26 August 2014 20:50
देशको विभिन्न भागमा आएको बाढीबाट प्रभावित व्यक्तिलाई पर्सा जिल्लामा रहेको बैंकका कर्मचारीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्लामा रहेका क वर्गका बैंकका कर्मचारीले आफ्नो एक दिनको तलब बराबरको रकम बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गरेका हुन् ।
बैंकका कर्मचारीबाट सङ्कलित रु एक लाख ११ हजार १०१ बाढी प्रभावित व्यक्तिको सहयोगार्थ गठन गरिएको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको नेपाल इन्भेस्टमेन्ट बैंकका गोकर्ण दवाडीले बताउनुभयो ।
सङ्कलन गरिएको रकमको भौचर पर्साका प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेलाई हस्तान्तरण गरिएको छ । यसैबीच, राष्ट्रिय पत्रकार समाजले सङ्कलन गरेको रु २५ हजार पनि बाढी पीडितका लागि एभिन्यूजको वीरगन्ज कार्यालयमार्फत पठाइएको अध्यक्ष वीरेन्द्र साहले बताउनुभयो ।
No comments:
Post a Comment