September 10
राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले दुई माओवादीसँग कांग्रेस एमाले सशंकित भएको, दसैंका लागि अगि्रम टिकट बुकिङ खुल्ला भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले दुवै माओवादी भद्रगोल अवस्थामा रहेको, राष्ट्रिय राजनीतिक सम्मेलन गर्न मिति र एजेन्डामा सहमति नभएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले बुढीगण्डकीमा कांग्रेसले अवरोध गरेको, तीन दलबीच विश्वासको संकट हुँदा संविधान नबन्ने अवस्था आएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले एमाओवादीको सबै आन्तरिक काम लथालिंग भएको, सार्वजनिक कार्यक्रममै कांग्रेस भित्रको आन्तरिक विवाद छर्लङ देखिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले प्रधानमन्त्री सुशील कोइराला न्युयोर्क जानुअघि सभा गर्ने पक्षमा रहेको, त्रिशुली-काठमाडौं सडकमा पहिरो गएको ८० यात्रुको उद्दार गरिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
No comments:
Post a Comment