September 9
झापा । सेवाग्राहीबाट घूस लिँदालिँदै एक सरकारी कर्मचारी रंगेहात पक्राउ परेका छन् ।
झापाको सीतापुरीस्थित फूलबारी रेस्टुरेन्टबाट जिल्ला वन कार्यालयका सहायक वन अधिकृत जीवन पाठक रंगेहात पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ ।
पाठकले सेवाग्राहीलाई फर्निचरसम्बन्धी काम दिलाइदिने भन्दै २८ हजार घूस लिएका थिए ।
उनलाई लिएको घूस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment