September 18
जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीका अधिकांश प्रहरी अधिकृत तथा जवानहरुले अहिले चोरीको महंगो मोबाइल प्रयोग गरिरहेका छन्। तीन महिना अगाडि पक्राउ परेको मोबाइलबाट भागबन्डा लगाएका मोबाइलहरु अहिले टोलीका प्रहरीहरुले प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताए।
जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले वीरगन्जको छपकैयाबाट २०० मोबाइल पक्राउ गरे पनि एक सय ६२ थान मोबाइल सेटमात्र बुझाएकेा थियो। त्यससमयमा पक्राउ परेका मोबाइलबाट क्राइम टोलीका प्रहरी नायब निरीक्षक र सहायक निरीक्षकले एलजिका एच टि सि एन्ड्रोइड, र चार जना प्रहरी जवानहरुले सामसुगं ग्यालेक्सी मोबाइलहरु प्रयोग गरिरहेका छन्।
पर्सा क्राइम टोलीले प्रयोग गरिरहेको चोरीको मोबाइलको बारेमा नारायणी अञ्चाल प्रहरी कार्यालयका प्रमुख बरिष्ट प्रहरी उपरिक्षक सर्वेन्द्र खनालले घटनाको बारेमा छानबिन गरि कारवाहि गर्ने बताए।
क्राइम नियन्त्रण गर्ने टालीले नै चोरीको मोबाइल प्रयोग गरिरहेको कुराले केहि बर्षदेखी प्रहरीप्रती आमजनताको बढेको विश्वास प्रति नाकारात्म असर खनालले बताए। क्राइमटोलीले त्यससमयमा नोकिया, सामसुङ, एप्पल , ब्लाकबेरी,एलजिको एचटिसी कम्पनीका एक सय ६२ थान मोबाइलमा पक्राउ गरेको र त्यसको मुल्य १३ लाख भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको थियो।
मोबाइल पक्राउ परेका क्राइम टोलीका प्रमुख प्रहरी निरीक्षक बरुण बहादुर सिंह र प्रहरी उपरीक्षक धिरज प्रताप सिहंको सरुवा भएका पछि प्रहरीहरुले चोरीको मोबाइल प्रयोग गर्न थालेका हुन।
No comments:
Post a Comment