September 10
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफू अमेरिका जानुअघि नै संविधानका विवादित विषयमा सहमति जुटाउन ‘सर्वपक्षीय राजनीतिक सभा’ गर्ने तयारी गरेका छन् । कोइराला संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन तथा फलोअप उपचारका लागि असोज ३ गते अमेरिका जाने कार्यक्रम छ ।नेकपा-माओवादीले सर्वपक्षीय राजनीतिक सभा गर्न तयारी नपुगेको भन्दै थप समय आवश्यक पर्ने बताइरहेका बेला प्रधानमन्त्रीले असोज ३ गतेअघि नै सभा गरेर नियमित छलफलको बाटो खोल्ने प्रयास गरेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आफू जानुअघि सभाको सुरुवात गर्नेगरी नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यसँग वार्ता गर्न लागेका छन् ।
सर्वपक्षीय राजनीतिक सभाका लागि आवश्यक तयारी गर्न संविधानसभाभित्रका प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीका साथै संविधानसभा चुनाव बहिष्कार गरेको नेकपा-माओवादीका नेता सहभागी कार्यदल गठन गरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
कार्यदललाई सभाको मोडालिटी र मिति तय गर्ने अधिकार दिइएको छ । तर कार्यदल बैठकमा एमाओवादी र माओवादीले सभा चाँडै गर्न तयारी नपुग्ने धारणा राखेका कारण सहमति हुन सकेको छैन् । एमाओवादी र माओवादीले सर्वपक्षीइ राजनीतिक सभालाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राख्दै आएका छन् । सत्तासाझेदार कांग्रेस, एमालेले भने संविधानसभाले परामर्श लिनेगरी मात्रै सभा गर्नुपर्ने अडान राखेका छन् ।
No comments:
Post a Comment