September 21
विश्व सरसफाइ दिवसको अवसर पारेर क्लिन अप नेपालले आज देशव्यापी रुपमा सरसफाइ गरेको छ। काठमाडौंसहित मुलुकका विभिन्न ७० भन्दा बढी शहरहरुमा बिहान ७ बजेदेखि ११ बजेसम्म एक साथ सरसफाइ कार्यक्रम भएको हो।
विश्व सरसफाइ दिवसको अवसर पारेर क्लिन अप नेपालले आज देशव्यापी रुपमा सरसफाइ गरेको छ। काठमाडौंसहित मुलुकका विभिन्न ७० भन्दा बढी शहरहरुमा बिहान ७ बजेदेखि ११ बजेसम्म एक साथ सरसफाइ कार्यक्रम भएको हो।
'हरित क्रान्तिमा सहभागी होऔँ, सामुदायिक प्रदुषणलाई रोकौँ' भन्ने नाराका साथ गरिएको देशव्यापी सरसफाइ अभियानमा २० हजार ९ सय २१ स्वयंसेवकहरु सहभागी भएका थिए।
सरफाइ अभियानको समापन समारोहमा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठ, नेपालका लागि अष्ट्रेलियाका राजदुत ग्लेन ह्वाइट, काठमाडौं महानगरपालिकाको वातावरण प्रशासन महाशाखाका प्रमुख हरि प्रसाद कुँवरलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलियन राजदूत ह्वाइटले हरेक व्यक्तिले आफ्नो कर्तव्य महशुस गर्ने हो भने सबै समुदाय सफा राख्न कुनै समस्या नहुने बताए। 'आफूले उत्पादन गरेको फोहोरलाई व्यवस्थापन गर्न आफैँ लाग्नु पर्नेमा पनि जोड दिँदै हरेक व्यक्तिले उत्तरदायी हुनुपर्ने बताए।
२५ वर्षअघि सिड्नी हार्वरबाट क्लिन अप वर्ल्ड अभियान सञ्चालन भएकाले सरसफाइ अभियानमा जोडिन पाउँदा आफूले गर्व महशुस गर्ने गरेको बताए।
काठमाडौंमा काठमाडौं महानगरपालिकासँगको साझेदारितामा सबै ३५ वटै वडामा सरसफाइ कार्यक्रम भएको थियो। त्यस्तै, भक्तपुर, ललितपुरसहित उपत्यका बाहिर पोखरा, बुटवल, इटहरी, बिराटनर, चितवन, बनेपा, धुलिखेल, नगरकोट, पनौति, पाल्पा, जुम्ला, दार्जुलालगायतका जिल्लाहरुमा सरसफाइ भएको छ।
इटहरीमा भने ११ हजार व्यक्तिले ११ हजार बिरुवा रोपेका थिए। यस्तै, काठमाडौंको नरदेवीमा पनि वृक्षारोपण गरिएको छ। त्यस्तै, भक्तपुरको बालकोटमा फोहोर व्यवस्थापन सम्बन्धी नाटक प्रदर्शन गरिएको थियो। आजको सरसफाइ अभियान मार्फत देशभरबाट एक लाख ६ हजार ४८ किलो फोहोर संकलन भएको छ।
यो वर्ष मुलुकभरबाट २ सय ४० वटा स्थानीय समुदाय तथा संघसंस्थाहरु सरसफाइ अभियानमा भएका थिए।
क्लिन अप नेपालले अघिल्लो वर्ष (सन् २०१३) मा पनि देशव्यापी रुपमा सरसफाइ अभियान सञ्चालन गरेको थियो। जसमा १५ हजार भन्दा बढी स्वयंसेवक मार्फत ८४ हजार ५ सय ६४ किलो फोहोर संकलन गरेको थियो ।
No comments:
Post a Comment