Thursday, September 18, 2014

गेरुवा नदीमाथि बनेको पुलमा ठूला सवारीका लागि असोज पहिलो साताबाट खोलिने

September 18

गेरुवा नदी कोठियाघाटमाथि बनेका पक्की पुलमा अहिले पैदलयात्रु, साइकल र मोटरसाइकल मात्र आवतजावत गर्न दिइएको छ । 
 
ठूला सवारीका लागि असोज पहिलो साताबाट खोलिने निर्माण कम्पनी अनक, लुम्बिनी, जेभी र टुन्डीका प्राविधिक सबइन्जिनियर शिवहरि मरहटाले बताए।
 
बर्दियाको पश्चिम राजापुर नगरपालिकासहित पाँचवटा गाविसको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो पुल करिब रु एक अर्बको लागतमा बनेको हो । एक हजार १५ मिटर लम्बाइको पुलबाट त्यो  क्षेत्रका दुई लाखभन्दा बढी लाभान्वित हुनेछन् । 
 
यो पनि हे्नुहोस्
 

पुल संचालनसँगै पुरा हुँदैछ राजापुरबासीको सपना

 
पुल नहुँदा भौराटप्पुका करिब दुई लाख जनतालाई सदरमुकाम गुलरिया, कैलालीको टीकापुरलगायत देशका अन्य भूभाग जाँदा जोखिमपूर्ण डुङ्गायात्रा पार गर्नुपथ्र्याे । पुल बनेपछि सदरमुकामका साथै नेपालगन्ज, सुर्खेत, काठमाडौँ, पोखरा, धनगढीलगायत विभिन्न ठाउँसँग सार्वजनिक यातायात सञ्जाल जोडिएको छ । विसं २०६७  असारदेखि निर्माण सुरु गरिएको यो पुल २०७१  असार मसान्तमा सक्ने सम्झौता भए पनि १० महिनाअघि नै निर्माण भएको छ ।  
 
पुल सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा छ । अर्कातिर हुलाकी सडकअन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुर सन्त्तीघाटमा ५२० मिटर लामो अर्को पुल पनि बनिरहेको छ । १४ पिलरको यो पुल नदीमा पानीको बहाव तीव्र भएका कारण केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । यो पुल रसुवा, कालिका शर्मा कन्स्ट्रक्सनको साझेदारीमा निर्माण हुँदैछ । रासस 

No comments: