26 August 2014 20:48
नेपालमा आएको बाढी र पहिरोबाट प्रभावित बनेकाहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघले २ लाख रुपैयाँ बराबरको ४२० थान कम्बल प्रदान गरेको छ ।
सो सहयोग एभिन्जयूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई हालै हस्तान्तरण गरिएको हो ।
कम्बल हस्तान्तरण गर्दै राष्ट्रिय समन्वय परिषद रसियाका सदस्य धनराज मोक्तानले यसभन्दा पहिले संघले तत्काल राहातको लागि लामोसा“घु भ्याली समाजलाई रु ८ लाख हस्तान्तरण गरेको र आगामी दिनमा पीडितहरुको पूनरवासमा सहयोग गर्ने योजना समेत रहेको जानकारी गराउनु भयो ।
उहा“ संघले हस्तान्तरण गरेको सो सहयोग सम्बन्धित पिडितहरुमा पुर्याइदिनको लागि आग्रह गदैं राहत संकलन र वितरणमा एभिन्जयूज टेलिभिजनले पुर्याएको योगदानको सरहना समेत गर्नु भयो ।
एभिन्जयूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले गैरआवासीय नेपाली संघलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सो समान पीडितहरुमा पुग्ने र आपैm पनि त्यसको स्थलगत निरिक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला उपसंयोजक रजनी प्रधान, युरोपका पूर्व क्षेत्रीय उपसंयोजक रविन्द्रमान श्रेष्ठ र सचिवालयको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment