Tuesday, August 26, 2014

हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा

मिति : २०७१ भदौ, १० मंगलबार
काठमाडौँ:
मिति : २०७१ भदौ, १० मंगलबार

राहदानी विभागले हराएका राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को वेबसाइटमा समावेश गरेको छ । हराएका भनिएका राहदानीको दुरुपयोग हुने तथा एकै व्यक्तिले विवरण पेश गर्दा झुक्याएर गलत मनसायका साथ फरक–फरक राहदानी लिनसक्ने सम्भावनालाई घटाउन इन्टरपोलको साइट चोरिएका तथा हराएका कागजात (स्टोलन एण्ड लस्ट ट्राभल डकुमेन्टस्)मा आज समावेश गरिएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले जानकारी दिए । गलत मनसायले राहदानी बनाउने र उपयोग गर्नेलाई दुरुत्साहन गर्न हराएका राहदानीको विवरण नेपाल प्रहरीमार्फत इन्टरपोलको वेबसाइटमा राखिएको उनले वताए । महानिर्देशक खनालका अनुसार हराएका राहदानीको विवरण देशका सबै जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग र उक्त विभागबाट द्रूत सेवामा सङ्कलित तथ्याङ्कका आधारमा नेपाल प्रहरीको इन्टरपोल शाखालाई साप्ताहिक रुपमासमेत उपलब्ध गराइनेछ । - रासस

No comments: