September 10
काठमाडौं । उमेर हदका कारण दसैंलगत्तै अवकाश पाउन लागेका प्रधानन्यायाधीश दामोदर शर्मा न्याय परिषद्का बाँकी सबै काम सकेर बिदाइ हुने तयारीमा छन् । तर परिषदका अन्य सदस्य भने उनको यो तयारीप्रति सशंकित हुँदै त्यसलाई रोक्ने योजनामा रहेको स्रोतले बतायो ।

यसै कारण परिषदका सदस्य वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साह पूर्वनिर्धारित मंगलबारको बैठकमा अनुपस्थित भए । न्यायाधीश नियुक्ति, सरुवा, पदस्थापनालगायत विषयमा छलफल गर्न बैठक डाकिएको थियो ।
तर बैठकलाई महत्व नदिएर साह न्याय क्षेत्र समन्वय समितिको बैठकमा भाग लिन पुगेको अन्नपूर्ण पोस्टमा खबर छ । उनका अनुपस्थितपछि परिषद बैठक स्थगित भयो । परिषद अध्यक्ष प्रधानन्यायाधीश शमा, सदस्यहरु कानुनमन्त्री नरहरि आचार्य, खेमनारायण ढुंगाना र उपेन्द्रकेशरी न्यौपाने भने बैठकका लागि परिषद पुगेका थिए । समयले भ्याएसम्म सर्वोच्च अदालतमा स्थायी र अस्थायी न्यायाधीशसमेत पूर्ति गरेर बहिर्गमन हुने मनस्थितिमा शर्मा छन् ।
परिषद् सदस्य साह, कानुनमन्त्री आचार्यसहितका बहुमत पदाधिकारी भने तत्काल न्यायाधीश नियुक्त नगर्ने पक्षमा छन् । साहले अर्को बैठकमा बस्नुपर्ने भएकाले परिषद्मा आउन नसक्ने जनाउ दिएपछि अध्यक्ष शर्मासहितका अन्य पदाधिकारी चियामात्र पिएर फर्किएका थिए ।
अहिले सर्वोच्चमा दुई स्थायी न्यायाधीश पद रिक्त छ । सर्वोच्चमा अस्थायी न्यायाधीश राख्न संविधानले दिएको सुविधा प्रयोग गरी यो कामसमेत पूरा गर्ने योजनामा शर्मा छन् । पुनरावेदन अदालतमा २३ न्यायाधीश पद रिक्त छ । पुनरावेदनकै न्यायाधीशबाट १६ जनालाई मुख्य बनाइएपछि उक्त पदसमेत गरी २३ पद रिक्त भएको हो ।
उमेर हदका कारण अवकाश र राजीनामका कारण सातजना न्यायाधीशको पद पहिल्यैदेखि रिक्त थियो । परिषद सदस्य साह बैठकमा नआएपछि बैठक अर्को मंगलबारसम्मका लागि सारिएको छ ।

No comments:
Post a Comment