September 9
भर्जिनिया । नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा बीपीजयन्ती शतवार्षीकी कार्यक्रम सम्पन्न भएको छ । नेपाली प्रजातान्त्रिक ईतिहासका महानपुरुष जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्म शतबार्षिकीको अवसरमा रक्तदान, कविता वाचनको साथै बीपीका विचार लगायत विभिन्न विषयमा कार्यक्रम गरिएको थियो ।
अमेरिकन रेड्क्रसको रक्तदान केन्द्रमा भएको रक्तदान कार्यक्रममा बोल्दै नेपाली दूतावासका कार्यबाहक राजदूत ऋषिराम घिमिरेले बिपीको बिचार र व्यक्तित्व खुला किताव जस्तै रहेको बताए । यस्तै, नेपाली दूतावास वाशिङ्टन डीसीका उपनियोग प्रमुख नारायण मैनालीले रक्तदान कसैको लागि जीवन दान गर्नु भएको भन्दै सबै रक्तदाताहरु मानव धर्म र समाज सेवाका लागि प्रेरणाका श्रोत भएको बताए ।
उनले रक्तदान कार्यक्रम गरी नेपाली जनसंपर्क समिति अमेरिका भर्जिनिया शाखाले उदाहरणीय सामाजिक सेवा कार्य गरेको भन्दै प्रशंशा गरे । कार्यक्रममा बिशेष अतिथिका रुपमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले नेपाली कांग्रेस ल्याएको १२ बुदे सम्झौतामा नै दलहरुलाई ल्याएको बताए । बिपी जयन्तिको अवसरमा बिपीका बिचार र व्यक्तित्वबारेमा अमेरिका नेपाल समाजका अध्यक्ष डा.ठाकुर पुडासैनी, नगेन्द्र पौडेल, केशव खनाल, पवन खनाल, रमेश खकुरेल, सुकदेव शाह, रमेश पन्त लगायतले चर्चा गरेका थिए । कार्यक्रम नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाका अध्यक्ष रामशरण हुमागाइँले बिपीका विचार र बीपीले प्रतिपादन गरेको सिद्धान्तप्रति सबैले वफादार हुनुपर्ने बताए ।

No comments:
Post a Comment