर्छ। यिनको मनमा सधैँ पत्रकारिताका निम्ति टाउकोमा गोली थापेको सम्पादक पदम ठकुराठीसँग काम गरेको क्षण आइरहन्छ। डर त वीर अस्पतालमा उनलाई रातभरि कुरेर बसेकै बेला गइसकेको उनले पुस्तकमा खुलाएका छन्।
 
'टाउकोमा गोली खाने सम्पादकको साटो कुनै घटिया सम्पादकका साथ करिअर सुरु गरेको भए, त्यस्तो हुने थिइनँ जस्तो भएँ। नीर शाहको साटो कुनै जागिरदास मानिसकताको मानिस नेपाल टेलिभिजनमा मेरो पहिलो हाकिम भएको भए, त्यस्तो हुने थिइनँ जस्तो भएँ (पृ. २६८)।'
 
यो पुस्तक पत्रकारहरूलाई पत्रकारिताको सोपान चढाउने मार्गदर्शक बन्न सक्छ। पत्रकारिता स्कुलहरूले यसलाई सन्दर्भ सामग्री बनाउन सके भने उपयोगी हुन्छ।
 
मदिरा :
 
यसले विजय कुमारलाई झण्डै खाइसकेको रहेछ। उनले आफू यसबाट बाहिर निस्किन गरेको प्रयासलाई बेलिविस्तार लगाएका छन्। त्यतिमात्र होइन 'आइ एम अल्कोहोलिक' भन्न यिनलाई कति कठिन परेको रहेछ भन्ने यसमा
देखिन्छ।
 
हाम्रा धेरै कलाकारहरूमा पनि यो समस्या छ। रक्सीको लतमा लागेका धेरै प्रतिभाहरू असमयमै समाप्त भएका छन्। ती बाँचेका छन्। बाँचेर पनि ती मरेतुल्य छन्। तिनलाई यो अवस्थाबाट निकाल्न पाए हाम्रो समाज र राष्ट्रका निम्ति ठूलो योगदान हुन्छ। उनले आफूमा रहेको यो समस्याको खुलासा मात्र गरेका छैनन्, यसबाट उनको जीवनमा लागेको ग्रहणबाट कसरी बाहिर निस्किए भन्ने यस पुस्तकले देखाउँछ।
 
मदिराले उठ्न नसकी ह्यात होटलकै पार्किङ लटमा रातभरि सुतेका बेला त्यहाँका गार्डले आपसमा कुरा गरेको उनले सुने, 'हेर, यस्तो राम्रो र बुद्धिमान मानिसको गति! दुई पेग थोरै खाए पनि त हुन्थ्यो नि! यो मान्छे मलाई टेलिभिजनमा सबैभन्दा मनपर्ने मान्छे थियो। तर यसको जस्तो हालतमा हुनुभन्दा त होटलमा गार्ड भएर जीवन बिताउनै राम्रो (पृ. १५)।'
 
मदिरा छोडेपछि आमाले घाम उदाए र अस्ताएजस्तै उनको विम्वलाई प्रयोग गरेकी छिन्। केही दिनका निम्ति ग्रहण लागेको स्थितिका रूपमा गरेको यो चित्रणले भावविह्वल बनाउँछ। 'सूर्यजस्तो होस तँ। केही समय सानो ग्रहण लागेको थियो। मुक्त भइस्। यो भन्दा ठूलो खुसी मेरो लागि के हुन सक्छ र?' (पृ. १२४) आमाको यो भनाइले कसको हृदय गाल्दैन र?
 
मदिरामा लठ्ठ भएका विजय कुमारका बारेमा उनकै छोरीले लेखेको र पछि त्यही कागजमा उनी 'ग्रहण मुक्त' भएपछि लेखेको प्रसंगले त हृदय विदीर्ण गराउँछ। प्रत्येक मदिराप्रेमी बाका सन्तानहरूको अवस्था दयनीय हुन्छ। उनले त्यसलाई चटक्क छाडेपछि सन्तानमा देखिएका सुखीबाट उनले पाएको खुसी अतुलनीय छ।
 
मदिराले खाइरहेका विजय कुमारले एक दिन छोरीले अंग्रेजीमा लेखेको एउटा कागजको टुक्रा फेला पारे, जुन अन्य धेरै बालबालिकाको मनमा भएको र लेख्न नसकेको कुरा हो। 'कुन्नि किन हो, मेरो त्यति राम्रो बाबा राति त्यस्तो भएर आउँछ। मेरो राम्रो बाबालाई रक्सी खाएपछि कुनै अर्कै नराम्रो बाबाले खाइदिन्छ (पृ. २४)।'
 
धर्म–दर्शन :
 
लामा गुरूहरूलाई धेरै चिनेको छैन हामीले। हामी धेरै कर्मकाण्डबाट आएको समाज हौं। तर, बौद्ध दर्शनभित्र गहिराइ छ। लामा गुरुहरूले विजय कुमारलाई ज्ञान मार्गमा हिँडाएका छन्। त्यति मात्र होइन, उनलाई आफ्नै सम्प्रदायमा मात्र सीमित हुन उनले भनेका छैनन्। ती गुरुहरूले कतै बोलेर कतै नबोली उनलाई ज्ञान मार्गमा हिँडाएका छन्।
 
नाम्खा रिम्पोचेलाई २०६६ हिउँदमा भेटेको प्रसंग उल्लेख गर्दै उनी लेख्छन्, 'नाम्खा रिम्पोचेको दर्शन पाउनेबित्तिकै मेरो संसार बदलियो। नाम्खा रिम्पोचेले 'शब्द'द्वारा मलाई केही सिकाएनन्। शब्दबाट सिकाएको भए म केही सिक्ने पनि थिइनँ। उनले मलाई केही गरेर होइन, केही नगरी सिकाए। शब्दले होइन मौनताले पढाए (पृ. २९८)।'
 
चोकी निमा रिम्पोचे, दुजोम रिम्पोचेजस्ता अनेकन तपस्वी लामा गुरूहरूका प्रसंग छन् पुस्तकमा। स्वामी आनन्द अरुणको झलक बेलाबेलामा यसमा आइरहन्छ। अझ काठमाडौंमा ओशो आएका बेला 'भगवान' भन्ने शब्द व्यक्त गर्न नसक्ने टिठ अवस्थादेखि अहिलेका आध्यात्मिक चेतयुक्त विजय कुमारसँगको संक्रमण पनि हेर्न लायकको छ।
 
हाम्रोजस्तो विविधताले भरिएको यो मुलुकमा ज्ञानका यस्ता अजस्र स्रोत छन्। हामी जलस्रोतका मात्र धनी छैनौं। खाली हामीले तिनलाई सदुपयोग गर्न सकेका छैनौं। लामा गुरू हुन् वा मुसलमान फकिर, सबैका आध्यात्मिक चेतनाले हामीलाई मार्गदर्शन गर्न सक्छ। यो पुस्तक अन्य क्षेत्रको खोजका निम्ति पनि प्रेरित गर्ने किसिमको छ।
 
अन्त्यमा शैली
 
आखिर श्रीकृष्ण रहेछ एक भनेजस्तै जिन्दगीभरि राजादेखि रंकसम्मका अन्तर्वार्ता लिने यी पत्रकार विजय कुमारले पत्रकार जिन्दगीको गाँठी कुरा यसरी व्यक्त गरेका छन् :  'असंख्य अन्तर्वाता गरिसकेपछि मलाई आभास हुन्छ, जीवनको सर्वोच्च अन्तर्वार्ता त निःशब्द रहेछ! यसो भन्ने बेला मलाई थाहा छ, निशब्दता पारमार्थिक सत्य हो, व्यवहारिक सत्य होइन (पृ. २५८)।'
 
खुसीमा समेटिएका संवाद, यसमा रहेका राजनीतिक परिवर्तनका प्रसंग, यसमा जोडिएका जीवन र जगतका विषय आदि इत्यादिले यो पुस्तकलाई बहुआयामिक विषयको जानकारी दिनसक्ने गरी खँदिलो बनाएको छ। यो पुस्तक अनुभव, शिक्षा, आचार, जीवनको गति र दर्शनको संगम हो। विजय कुमारले आफूलाई एक दशकमा कहाँबाट कहाँ पुर्‍याएछन् भन्ने बुझ्न पनि पुस्तक आद्योपान्त नपढी सुखै छैन।
 
लेखन शैलीदेखि छपाइसम्म हिसाबले पनि यो कृति उम्दा छ। आफूलाई महान व्यक्तिका रूपमा मात्र खडा गर्न खोजेका भए विजय कुमारको यो कृति पनि आफ्नो तुष्टिको पुलिन्दा मात्र हुने थियो। पुस्तकको अन्तिममा आएर यी विनयी भावले लेख्छन् : 
 
'जुनजुन घटना वा जोजो मानिसले मलाई जीवनमा बग्न मद्दत गरे, ती सबलाई सलाम! जसजसले मलाई रोक्ने कोसिस गरे, तिनलाई पनि सलाम! प्रवाह नरोकिएको भए, म तालझैं जम्ने थिइनँ। नजमेको भए, आज यसरी बग्ने थिइँन (पृ. ३२६)

Sunday, September 14, 2014

छुटेको जुत्ता विमोचन

September 14
काठमाडौं । कवि भोजराज न्यौपानेको दोस्रो कविता सग्रह छुटेको जुत्ता एक कार्यक्रमका बीच शनिबार विमोचन भएको छ । शब्दहार क्रियसनले प्रकाशन गरेको कविता सग्रहलाई नेपाल प्रज्ञा पतिष्ठानका कुलपती सरुभक्तले विमोचन गरेका थिए । कविता संग्रह विमोचन गर्दै सरुभक्तले भने-‘अहिलेका युवाहरुको कविता निकै सरल र मिठास छ ।chuteko-jutta
 कवितामा वर्तमान परिवेश तथा अवस्थालाई झल्कने गरी गरिएको प्रस्तुतीले मलाई निकै हषिर्त बनाएको छ । कार्यक्रममा अर्का बक्ता एव बरिष्ठ पत्रकार किशोर नेपालले कविता लेखन कार्य निकै कठिनपूर्ण भएको बताए । उनले भने-‘दिन प्रतिदिन साहित्यमा रुचि कम हुदै गएकाले भने चिन्तित भएको छु ।’

Saturday, September 13, 2014

पुस्कर शाहको पुस्तक : कम्मरमुनिको वर्णन ! 'विश्व साइकलयात्री'मा 'विश्व दृष्टिकोण'को समस्या

September 13
विश्व साइकलयात्री पुस्कर शाहको करिब ४ सय पृष्ठको किताब बजारमा आएको छ । ‘संसारलाई साढे पाँच फन्को’ शीर्षकको यो पुस्तकमा उनले आफ्नो विश्वयात्रामा देखे भोगेका विषयहरुको वर्णन गर्न खोजेका छन् । तर, किताव पढ्दा यस्तो लाग्छ, उनले विश्वका धेरै मुलुकहरुमा सेक्स र चुम्बनमै बिताए ।
sata-ko-book
यो बाहेक उनले अन्य वौद्धिक विषयमा खासै ध्यान दिएनन् । थाइल्याण्डमा पुरुष वौद्ध भिक्षुबाट यौन शोषणमा परेको कुरा होस् या अफ्रिकी एवं दक्षिण अमेरिकी मुलुकहरुको भ्रमणमा नै किन नहोस् शाहले बढीजसो महिलाहरुसँगको भेट, चुम्बन, सेक्स र त्यस्तै त्यस्तै कम्मरमुनिका विषयवस्तुमाथि चर्चा गरेका छन् । ब्राजिलमा सुन्दरीको छातीको चर्चा छ ।

 क्युबामा उधारो सम्भोग गरेको कुरा छ । जमैकामा सेभ सेक्स र कन्डोमको कुरो छ । न्युजिल्याण्ड र क्यानडामा नेपाली मूलका भाञ्जीहरुको कुरा लेखिएको छ । साइकल यात्री शाहले गिनीमा तान्यासँग सुतेको चर्चा गरेका छन् । घानामा एक साँझकी पत्नी भेट्छन् ।

 बेनिनमा ‘डोनेसन सेक्स’ को कुरा छ भने क्युबामा उधारो सेक्सको वर्णन छ । बुरुण्डीमा दोहोरो कण्डोमको कुरा छ । तान्जिनियामा एचआइभी भएकी केटीले उनलाई ‘लेट्स डु समथिङ’ भनेकी छन् । फेन्च गुयानामा फ्री सेक्सको कुरा छ । ट्युनिसियामा आफूलाई सातौं विवाहको प्रस्ताव आएको शाहले आफ्नो यात्रा वर्णनमा लेखेका छन् । पोल्याण्ड र स्वीटजरल्याण्डमा पनि लेखकले सेक्स र सुन्तलीहरु नै भेटेका छन् ।

 इक्वेडरको यात्रा वर्णनमा उनले अश्लील कुराहरु लेखेका छन् । लाओसमा उनी डायनासँग आशक्त हुन्छन् । हङकङमा चिनियाँ पुतलीले बिहेको प्रस्ताव राखेको उनको दाबी छ । इण्डोनेसियामा पनि आस्ती नामकी केटी भेट्छन् । फिलिपिन्समा बिबियानको अँगालोमा बाँधिन्छन् । त्यहाँ उनले ‘योनी मुस्कान’को चर्चा गरेका छन् । जाम्बियामा ५० डलरको चुम्बनको चर्चा छ ।

puskar-shah-bookpuskar-shah-book
मौरी फूलमा बस्छ, झिंगो फोहोरमा
कुनै फूलबारीमा मौरी पुग्यो भने फूलको बासना र रसतिर उसको ध्यान जान्छ । तर, त्यहाँ झिँगो पुग्यो भने उसले फूलको सौन्दर्य होइन, जमीनमा भएको मलमूत्रतिरै ध्यान दिन्छ । मानिसको विश्व दृष्टिकोण पनि मौरी र झिँगाको जस्तै फरक फरक हुन्छ । सुन्दर के हो र फोहोर के हो भनेर छुट्याउन मानिसमा सांस्कृतिक स्तर चाहिन्छ । वौद्धिक मान्छेले विश्वको भ्रमण गरेर फर्केपछि पुस्तक लेखेको भए भद्दा सेक्स र नितम्बको हैन, त्यस देशको संस्कार, संस्कृति, इतिहास र मानवीय जीवनको वर्णन गर्दथ्यो । र, नेपालीहरुलाई विश्वको जनजीवनबाट सकारात्मक शिक्षा दिने थियो ।

तर, विश्व साइकल यात्री शाहको पुस्तकले विभिन्न देशका कामुक मान्छेहरुको वर्णन मात्रै गरेको छ, संसारलाई पाँच फन्को लगाए पनि लेखकको ध्यान कम्मर मुनि नै बढ्ता केन्दि्रत भएको देखिन्छ, कम्मर माथिको विषयवस्तुले पुस्तकमा कमै महत्व पाएको छ । शाहको पुस्तकमा विश्वको जानकारी कम र लेखकको वौद्धिक एवं सांस्कृतिक स्तर बढी प्रकट भएको छ । यो लेखकको विश्वदृष्टिकोणको समस्या हो । सांस्कतिक स्तरको समस्या हो । घुम्दैमा संसार देखिँदैन भन्ने यसबाट प्रष्ट हुन्छ ।

 लेखकले चील भएर हैन, कुखुरो बनेर घुर्‍यान खोस्रने प्रयास गरेका छन् । के उनी पुस्तकमा लेखिएजस्तै जहाँसुकै सेक्स र चुम्न गर्दै हिँडे त ? कि उनले रुक्माङगद कटवालले जसरी गफ हाँकेका हुन् ? यसलाई मापन गर्ने कुनै ‘लिटमस पेपर’ छैन । लेखकले जुन देशमा डुले, त्यहाँको राम्रा र सकारात्मक पक्षहरुको रिपोर्ट लिन सक्नुपर्दथ्यो । पुस्तकमा त्यस्ता विषयहरु समेटिएका भए नेपाल र नेपालीले उनको कष्टपूर्ण यात्राबाट केही सिक्ने अवसर पाउने थिए ।

तर, शाहले पहाड पल्टाएर एउटा सानो मुसो मात्रै निकालेका छन्, जुन ‘सेक्स’रुपी कामुक मुसोका बारेमा थाहा पाउन गुगल नै काफी छ, शाहको किताब पढिरहनै पर्दैन । यसमा शाह यसअर्थमा क्षम्य छन् कि उनले जे देखे त्यही लेखे । उनको सांस्कृतिक स्तर र वौद्धिक स्तर जति थियो, त्यति नै खोतलेर ल्याए, विश्वबाट । लेखकले यौन विषयमा चर्चा गर्दा भद्दा शब्दहरु प्रयोग गरेका छन् ।

सकारात्मक पक्ष
पुस्तकमा केही सकारात्मक पक्ष पनि छन् । तर, ती थोरै छन् । लेखकको ध्यान केटीतिर बढी गएको छ, देशको थितितिर कम । कंगोको द्वन्द्व, इजरालय र मलेसियामा नेपालीहरुको अवस्था, अमेरिकाको कतिपय वर्णन र पुस्तकको पछिल्लो खण्डमा बेलायत, नर्वे, जर्मनी, लक्जेम्वर्ग, स्पेन, इटली, हंगेरी, क्रोएसिया, नर्वे, फिण्ल्याण्ड, उत्तरी आयरल्याण्ड र स्कटल्याण्ड लगायतका देशहरुको यात्रा वर्णन केही साहित्यिक र केही सौन्दर्यमूलक देखिन्छन् । अर्को सह्रानीय पक्ष पुस्तकमा कुनै पनि देशको यात्रा वर्णन छोटो र सरल भाषामा गरिएको छ ।

 पढ्न अल्छी नलाग्ने गरी लेखिएको छ । तर, यो कलापक्ष राम्रो भए पनि विचारपक्ष र सन्देश प्रवाहको दृष्टिले पुस्तक ‘कम्मरमुनिको कथा’ जस्तो बन्न पुगेको छ । आगामी प्रकाशनमा यस्ता विषयलाई सच्याएको खण्डमा पुस्तक पढ्न योग्य बन्न सक्छ ।

पुस्तक लेख्नु भनेको लेखक आफू नांगिनु पनि हो । आत्मकथा लेखेर रुकमाङगद कटवाल जसरी नांगिए, त्यसैगरी पुस्कर शाहको पनि वौद्धिक र सांस्कृतिक स्तर पुस्तकमा उजागर भएको छ । उनी सहासिक विश्वयात्री हुन्, उनको ज्यानले सगरमाथा पनि चुमिसकेको छ । तर, उनको चेतनास्तर र सांस्कृतिक स्तर भने सगरमाथा चढ्न सकेको देखिएन पुस्तकमा ।

घुम्टीबाहिर विजयकुमारको 'खुसी'

काठमाडौं- 'मानिसले आफूलाई जान्न निकै जरुरी छ,' कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरी पत्रकार विजयकुमारको आत्मकथा किताब 'खुसी' को विमोचनमा शुक्रबार लेखकलाई चिनाउँदै थिए, 'विजयजीले आत्मज्ञानको खोजीमा यो किताब लेख्नुभएको छ, सायद उहाँ सुकरातकै पथमा हुनुहुन्छ।'
घुम्टीबाहिर विजयकुमारको 'खुसी'
गिरीको विश्लेषण किताबका पाना पल्टाउँदा भेटिएला, कार्यक्रमभरि विजयकुमारले भने आफूमा त्यो गम्भीरता छेवै पर्न दिएनन्।
नेपाली राजनीतिका शिखर व्यक्तित्व पञ्चायतका तुलसी गिरीदेखि गणतन्त्रका पुष्पकमल दाहालसम्म निम्त्याइएको समारोहलाई टेलिभिजन पर्दाझैं पूरै अवधि आफ्नो 'पकडमा' राखेका विजयले हँसीमजाक, ठट्टा र राजनीतिक घोचपेचबीच रोमाञ्चक शैलीले होटल याक एन्ड यतीमा गुरु नाम्खा रिम्पोछेबाट आफ्नो किताब 'खुुसी' सार्वजनिक गराए।

नेपाली रजतपटकी अविस्मरणीय नायिका गौरी मल्लले कार्यक्रम उद्घोषण आरम्भ गरे पनि लगत्तै माइक विजयकै हातमा पुग्यो, त्यसपछि उनले पूरै कार्यक्रम आफैं सञ्चालन गरे, अनौपचारिक शैलीमा।

'यो मञ्चमा नेपाली राजनीतिका शीर्षस्थ नेता हुनुहुन्छ। सधैं मञ्चमा उभिएर भाषण गर्ने उहाँहरूले आज कुनै भाषण गर्नुहुने छैन,' आफूलाई सञ्चार दुनियाँमा 'सेलिब्रेटी' बनाउने टेलिभिजन कार्यक्रम 'दिशानिर्देश' कै शैलीमा उनले अतिथि नेतालाई स्वागत क्रममै 'आदेश' दिएका थिए।
गायिका संगीता प्रधानको गुरु–सरस्वती वन्दनाबाट सुरु गरिएको उक्त समारोह विजयकुमारले आमा र गुरुलाई सम्मान प्रकट गरेर उपस्थित नेता तथा अन्य क्षेत्रका व्यक्तित्वको स्वागत गरे। उत्साही र हँसिलो मुद्रामा प्रस्तुत उनले आत्मकथा लेखनको रोचक वर्णन गरे।
'तुलसी गिरीसँग मेरा धेरै राजनीतिक विमति होलान्। तैपनि उहाँ मेरा प्रिय पात्रमध्येका हुनुहुन्छ,' विजयकुमारले भने, 'बाबुरामजीले राजनीतिक रुपमा अध्यक्ष प्रचण्डको कद निकै घटेको बताए पनि म यस समारोहमा उपस्थितमध्ये सबैभन्दा अग्लो कद उहाँकै देखिरहेको छु।'
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा निकै 'लिबरल' मान्छे भएको उनले उद्घोष गरे। 'शेरबहादुर दाइ, तपाईं निकै आदरणीय व्यक्ति हुनुहुन्छ,' मञ्चमा रहेका देउवालाई भने, 'तपाईंसँग हँसीमजाक गर्न सकिन्छ।'
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भने उनले राजनीतिको साटो साहित्यलाई निरन्तरता दिन सुझाए। 'मलाई कहिलेकाहीँ लाग्छ, तपाईं राजनीतिको सट्टा साहित्यमा भइदिएको भए धेरै माथि पुगिसक्नुहुन्थ्यो। हुन त राजनीतिमा प्रधानमन्त्रीभन्दा उच्च पद छैन,' पटकपटक प्रधानमन्त्री रहिसकेका साहित्यकार चन्दलाई उनले भने, 'म साहित्यसाधनाका लागि अनुरोध गर्छु।'
कांग्रेस नेता गिरीले 'खुसी' मा विजयकुमारले आफूले पत्रकारिता दौरान भेटेका राजा, राजनीतिज्ञदेखि सामान्य मानिससँग गरिएका साक्षात्कार साँचो र सरल रुपमा प्रस्तुत गरेको टिप्पणी गरे। 'विजयजीले प्रसिद्धिदेखि अध्यात्मसम्म आफूले गरेका यात्राबारे रोचकतासाथ विश्लेषण गर्ने प्रयास गर्नुभएको छ,' उनले प्रस्ट्याए। उनले नेताका कदबारे विजयको तर्कमा विमति राख्दै भने, 'अध्यक्ष प्रचण्डभन्दा त शेरबहादुर देउवाकै उचाइ अग्लो देखेको छु।'
विजयकुमारले दोस्रो वक्ताका रुपमा उद्योगी उपेन्द्र महतोलाई बोलाए। महतोलाई बोल्ने मौका दिनुपूर्व उनले आफू महताको सहयोग र सद्भावप्रति कृतज्ञ भएको बताएका थिए। 'उपेन्द्रजीले मलाई एक वर्ष केही नगरी खान सहयोग गर्नुभएको थियो,' उनले भने, 'म त्यो सहयोगका लागि उहाँप्रति कृतज्ञ छु।' उनले किताब बिक्रीबाट प्राप्त हुनेमध्ये केही रकम फूलकुमारी महतो ट्रस्टलाई दिने उद्घोष गरे। 'यो रकमलाई तपाईंले श्रीकृष्णको दरबारमा सुधामाले ल्याएको कनिका भनेर स्वीकार गर्नुहोला,' उनी भावुक बने।
महतो र याक एन्ड यती होटलका मालिक राधेश्याम सर्राफका छोरा अरुण सर्राफले 'खुसी' प्रकाशनले आफूहरुलाई औधी खुसी तुल्याएको अभिव्यक्ति दिएका थिए।
प्रकाशक फाइन प्रिन्टका निरज भारीले पहिलो चरणमा ३५ हजारप्रति छापिएको जानकारी दिए। 'मलाई दुई वर्षदेखि धेरैले सोधेको प्रश्न, 'विजयकुमारको किताब कहिले आउँछ?' भन्ने थियो। आज यसको उत्तर दिन पाउँदा खुसी छु,' उनले भने, 'हामीले प्रकाशकका रुपमा व्यावसायिकताको मानकलाई निकै माथि लगेका छौंजस्तो लाग्छ, त्यसलाई अझ माथि लाने प्रयत्न जारी राख्नेछौँ।'

Friday, September 12, 2014

प्रदिप गिरी भन्छन्-प्रचण्डको भन्दा शेरबहादुरको हाइट देख्छु विजयकुमारको खुसी विमोचनमा तुलसी गिरीदेखि प्रचण्डसम्म

September12
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भन्दा शेरबहादुरको हाइट देख्न चाहेको बताएका छन् । चर्चित पत्रकार विजयकुमार पाण्डेको पुस्तक ‘खुसी’ विमोचन कार्यक्रममा गिरीले ठट्यौंली शैलीमा भने-‘म त प्रचण्डजीको भन्दा शेरबहादुरको हाइट देख्छु ।
’ यसअघि लेखक विजयकुमारले बाबुरामले प्रचण्डको कद घटेको भनेको भन्दै भने-‘भएका कद मध्ये अहिले तपाई अग्लै हुनुहुन्छ ।’ विजयकुमारले यसो भन्दा हलमा हाँसोको फोहोरा छुटेको थियो । पुस्तक विमोचनको नित्तो दिन जाँदा एमाओवादी अध्यक्ष प्रचण्डले कोही आर्को नेता बोल्छ कि बोल्दैन भनेर सोधेको सुनाउँदा हलमा फेरि हाँसोको फोहोरा छुट्यो ।

यस्तै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि कोही बोल्छ भनेर सोधेको र आफूले छैन भनेको उनले सुनाए । ‘शेरबहादुरजीले नबोले त झन राम्रो, नबोले त झन राम्रो भन्नुभो’ भन्नु भयो भनेर विजयकुमारले सुनाउँदा कार्यक्रममा सहभागी फेरि हाँसे ।

अन्तरमनको यात्रा’को शैली
पुस्तक ‘खुुसी’माथि चर्चा गर्दै कांग्रेस नेता गिरीले उनले लेखक तथा साहित्यकार जगदीश घिमिरेले लेखेको पुस्तक ‘अन्तरमनको यात्रा’को शैलीमा विजयकुमारको पुस्तक लेखिएको बताए ।
 लेखकले जानेका मात्र नभए केही नजानेका विषयमा समेत लेखेको उनको टिप्पणी थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पूर्व अध्यक्ष उपेन्द्र महतोले प्रत्येक ब्यक्ति आफैंमा एउटा पुस्तक हुने बताए ।

तुलसी गिरीदेखि प्रचण्डसम्म
पुस्तक खुसीको विमोचन कार्यक्रममा तुलसी गिरीदेखि एमाओवादीका अध्यक्ष प्रचण्डसम्म उपस्थित थिए । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, राप्रपा नेता लोकेन्द्रबहादुर चन्द, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, कलकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमालसहित बरिष्ठ कलाकारहरु उपस्थिति थियो ।
राजदूत रेलाई सम्बोधन गर्दै पाण्डेले नेताको भाषण नभएकोमा रमाइलो लागेको होला भन्दै ठप्टा गरे । उनले कार्यक्रम उपस्थित धेरैको नाम लिएर सम्बोधन गरेका थिए ।

रिम्पोचेले गरे विमोचन पुस्तक ‘खुसी’को बुद्ध धर्मका धर्म गुरु चो कि निमा रिम्पोचेले विमोचन गरेका छन् । आफ्नो आमा भन्दा माथि गुरु हुने भन्दै विजयकुमारले रिम्पोचेप्रति श्रद्धा ब्यक्त गरेका थिए ।
 रिम्पोचेपछि मात्रै उनले आफ्नो आमालाई राख्दै आर्शिवाद थापेका थिए । आमा आकास, श्रीमती धर्ती र गुरु त्यो भन्दा माथिको वस्तु भएको उनले बताए । विजयकुमार आफूलाई जीवनमा मदत गर्नेहरुको एक एक हिसाव पुस्तकमा राखेको बताए ।

१० वर्षपघि आफूले दिशानिर्देश कार्यक्रम चलाउँदा मदिराको लतमा फसेको आफू भने दिशाविहीन भएको उनले सुनाए । शास्त्रीय साधानाकार संगीता प्रधानको शास्त्रीय संगीत ‘गुरु ब्रम्हा गुरु विष्णु..’को रागबाट शुरु गरिएको कार्यक्रमको समापनि पनि उनकै धार्मिक धार्मिक शास्त्रीय संगीतबाट गरिएको थियो ।

Tuesday, September 9, 2014

सुबिन भट्टराई को उपन्यास समर लभको सिक्वेल ‘साया’ बाट

September 9
कोठामा आएँ । मन रोटेपिङ भयो ।

चक्कर आउन्जेल घुमिरहृयो । साया, अतीत अनि सुस्मिता चकचके केटाकेटीझैँ मस्तिष्कमा खुर्रर दौडिरहे ।

 सायासँग सुस्मिताको नम्बर मागेको थिएँ ।

फोन लगाएँ ।

 फोन अफ थियो ।

 अर्को दिन फेरि प्रयास गरेँ ।

 अफै थियो । चार-पाँच दिनसम्म लगातार फोन लगाएँ ।

फोन अफको अफै थियो । अतीतलाई एउटा मेल सेन्ड गरेँ, कतै उसलाई सुस्मिताका बारेमा केही जानकारी छ कि भनेर ।

एक हप्ता कुरेँ, तर उसको कुनै रिप्लाइ आएन । जे पर्ला-पर्ला, आँट गरेर धनगढी हानिऊँजस्तो लाग्यो ।

  सुरूमा आँट जुटाउन सकिनँ ।

 आ, जेसुकै होस्, मलाई केको टाउको दुखाइ ! बित्थामा अर्काको समस्यामा परेर मलाई के ? त्यसपछि सुस्मितालाई भेट्ने योजनालाई योजनामै सीमित गराइदिएँ ।

 'साया' विमोचन कार्यक्रममा पुस्तकमा हस्ताक्षर गर्दै लेखक सुविन भट्टराई ‘साया’ विमोचन कार्यक्रममा पुस्तकमा हस्ताक्षर गर्दै लेखक सुविन भट्टराई तर पछि के-केले हो म जान उक्सिएँ ।

 सुस्मिताले सायद आफ्नो नम्बर चेन्ज गरेकी होली ।

 त्यसैले सजिलै उपलब्ध हुन सकिन । अतीतको धनगढीको अफिस पत्तो लगाउन गाह्रो थिएन । त्यहाँ पुगे सुस्मिता भेटिइहाल्थी । एकपटक उसका कुरा धुत्न पाए सब कुरा छर्लङ्ग हुँदो हो ।

 गएँ नयाँ बसपार्क अर्को दिनको टिकट लिनलाई भनेर ।

 तर त्यहाँ गएपछि बुझियो, कैलाली बन्द रहेछ । हरेक दिन फोन गरेर सोध्थेँ, बन्दको बन्दै ।

 तीन दिनपछि मात्र खुलेको जानकारी पाएँ ।

तर फेरि कुनै पनि बेला बन्द हुन सक्छ भन्ने हल्ला पनि व्याप्त थियो । जोखिम लिएरै हिँडेँ । भोलिपल्ट धनगढी पुग्नासाथ कतै केही नगरीकन सीधै अतीतको अफिस गएँ ।

 पानी स्यार्र परेको थियो । एउटा छाता बोकेको थिएँ । थेगेन । ठाउँ-ठाउँमा भिजेको थिएँ ।

बाटो पनि पूरै हिलैहिलो थियो । हिँड्दाखेरि त्यै हिलो उछिट्टएिर मेरो कालो रङ्गको पाइन्टको आधा जति भागसम्म हिलोका छिटाहरु आफ्नै जुत्ताले उछिट्टएिर लागेको थियो ।

धनगढीमा आफन्त पनि कोही थिएनन् ।

 झोला बिसाउने ठाउँसम्म थिएन । तैपनि पहिला कुनै होटल खोजेर झोला बिसाउनु थियो । तर आफ्नै कामको हतारोले आफूलाई कामबाहेक अन्य केही कुरामा मन लगाउन दिएन ।

 उसको अफिसभित्र छिर्ने बेलामा आफैँलाई देखेर लाज लाग्यो ।

म यो कहाँ के गरिरहेछुझैँ लाग्यो । एउटी अपरिचित केटीलाई भेट्न पूरा रात बसमा बसेर यति लामो दूरी पार गरेर म धनगढी पुगेको छु ।

 मान्छेेले सोचे भने के भन्लान् मलाई ? उसको अफिसको गेटमा छिर्दा मन नमज्जाले चुकचुकाइरहेको थियो ।

 के भनेर सुस्मितासँग फेस गर्ने ? कसरी सुरू गर्ने कुरा ? के ऊ मसँग उघ्रेली ?

मेरा प्रश्नहरुको ठीक-ठीक जवाफ देली ? जे हो वास्तविकता त्यै भन्छु । केही लुकाउन्नँ । यही सोचेर म उनीहरुको अफिसमा पूरै आत्मविश्वाससाथ छिरेँ ।

 छिर्नासाथ रिसेप्सनमा एउटी केटी कम्प्युटरको माउससँग खेलिरहेको देखेँ ।

 सायद सुस्मिता त्यही हुनुपर्छ । केटी केही गहुँगोरी, लाम्चो अनुहार, थेप्चो नाक, कैलो कपाल भएकी थिई ।

 म उसको अगाडि परेर भनेँ, ‘सुस्मिताजी !’ ‘हजुरले कसलाई खोज्नुभा होला ?’ उसले माउसबाट आफ्नो हात झिकी अनि अनुहार मोनिटरबाट पूरै मतिर मोडेर भनी ।


 ‘तपाईंलाई नै,’ मैले सोधेँ, ‘तपाईं सुस्मिताजी होइन ?’

 ‘सरी, म सुस्मिता होइन त ।’ मलाई ऊ सुस्मिता नभएकोमा ग्लानि भयो । मलाई ग्लानि भयो, आफू ओभरस्मार्ट भएर उसलाई सुस्मिता भन्ठानेकामा ।

 मैले भनेँ, ‘सुस्मिता जो यहाँ अगाडि रिसेप्सनिस्ट हुनुहुन्थ्यो, म वहाँलाई खोज्न आएको ।’ उसले मलाई ठयाक्कै आफू बसेको दायाँतिरको क्याबिन देखाउँदै भनी, ‘ऊ त्यो क्याबिनमा भएको सरलाई सोध्नुस् न एकपटक ।’

म गाला रातो पारेर उसलाई ‘सरी,’ भन्दै उसले देखाइदिएको क्याबिनतिर गएँ ।

 क्याबिनमा थियो रामप्रीत र अरु दुई जना स्टाफ ।

रामप्रीतलाई चिन्न मैले भूल गरिनँ । उसलाई त्यही कोठाको एउटा गोप्य कुनो सिर्जना गरेर सोधेँ सुस्मिताका बारेमा । उसले मलाई यथार्थ विवरण सुनायो ।

सुस्मिता सिद्धार्थ बैंकमा काम गर्न थालिछ । धेरै भइसकेको रहेछ उसले त्यो अफिस छाडेको । धन्न, रामप्रीतलाई जानकारी रहेछ । नत्र मेरो यो यत्रो यात्रा सब व्यर्थ जानेवाला थियो ।

 रामप्रीतसँग छुट्टएिर म लागेँ सिद्धार्थ बैंकतर्फ । पानी परेको पर्‍यै थियो ।

रिक्सा चढेर झन् भिज्न मन लागेन । पैदलै हिँडेँ । त्यतिकैमा एउटा रिक्सावाला छैवैमा आयो र कहाँ जाने भनी सोध्यो । मैले पहिलोचोटि आफू भिजेर यात्रा गर्न नचाहेको भन्दै रिक्सावालालाई पूरै इग्नोर गरेँ ।

उसले पुनः दोस्रोपल्ट नभिजाई लैजाने भन्दै रिक्साको हुड उघार्‍यो र सिट पुछिदियो । मलाई रिक्सावालाको माया लागेर आयो ।

उसको आग्रह टार्न सकिनँ । चढेँ रिक्सा । तर उसले भनेबमोजिम पानीबाट पूरै जोगिन सकिनँ । ‘भिजियो नि त दाइ,’ मैले अलिअलि आफ्नो शरीरमा चुहिएको पानी पन्छाउँदै भनेँ ।

 उसले भन्यो, ‘हजुर अलिअलि त छातै ओढर हिँड्दा पनि भिजिहाल्नुहुन्थ्यो ।’ बैंक अगाडि रिक्सा रोकियो । पैसा दिएर बैंक छिरेँ । गार्डलाई सोधेँ ।

 तर अपसोच सुस्मिता त्यस दिन छुट्टीमा रहिछे । घर उसलाई थाहा नभएको बतायो । त्यसै त्यसै दिक्क लागेर आयो । सारा प्लान चौपट । के गरुँ के गरुँको द्वन्द्वमा फसेँ ।

अल्छी मान्दै त्यहाँबाट निस्किएँ । बाहिरपट्टी त्यही अघिको रिक्सावाला तैनाथ थियो । ‘जाऊँ साथी होटल,’ मैले रिक्सावालालाई भनेँ ।

ऊ खुसी हुँदै फेरि सिट साफ गर्न थाल्यो । रिक्सामा जाँदै गर्दा मैले योजना बनाएँ भोलिपल्ट सुस्मितालाई फस्ट आवरमै भेटेर, दिउँसो तीन बजेतिरको बसमा काठमाडौं फिर्ता हुने ।

साथी होटलमा गएर त्यस रात आराम गरेँ । पानी घट्ने नामै लिइरहेको थिएन, बरू अझ बढ्दो थियो । बाढी, पहिरोका समाचार मिडियामा छयाप्छयाप्ती थिए ।

भोलिपल्ट सुस्मिता फेला परी । उसको अफिस पुग्दा यस्तै एघार बजेको थियो ।

अघिल्लो दिन देखिएकी केटीभन्दा यो सुस्मिता अलिक डल्ली डल्ली, गोलो अनुहार भएकी तर गोरी केटी थिई । उसका आँखा एकमदै चञ्चल प्रकृतिका ठूल्ठूला, जो कोहीलाई पनि लोभ्याइ हाल्ने खालका ।

तिनमा बडो लोभलाग्दै पाराले गाजल लगाइएका थिए । दायाँ गालामा अलिअलि पिम्पल थिए, तर ती उसको सुन्दरतामा कुनै पनि किसिमको खलल पुर्‍याउने कोटिका थिएनन् ।

 उसलाई नढाँटी आफ्नो परिचय दिएँ र भेट्नुको उद्देश्यबारे तुरून्तै खुलाइहालेँ । उसले दिउँसो तीन बजेयता आफूलाई फुर्सद नहुने बताई । एकपटक मैले रिक्वेस्ट नै गरेँ ।

 तर तीन बजेयता क्यै गरे पनि फुर्सद नभएकै बताई । ‘बरू तीन बजेपछि म तपाईंलाई जति भन्नुहुन्छ त्यति नै समय दिन तयार छु ।’

मुस्कुराउँदै भनी, मानौंं म उसको कुनै क्लाइन्ट नै हुँ । ‘ठीकै छ,’ आफ्नै मनलाई सम्झाएँ, ‘आजको साटो भोलि र्फकन्छु काठमाडौं । यत्रो दिन त धैर्य राखियो ।’

 तीन बजेसम्म के गर्ने ? गएँ साथी होटलमा र सुतेँ एक निद्रा । कतै निस्किन पनि मन लागेन । सिनेमा हेरेर समय काट्ने एउटा अप्सन त थियो तर निष्पट्ट झरीले गर्दा त्यतापट्टी मन गएन ।

 र सवा तीनमा म आफूलाई ठयाक्कै सुस्मिताका अघिल्तिर पाउँछु ।

पाठक हरुमा पुस्तक को क्रेज्:भयो सुबिन भट्ट्राइको साया बिमोचन

September 9
युवापुस्तामाझ यतिबेला सिनेमाको क्रेज घट्दै जाँदा पुस्तक क्रेज भने बढ्दै गएको छ । सोमबार काठमाण्डौमा पुस्तक बिमोचन समारोहमा देखिएका तन्नेरी अनुहारको क्रेजले पनि यसलाई प्रष्ट पारेको छ । रुझाउने गरि परेको पानीको समेत प्रवाह नगरी युवायुवतीहरु टेन्टमुनि बसिरहेका थिए ।

 सयौ युवायुवतीको मुखबाट एउटै शब्द थियो, ‘साया’ । आखिर को हुन् ‘साया’ ? उनको प्रतिक्षा प्रज्ञा प्रतिष्ठानको चौरमा बसिरहेका युवायुवतीमाँझ खुबै थियो । कार्यक्रम संचालनको लागेकी आएकी सविना कार्की सबैको नजरमा ‘साया’ बनिन् । ‘साया’, पुस्तककी एक पात्र थिइन् ।

 जसलाई ‘समर लभ’ जस्तो चर्चित पुस्तकमा पढेका पाठकले प्रत्यक्ष देख्ने मन बनाए । तर, पुस्तकको पात्र वास्तविकतामा आउने कुरै थिएन । नेपाली युवायुवती माझ देखिएको पुस्तक क्रेजले सबैलाई यसप्रतिको आकर्षण सोच्न वाध्य बनाउथ्यो ।

नायिका गरिमा पन्त र केकी अधिकारी पुस्तक बिमोचनमा सहभागी भए । अधिकांश दर्शकले दुई हिरोइनको हातबाट पुस्तकमा अटोग्राफर खोजे । नायिकाद्धयले ‘समर लभ’का लेखक सुविन भट्राइको साथमा ‘साया’को बिमोचन गरेका थिए ।

 ‘साया’, ‘समर लभ’को दोस्रो भाग हो । प्रज्ञा प्रतिष्ठानको बाहिरी परिसरमा उपस्थित सयौँ दर्शकले ‘साया’लाई देखाएको मायाले दुई अभिनेत्री पनि छक्क परे ।

Saturday, September 6, 2014

पद्मश्री साहित्य पुरस्कार मनु बज्राकीको ‘अन्नपूर्णाको भोज’लाई

September 5
काठमाडौं । पद्मश्री साहित्य पुरस्कार साहित्यकार मनु बज्राकीको कथा संग्रह ‘अन्नपूर्णाको भोज’लाई प्रदान गरिने भएको छ । पद्मश्री साधन सम्मान भने साहित्यकार ध्रुवचन्द गौतमलाई दिइने निर्णय भएको छ ।

 साहित्य अनुरागी एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले आफ्ना पितामाताको नाममा स्थापना गरेको खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २ लाख पुरस्कार राशीको साहित्य पुरस्कार मनु बज्राकीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

गौतमलाई प्रदान गरिने साधना सम्मान १ लाख राशीको छ । गौतमले झण्डै पाँच दशकदेखि कथा, उपन्यास, नाटक र संस्मरण लेखनको माध्यमबाट नेपाली साहित्यको विकासमा योगदान दिएका छन् । दुबै स्म्मान कोजाग्रथ पूणिर्माको दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

मदन पुरस्कार पाउँदैमा मुकारुङले फुर्किन मिल्दैन : खगेन्द्र संग्रौला चिना हराएको मान्छे कुनै कामको किताव होइन

September 5
सिर्जनशील अराजकताको आयु १५ वर्ष भएछ । राजन मुकारुङसँगको मेरो भेट पनि लगभग त्यसबेलैको होला । उहाँको जीवनपथको यात्राका डोबहरु धेर थोर मैले हेरेको छु ।  

सिर्जनशील अराजकता र पहिचानको प्रश्न
सिर्जनशील अराजकता । तीनवटा शब्द त्यसका वरिपरि थिए । एउटा सिर्जनशील थियो, अर्को अराजकता थियो र अर्को नश्लीय चेतना थियो । त्योबेला सनातनी सौन्दर्यशास्त्र, समाजशास्त्र वा मार्क्सवादको दृष्टिकोणबाट हेर्दा ती अत्यन्त अन्तरविरोधी कुरा लाग्थे । नारायणजी सरकारी मार्क्सवाद भन्नुहुन्छ । सरकारी मार्क्सवादका नियम पद्दति छन् । त्यसलाई अलिकति संकुचित दृष्टिकोणले भन्दा पिंजडावद्ध पनि छ ।
त्यसभित्रबाट हेर्दाखेरि सिर्जनशीलता र अराजकताको संगति कहीँ पनि हुँदैन । नश्लीय चेतना र नश्ल भन्नेवित्तिकै दक्षिण अफ्रिकाको नश्लवाद बुझिन्थ्यो । दक्षिण अफ्रिकाको नश्लवाद भनेको त जातिवाद हो । त्यसैले सिर्जनशील अराजकताको सन्दर्भ, त्यसको पृष्ठभूमिमा रहेको अभिप्राय र त्यसका कर्ताहरुको आग्रहलाई पर्वाहै नगरिकन नेपालका सनातनी चिन्तक, सर्जक र समालोचकहरुले तिनीहरुलाई जातिवादी, सदभाव विरोधी, विखण्डनवादी अनेक कुरा भने ।
जुनबेलामा यो विचार अथवा दर्शनको प्रक्षेपण गरियो, त्यतिबेलाको परिवेश अहिलेको जस्तो फराकिलो, उदार र विमर्शमय थिएन । अहिले गणतन्त्रको स्थापनापछि बहुल प्रवृति भएको नेपाल संघीयतामा जाने संकल्प नै भइसकेपछि पहिचानको मुद्दाका बारेमा कुरा गर्न अहिले अलिकति सजिलो छ ।

यद्यपि अहिले पनि एक त पहिचानको सही ढंगले परिभाषा भएको छैन । र, पहिचान प्रदान गर्न नचाहने तत्वहरुले यसलाई विभिन्न किसिमले अपव्याख्या र अपभ्रंशित गरेका छन् ।rajan-upndra पहिचानमा खासगरी दुईवटा कुरा थिए, एउटा इतिहासको उत्खनन गर्ने । इतिहासको उत्खनन गर्दा नेपालको ऐतिहासिक सामाजिक सन्दर्भमा नेपालका सीमान्तीकृत जातिहरु, खासगरी जनजाति, मधेसी आदि इत्यादि कसरी उत्पीडनमा परे, उनीहरुमाथि कहाँनेर भेदभाव भयो, तिनका के-के कुराहरु दमित भए, तिनका के-के कुारहरु अपमानित भए, केके कुराहरु अपहरित भए, त्यसलाई हेर्ने ।

 नम्बर दुई, उत्पीडित जातिहरुले नेपालको इतिहासमा के भूमिका खेले, नेपालको सभ्यतामा, संस्कृतिमा र सामाजिक सदभावमा केके योगदान गरे ? यसलाई हेर्नु थियो । उत्खनन र आफ्नो इतिहासमा भएका गौरवमय तत्वहरुको खोजी जसलाई अस्थित्व भनिएको थियो । कवि उपेन्द्र सुब्बाको जाँ…. जीन्दगी उपेन्द्र सुब्बा हेर्दा र बोल्दा ‘लाटो’जस्तो देखिनुहुन्छ । तर, मान्छे चौपट्टै बाटो हो ।

उहाँले भन्नु भो, दुईजना टाठाबाठाहरुले सिर्जनसील अराजकताको आन्दोलन सुरु गरे । दुईवर्षपछि मलाई मलाई भर्ती गरे । मलाई भर्ती गर्दा भन्नुपर्ने कुरा सकिएका थिए । मलाई तिनले जुवामा नारे ।Upendra subba यो अभिव्यक्तिभित्र ठूलो बठ्याइँ छ । त्यो बठ्याइँ के हो भने यो चिन्तनमा सिर्जनाको दृष्टिकोणबाट ती दुईजनाको भन्दा मेरो ठूलो योगदान छ भनेको हो । हाङयुग अज्ञात र राजन मुकारुङले अत्यन्त क्लिष्ट नेपालीमा भाषाको संस्कृतीकरण गर्ने पुरेतहरुलाई गाली गर्दै त्यतिकै क्लिष्ट भाषामा आफ्नो दर्शन प्रक्षेपण गर्नु भो । वहाँहरुको त्यो सिर्जनशील अराजकता अन्तरगत जुन शास्त्र आयो, त्यो वासुदेव त्रिपाठीको भन्दा कठिन भाषामा थियो ।

सौभाग्यवस उपेन्द्रलाई धन्यवाद भन्नुपर्छ, यिनले त्यसो गरेनन् । तर, उपेन्द्रले यो आन्दोलनको मर्म र सार अभिव्यक्त गर्ने गरी कविता लेखे । त्यो कविताको चार हरफ म तपाईहरुलाई सुनाउँछु । म त लेखिदिन्छु जाँ….. जीन्दगी । के के नमिलेको के के नपुगेको । सिर्जनशील अराजकताको मर्म यही हो । मैले यो भनिरहँदा तपाई जनजातिहरुलाई खासै अश्लीलता बोध नहुने यो भनिरहेको सुनिरहेको थेगोजस्तो लाग्न सक्छ । तपाई जो गैरजनजाति हुनुहुन्छ, यो कविताभित्रको कडा संस्कृत शब्द तपाईलाई दिगमिग लागिसक्छ । तपाईलाई अप्ठ्यारो भइ नै सक्यो ।

नेपाली समाज यही हो । नेपालको सौन्दर्यशास्त्र, सौन्दर्य चेतना, विधि अथवा समीक्षकका जेजति मानकहरु छन्, ती मानकहरु विराट समाजको एउटा जातिका उच्च तहका केही मानिसहरुले बनाएका छन् । समाजका धेरै कुराहरु त्योभन्दा बाहिर छन् । संस्कृति बाहिर छ ।

भाषा बाहिर छ । सम्वेदना बाहिर छ र आग्रह, अपेक्षा अनि सपनाहरु बाहिर छन् । यो कविताले प्रक्षेपण गर्न खोजेको आग्रह के हो भने यो नेपालमा तिमीमात्रै छैनौ । मानक तिम्रोमात्रै होइन । मूल्य प्रणाली तिम्रोमात्रै होइन । यही समाजमा हामी पनि छौं । हाम्रो मानक छ । हाम्रो मूल्य प्रणाली छ । हामी पनि यो विराट राज्यभित्र हामी पनि समाहित हुन चाहन्छौं । त्यसको अंश भागको हामी दाबी गर्छौं । सिर्जनशील अराजकताको समग्र सार भनेको यति नै हो । यसलाई तपाईले विषद् व्याख्या गर्नुभयो भने सबै कुरा बुझिन्छ ।

 राजन मुकारुङ : ओढारगमनको विपक्षमा
 राजन मुकारुङको पछिल्लो पुस्तक ‘फेरिँदो सौन्दर्य’ मा धेरै कुराहरु छन् । सामान्यतः अधिकांश लेखकहरुको भूमिका सर्जकको हुन्छ । तिनले जगतलाई हेर्छन्, वोध गर्छन्, ग्रहण गर्छन्, जगतका बारेमा एउटा विम्व बनाउँछन् र इतिहासको खास सन्दर्भमा त्यसलाई ‘लोकेड’ गरेर त्यसलाई अभिव्यक्त गर्छन् । ती सर्जकहरु हुन् । सबै सर्जकहरु चिन्तक, समीक्षक र मिमांशक हुँदैनन् । तर, राजन मुकारुङमा तीनवटै विशेषता छन् । उहाँ सर्जक हुनुहुन्छ, उहाँ आलोचक हुनुहुन्छ र उहाँ चिन्तक पनि हुनुहुन्छ । उहाँको आफ्नो विशिष्ट चिन्तन, दर्शन र आग्रह छन् ।
Rajan मुकारुङ Rajan
केही कुराहरुलाई जबरजस्त निषेध गर्नुहुन्छ । नित्सेको शुन्यवादसँग उहाँको असहमति छ । आजको बजार पूँजीवाद जो मत्स्य न्यायमा आधारित छ, त्यो वृद्ध पूँजीवादको कुटील आवरणमा आएको जुन उत्तरआधुनिकतावाद छ, त्यसलाई उहाँ निषेध गर्नुहुन्छ । त्यसप्रति उहाँको अस्वीकृतिभाव छ । सिसिफसको कथा, जो अधोगतिको कथा हो, निराशाको कथा हो, जो पश्चगमनकै कथा हो, त्यसलाई उहाँ निषेध गर्नुहुन्छ ।
त्यतिमात्र होइन, उहाँले देश सुब्बाको आदिवासी भन्ने उपन्यासमा पहिचानका नाममा ओढारतिर, जंगलतिर जाने जुन आग्रह छ, त्यसलाई पनि उहाँ निषेध गर्नुहुन्छ । यसरी उहाँको निषेधको एउटा लामो श्रृंखला छ । त्यसपछि उहाँको स्वीकृतिमा दुईवटा कुरा देखिन्छन् । एउटा मुन्धुमी मान्यता र अर्को मार्क्सवाद । उहाँ मुन्धुमी मान्यता नै मार्क्सवाद हो भन्नुहुन्छ । त्यसलाई अर्को ढंगले मार्क्सवाद नै मुन्धुमी मान्यता हो भन्न पनि सकिएला । मैले चाँहि यो बुझेको छैन ।
यो सन्दर्भ पहिलोपटक मैले राजन मुकारुङको पुस्तकमा पढिरहेको छु । यो बुझ्नुपर्ने हुन्छ । तर, धेरै कुराको अस्वीकृति र केही कुराको स्वीकृतिका वीचमा के देखिन्छ भने उहाँ जीवनप्रति सकारात्मक हुनुहुन्छ । उहाँ प्रगतिशील दृष्टिकोण राख्नुहुन्छ । आफ्नो जाति समुदायबाट पहिचानका वीचमा कसैले पश्चगमन, ओढारगमनको आग्रह गर्छ भने त्यसमा उहाँको कठोर विमति छ । राजन मुकारुङको पहिचानको आग्रह र त्यसको अभिष्ट प्रगतिशील छ । पश्चगामी छैन । यथास्थितिमा अड्किने खालको पनि छैन ।  

मुकारुङका अन्तरविरोधी विचार
फेरिँदो सौन्दर्य’मा दुई-तीन थरिका रचना छन् । सँगसँगै केही अन्तरविरोधी कुराहरु पनि छन् । उहाँले विशिष्ट कृतिका रुपमा सिरिसको फूललाई मनपर्ने कृतिका रुपमा अघि सार्नुभएको छ । सँगसँगै चिना हराएको मान्छेको पनि चर्चा छ । इन्द्रबहादुर राईको ‘मार्क्सवादी चिन्तन साहित्यको अपहरण’को पनि चर्चा छ ।  
सिरिसको फूलबारे : मोहनविक्रम सिंहले पारिजातको सिरिसको फूलका बारेमा भनेको म सम्झन्छु । अभिप्राय उहाँको, शब्द मेरो- ‘सबैभन्दा राम्रो कृति सिरिसको फूल हो, सबैभन्दा नराम्रो कृति पनि सिरिसकै फूल हो ।’
sirisko ful sirisko ful
शिल्प शैलीको दृष्टिकोणबाट, भन्ने तरिकाको दृष्टिकोणबाट विभिन्न उपकरणको माध्यमले पाठकमा प्रभाव पार्ने माध्यमको दृष्टिकोणबाट सिरिसको फूल गजपको कृति हो । तर, चिन्तनको दृष्टिले, जीवनलाई हेर्ने दृष्टिले यो धेरै गतिलो कृति होइन । यसले जीवनका सबै मूल्यहरुलाई निषेध गर्छ । जीवन निराशामात्र होइन ।

निराशा जीवनको एक अभिन्न अंग हो । तर, निराशा जीवनको मूलवृत्ति होइन । तपाईमा निराशामात्र छ भने तपाईमा गर्ने एउटामात्रै काम बाँकी रहन्छ, त्यो हो आत्महत्या । जवसम्म तपाई आत्महत्या गर्नुहुन्न, के कुरा बुझिन्छ भने तपाईमा जीजीविषा छ । तपाईमा यो जीवनलाई राम्रो र समुन्नत बनाउने आग्रह छ, चेष्टा छ । इन्द्रबहादुर राईबारे :
Indra Bahadur raiIndra Bahadur rai
इन्द्रबहादुर राई नेपाली साहित्यका छुट्टै एउटा आयाम हुन् । उनका योगदानमाथि मेरा कुनै प्रश्न छैनन् ।
  तर, जहाँसम्म राजन मुकारुङको पुस्तकमा उल्लेख गरिएको जुन चिज छ, यसले कम्युनिष्टहरुलाई निन्दा गर्छ । मार्क्सवादलाई निषेध गर्छ । समाजका प्रगतिशील प्रवृत्तिहरुलाई निषेध गर्छ । राजनले यो कृतिलाई पनि सकारात्मक ठाउँमा राख्नुभएको छ । उहाँले व्याख्या गर्न नभ्याएको हो भने व्याख्या हामी सुन्दै जाऔंला । तर, यसलाई सकारात्मक कृतिहरुको लहरमै राखिएको हो भने यो कुराचाँहि विचारणीय छ । चिना हराएको मान्छेबारे : चिना हराएको मान्छे, यो किताब सबैभन्दा बढी बिकेको भनिन्छ ।

 साहित्यका असल कृतिहरु सधैं बिक्छन् । तर, बिक्रीको आँकडा र अंकको आधारमा साहित्यिक कृतिको उत्कृष्ठताको मापन काँहि पनि हुँदैन । खासगरिकन बजार आतंक चलेका बेलामा के बिक्छ ? केही सेलिब्रेटी नाम गरेका अनुहार बेचिन्छन् ।
 विज्ञापनबाजी बेचिन्छ । सेन्सेसन बेचिन्छ । कपट जालझेल तिगडम यी सब कुरा बेचिन्छन् । चिना हराएको मान्छे कुनै गम्भीर कृति नै होइन ।
China haraeko manchheChina haraeko manchhe
 एक त त्यो जसको नाममा छ, त्यो उनले लेखेकै होइन होला । त्यो त कुनै लेखन्दास भर्ती गरेर लेखिएको माल हो । त्यो कथ्यको हिसाबले, ऐतिहासिक सन्दर्भको हिसाबले, मूल्यको हिसाबले, समयको गति र धडकनको हिसाबले त्यो कुनै कामको चिज होइन । किन बिक्छ ? त्यो बजार आतंकका कारणले बेचिइरहेको छ । गम्भीर साहित्य कुनै पनि समाजमा सीमान्तीकृत हुन्छ ।

 गम्भीर चिन्तन, गम्भीर विवेचना, गम्भीर सिर्जना जहिले पनि सीमान्त हुन्छ । सीमान्तका विभिन्न पत्रहरु हुन्छन् । सीमान्तभित्र पनि अति सीमान्तहरु हुन्छन् । दलित अति सीमान्त हो । जनजाति अति सीमान्त हो । मधेसी पनि अति सीमान्त हो । त्यसकारण कृतिहरुलाई सन्दर्भित गर्दा गम्भीर लेखकले त्यसलाई म कहाँ राख्दैछु र पाठकलाई त्यसले के भावना सम्प्रेषण गर्छ भन्ने कुरा विचार गर्नुपर्छ । सबै चिज पढ्नुपर्छ । ज्ञानका सबै शास्त्रहरुप्रति उदार हुनुपर्छ ।

व्यापकरुपमा पठन गरिनुपर्छ । तर, आफ्नो दृष्टिकोण त हुनुपर्छ । जस्तो राजन मुकारुङले भन्नु भो, मेरो दृष्टिकोण भनेको एउटा मुन्धुम हो, एउटा मार्क्सवाद हो । यो कुरामा अडिने हो भने मूल्य प्रणालीमाथि चिन्तन गर्दा ठीक अथवा बेठीक, लोकोपयोगी अथवा हानिकारक विचार गर्नुपर्छ भन्ने मलाई लाग्छ । मदन पुरस्कार र मुकारुङको फुर्क्याइँ चाखलाग्दो छ । सिर्जनशील अराजकताका नायक । मतुवाली । राजन मुकारुङ लोकसेवा पास गरेको लेखक हुनुहुन्छ । मदन पुरस्कार त पड्काउनु भो नि । साहित्यमा जसले मदन पुरस्कार पाउँछ, साहित्यमा लोकसेवा पास गरेको सेक्सन अफिसर ठहर्छ । उहाँ सेक्सन अफिसर भई नै सक्नुभयो । तर, त्यो पुरस्कार
 rajan-n-damini-vir
पाएपछि उहाँ बडो फुर्किनुभयो । उहाँले भन्नुभो, यो मदन पुरस्कारप्रति बढ्तै दुराग्रही पो भइएछ कि क्या हो ? मैले ठट्टा गरें, हेर् भाइ प्रत्येक पुरस्कारका आफ्ना अभिष्ट हुन्छन् । त्यसका नियत हुन्छन्, त्यसका दुनर्यित हुन्छन् । कहिलेकाहिँ बाहना मिलाउनका लागि चतुर चाणक्यहरुले दिई आएका भन्दा अलि परका लाई पुरस्कार दिन्छन् । त्यसैले राजन मुकारुङले फुर्किन मिल्दैन । साहित्य पुरस्कार पाउनका लागि लेखिँदैन । साहित्यको माध्यमबाट तपाईको एउटा विम्व बनेपछि त्यो विम्वलाई उपयोग गर्न अथवा दुरुपयोग गर्न शक्तिपीठका विभिन्न मालिकहरु उद्त नै रहन्छन् । पुरस्कार आफैं नकारात्मक कुरा होइन । पुरस्कार खतरनाक कुरा हो । पुरस्कारको सन्दर्भ, त्यसको चरित्र र त्यसको प्रयोजनको तपाईले हेक्का राख्नुभएन भने तपाईले थाहै नपाइकन त्यो गुठीले पेटमा हालेर तपाईलाई पचाउँछ । जसलाई कोअप्सन भनिन्छ ।  

त्यसैले राजन मुकारुङ असल मान्छे हुन् । सिद्धान्तनिष्ठ हुन् । विराट अभियन्ता हुन् । तर, उनले फुर्किन मिल्दैन । यसरी फुर्किँदै गए भने हामीलाई गाह्रो पर्छ । 
  यो समाजमा लेखकको संख्या बढेको छ । तर, गम्भीर लेखकहरु, इतिहास र समयको सन्दर्भलाई बुझ्ने लेखकहरु र साहित्यजस्तो मूल्यवान् विषयलाई लोक कल्याणका निम्ति समर्पण गर्न चाहने लेखकहरु बहुत थोरै छन् । ती थोरैमध्ये एउटा राजन मुकारुङ हुन् । हामी राजन मुकारुङलाई फुर्किन दिने छैनौं । राजन मुकारुङ समकालीन नेपाली साहित्यका एकजना सशक्त लेखक हुन् । (गतसाता राजन मुकारुङको पुस्तक ‘फेरिँदो सौन्दर्य’को विमोचन कार्यक्रममा बरिष्ठ समालोचक तथा लेखक खगेन्द्र संग्रौलाबाट व्यक्त विचार)

Saturday, August 30, 2014

१५ वर्षअघि काठमाडौं छिरेका तीन ‘चितुवा’ त्यसबेला मण्डले कविताको जगजगी थियो

rajan-upndra
August 30 रवण मुकारुङ सिर्जनशील अराजकता १५ वर्ष पुगेकोमा यसका अभियन्ता (राजन मुकारुङ, हाङयुग अज्ञात र उपेन्द्र सुब्बा) लाई शुभकामना व्यक्त गर्न चाहन्छु । सिर्जनशील अराजकतासँग मेरो भातृत्वपूर्ण सम्बन्ध रहेको अवगत गराउन चाहन्छु । पन्ध्र वर्षअघि, उहाँहरुको सिर्जनशील अराजकता अभियान सुरु हुनुभन्दा पनि १५ वर्षअघि म काठमाडौं आएको थिएँ । लगभग ३० वर्षअघि । त्यसपछि उहाँहरु आइपुग्नुभयो ।
 लिम्बुवान र खम्बुवानका उहाँहरु बैरागी काइँलाको चितुवाजस्तो भएर काठमाडौं आइपुग्नुभयो
 म उहाँहरुको सिर्जनशील अराजकताको म प्रत्यक्ष साक्षी हुँ । उहाँहरुको घोषणापत्र र सबै इतिहास हराएर ममात्रै बाँचें भने पनि म यसको आधिकारिक व्यक्ति हुँ । किनभने मेरो कोठामा निर्माण भएको आन्दोलन हो यो । उहाँहरु धेरै ठूला सपना र उत्तेजनाहरु लिएर काठमाडौं आउनुभएको थियो । १५ वर्षअघि पूर्व लिम्बुवानका हाङयुग अज्ञात र खम्बुवानका राजन मुकारुङको शहर प्रवेश भयो । बैरागी दाइको एउटा कविता छ, मालीगाउँको चितुवा । जंगलबाट अप्ठ्यारो परेपछि शहरमा, मालीगाउँमा चितुवा आइपुगेछ एक दिन । बैरागी दाइले कविता लेख्नुभयो । त्यस्तै लिम्बुवान र खम्बुवानबाट बैरागी काइँलाको चितुवाजस्तो भएर उहाँहरु काठमाडौं आइपुग्नुभयो । उहाँहरुलाई शहरमा असहज भयो । मान्छे बसेको ठाउँमा चितुवालाई त अप्ठ्यारो हुने भैगो । sarwan  
उपेन्द्र सुब्बा, राजन मुकारूङ
  उहाँहरुलाई पहिचानको समस्या भयो । सपना त कवि हुनेछ । लेखक हुनेछ । ठूलो मानिस हुने सपना छ । यो सर्भाइभ हुने समस्याबाट उहाँहरु मानसिकरुपमा गुज्रन थाल्नुभयो । त्यसपछि उहाँहरुले खोज्नुभएको बाटो हो सिर्जनशील अराजकता । उहाँहरुले कविता त धेरै लेख्नुभयो । उपेन्द्रजीको कविताको शीर्षकजस्तै उहाँका कविताहरु सबै खोलाका गीत भए । दुई-दुईवटा, तीन-तीनवटा किताव निकालिसक्नुभयो, न चर्चा छ, न कुनै स्पेस छ, कहीँ, कसैले सुनिदिएन । मलाई लाग्छ, शीर्जनशील अराजकताको उदय र हाम्रो गोविन्दराज भट्टराईको समालोचकीय उदय पनि सँगसँगै भयोजस्तो लाग्छ मलाई । दुबैको इन्ट्रेस्ट मिल्यो । सिर्जनशील अराजकताको इन्ट्रेस्ट आफूलाई स्थापित गराउने, आफूलाई अगाडि बढाउने थियो भने उहाँलाई समालोचक हुने इन्ट्रेस्ट थियो । हाङयुगजी अझ बढी मेहनत गर्ने । उहाँ मारक्सवाद, नियोमार्क्सवादेखि उहाँ दर्शन धेरै चिजहरु अध्ययन गर्ने । साइन्सको त उहाँ विद्यार्थी नै । उहाँहरुले धेरै कुराहरुको अध्ययन गर्नुभएको थियो । मभन्दा उमेरले सात/आठ वर्ष कान्छो भए पनि मलाई उहाँ दाजुजस्तो लाग्थ्यो । त्यतिबेलै उहाँलाई सबाल्टन राइटिङबारे थाहा हुने, मोर्डनिज्मको त पित्री बुझाइदिने । गोविन्दराज भट्टराई र अभि सुवेदीलाई पनि बुझाउने क्षमता उहाँमा थियो । राजनजी चिन्तनशील हुनुहुन्थ्यो । राजनजीमा अर्को विलक्षण प्रतिभा के थियो भने किरात सभ्यता र संस्कृति, मुन्धुमजस्ता चिजहरुको साह्रै भित्री तहसम्म पुग्न सक्ने क्षमता उहाँमा थियो । उपेन्द्रजीमा ती चिजहरुलाई सिर्जनात्मक बनाउन सक्ने क्षमता थियो । कविता बनाइदिनसक्ने क्षमता थियो । यसरी साथीहरुले सिर्जनशील अराजकताको आन्दोलनको प्रारम्भ गरे ।  
काठमाडौंमा मण्डले कविताको जगजगी
sarwan
 हामी काठमाडौं आउँदाखेरि, हामीले कवितामा संघर्ष गर्दाखेरि पनि थिए यस्ता ग्रुपहरु त । श्यामप्रसाद, नारायणप्रसाद, विमलप्रसाद भनेजस्ताहरुको एउटा ग्रुप । अर्को के बहादुर, के बहादुर भनेजस्तो ग्रुप हुने रैछ । मैले पछि थाहा पाएँ । श्यामप्रसाद, नारायणप्रसाद र विमलप्रसादको ग्रुपमा तपाईलाई मन पर्ने कवि को हो भनेर विमलप्रसादलाई सोध्यो भने श्यामप्रसाद र नारायणप्रसाद भनिदिने । अनि श्यामप्रसाद कहाँ गएर सोध्यो भने विमलप्रसाद र नारायणप्रसाद भनिदिने । अर्को पनि त्यस्तै गु्रप हुने, जसले अषेशप्रसाद, विष्णुप्रसादको मात्रै नाम लिने । आफ्नै ग्रुपको मात्रै नाम भन्ने । त्यतिबेला समग्र विचार सिद्धान्त बोकेर हिँड्ने एउटा छँदैछ, त्यो त्यत्तिकै बनेको ग्रुपलाई मण्डल भन्छ क्यारे । मण्डले त भन्न भएन । मण्डले कविता लेख्नेहरुको जगजगी थियो । मैले लेखेकै ठीक भन्ने जगजगीमा मेरो जेनेरेशन चाँहि कविता लेख्न आइपुगेछ । हामीचाँहि हरितन्नमहरु । श्रवण मुकारूङ
श्रवण मुकारूङ
हाम्रा समयका कवि विप्लव ढकाल, रमेश क्षितिजहरुको पनि ग्रुप त थियो, तर, हामीचाँहि त्यस्ता थिएनौं । मलाई विप्लव ढकालको कविता मन परेन भने मन परेन नै भन्थें म । मेरो कविता मन पराएन भने रमेश क्षितिजले तेरो कविता मन पराइँन नै भन्थ्यो । शुत्रकेा कविता राम्रो लाग्यो भने त्यो नै राम्रो भन्थ्यौं । हामी त्यसरी हुर्केर आयौं ।  
साहित्यमा संगठन जरुरी श्रवण मुकारूङ
साहित्यमा संगठनको जरुरी हुन्छ भन्ने कुरा त नेपाली साहित्यमै तेस्रो आयामदेखि सिर्जनशील अराजकतासम्मै आउँदा हामीलाई थाहा भइसक्यो । संगठन राजनीतिमा मात्रै चाहिने होइनरहेछ । बुद्धलाई त बुद्धिज्मका लागि संगठन चाहियो । एक्लो मान्छे हो नि बुद्ध त । उनलाई त संगठन चाहियो भने साहित्यमा त चाहिने नै रहेछ । त्यसैले संगठित श्रष्टाहरुको आन्दोलन फलोस्, फुलोस् । अझै तेस्रो आयामको आन्दोलन सिद्धिएको छैनजस्तो काँल्दाइहरु गर्नुहुन्छ । आन्दोलन त मलाई लाग्छ, निश्चित उद्देश्यको लागि हुन्छ होला । त्यसलाई भँजाई खान त हुँदैन होला ।सधैंभरि भइरहने आन्दोलन कमजोर आन्दोलन हो । जस्तो, ०६२/०६३ मा झ्याप्पै भयो, १९ दिनपछि सकियो । अब अर्को आन्दोलनतिर जाने हो नि । सिर्जनशील अराजकताको आन्दोलन १५ वर्ष पुगिसकेछ, अब यसलाई कहाँसम्म लानुहुन्छ ? लैजानुहोला । हाङयुगजीको कविता संग्रह करङको हिरासत परीक्षणमा पर्नेवाला छ
 कवि समाजसँग जोडिनुपर्छ
 हाङयुग अज्ञातका बारेमा बोलिसकें मैले । उहाँका कविताहरु उम्दा कविता छन् । गहिरा कविताहरु छन् । संसारका अनन्त ज्ञानहरुलाई निचोरेर लेखिएका कविताहरु छन् र ती आजको हाम्रो नेपालको जीवनसँग जोडिएका कविताहरु छन् । तर, पछिल्लो समयका कविताहरुको विषयमा निै ठूल्ठूलो बहसको सुरुवात भएको छ । समाजसँग कविहरुले प्रत्यक्ष सम्वाद गर्नुपर्‍यो । सम्वाद गर्नैपर्‍यो । तिमीले लेखेको कविता तिम्रो समाजले स्वीकार गर्नैपर्‍यो र अपनत्व समाजले ग्रहण गर्नैपर्‍यो भन्ने विचार आइरहेको समयमा हाङयुगजीको कविता संग्रह (करङको हिरासत) परीक्षणमा पर्नेवाला छ । तर, यिनी उच्च कोटीका कवि हुन् भन्नलाई मैले घडी हेरिराख्नु पर्दैन ।