Wednesday, September 10, 2014

पहिरोमा अलपत्र परेका ९० यात्रुको उद्धार

September 10
नुवाकोट । नुवाकोटको मदानपुर गाँउ विकास समितिको वडा नम्बर ९ अधेँरी खोला आसपासमा पहिरोजाँदा बीच बाटोमा अलपत्र परेका ९० जना यात्रुहरुको नुवाकोट प्रहरीले उद्धार गरेको छ । अधेँरी खोलाको दुई तिरबाट पहिरो बगेपछि अलपत्र परेका यात्रुहरुको प्रहरी चौकी ककनी, प्रहरी चौकी तादी पुल र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट गएको प्रहरी टोलीले करिब ९० जना यात्रुको डोरीले तानेर उद्धार गरेको हो ।

 अबिरल वर्षासँगै दुई तिरबाट गएको पहिरोले काठमाडौबाट नुवाकोट आउदै तथा नुवाकोटबाट काठमाडौ जादै गरेका यात्रुहरुको पहिरोको बीचमा नै कोलाहाल चलेको थियो । दुई तिरबाट पहिरो गएपछि दुई वटा बस, तीन वटा माइक्रो, ९ वटा मोटरसाईकल एक वटा जिपमा रहेका करिब ९० जना यात्रुको प्रहरीले पहिरोबोबीच प्रहरीले उद्धार गरेको नुवाकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिए । परिरहेको पानी र दुई तिरबाट बगिरहेको पहिरोको बीचमा पुगेर नुवाकोट प्रहरीले डोरीले बाँधेर यात्रुहरुको उद्धार गरेको निमित्त प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

 पासाङ ल्यामु राजमार्ग अवरुद्ध पहिरोको कारण अबरुद्ध भएको पासाङ ल्यामु राजमार्ग सुचारु भएको हुन सकेको छैन् । पासाङ ल्यामु राजमार्ग सुचारु हुन अझै केही समय लाग्ने भएकाले आवत-जावतको लागि बैकल्पिक सडक प्रयोग गर्न नुवाकोट प्रहरीले आग्रह गरेको छ । अधेरी खोलाको दुईतिर अहिले पनि पहिरो बगिरहेकाले बाटो सुचारु गर्न, बीच बाटोमा रोकिराखेको यातायातका साधन निकाल्न समस्या भएको प्रहरीले जनाएको छ ।

 यस्तै , अबिरल बर्षसंगै गएको पहिरोले नर्जामण्डप गाँउ विकास समितिको वडा नम्बर ४मा आठ घर जोखिममा परेका छन् । मंगलबार बिहान २ बजेदेखी आएको अबिरल बर्षाले बाहुनबेशी हुँदै सठिया जाने सडक छेउमा गएको पहिरोले स्थानियवासीको घर पहिरोको उच्च जोखिममा परेको हो । पहिरो पछि पनि उद्धार तथा पुनःस्थापनाको अभावमा उनीहरु जोखिमयुक्त घरमा नै बस्ने बाध्य भएका छन् ।
 नुवाकोट सम्वादादाता

No comments: