Tuesday, September 9, 2014

डिभिजन थ्री क्रिकेटका लागि १८ खेलाडी छनोट

September 9
काठमाडौं । आईसीसी डिभिजन थ्री क्रिकेटका लागि पारस खड्काको कप्तानीमा १८ खेलाडी छनोट गरिएको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको टोलीमा नयाँ अनुहारका रुपमा करण केसी छन् ।

 टोलीमा शरद भेसवाकर, सुवास खकुरेल, बसन्त रेग्मी, शक्ति गौचन, नरेश बुढायर, आरिफ शेख, रामनरेश गिरी र सागर पुन छन् ।

यस्तै सोमपाल कामी, अमृत भट्टराई, विनोद भण्डारी, मेहबुब आलम, भुवन कार्की, अनिल मण्डल, राहुल विक पनि टोलीमा छन् । १८ खेलाडीबाट १४ सदस्यीय अन्तिम टोलीको घोषणा हुनेछ ।

 डिभिजन थ्री अक्टोबर २६ मा हुनेछ ।

No comments: