Sunday, September 21, 2014

सर्वपक्षीय राजनीतिक सभा बहिष्कार गर्नुहुँदैनथ्यो– प्रवक्ता शर्मा

September 21
नेपाली काँग्रेस र नेकपा(एमाले)ले सर्वपक्षीय राजनीतिक सम्मेलनलाई सामान्य गोष्ठी बनाउन खोजेका कारण नेकपा–माओवादी उक्त सम्मेलनबाट भाँडियो
एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले सङ्घीयताबिनाको संविधान जारी गर्ने प्रयत्न भएको शङ्का गरेका छन्।
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकारसम्मेलनमा उनले विभिन्न आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने षड्यन्त्रका विरुद्ध सबै वर्ग तथा तप्काले खबरदारी गर्नुपर्ने बताए।
 
नेपाली काँग्रेस र नेकपा(एमाले)ले सर्वपक्षीय राजनीतिक सम्मेलनलाई सामान्य गोष्ठी बनाउन खोजेका कारण नेकपा–माओवादी उक्त सम्मेलनबाट भाँडिएको तर्क गरेका थिए।
 
माओवादीले सर्वपक्षीय राजनीतिक सभा बहिष्कार गरेर नेकपा–माओवादीले ठूलो गल्ती गरेको उल्लेख गर्दै उनले सबै वर्ग तथा क्षेत्रको सहभागितामा संविधान बनाउने मुलुकको दृढ सङ्कल्पमा अप्ठ्यारो परेको बताए।
 
फरक एक प्रसङ्गमा उनले सरकारले शुक्रबार भारतीय प्रवर्द्धक ग्रान्धी माल्लिाकार्जुन राव(जिएमआर) सँग गरिएको आयोजना विकास सम्झौताप्रति एमाओवादीको विरोध नभए पनि प्रतिपक्षी दलसँग कुनै पनि सम्वाद नगरिएकामा आपत्ति प्रकट गरेका थिए। रासस

No comments: