Thursday, September 18, 2014

चार्ल्स शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला

September 18
क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेपिरहेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई भक्तपुर जिल्ला अदालतले आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। 
 
भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिए। 
 
बुधबार अदालतमा शोभराज र उनको वकिल सकुन्तला थापा उपस्थिति नभएपछि जिल्ला अदालतले वैतनिक वकिलको रुपमा हरि राउतलाई बहस गराएर मुद्दाको फैसला गरेको थियो। 
 
विसं २०३२ साल पुस ६ गते क्यानेडियन नागरिक क्यारियरको हत्या गरेर लाशलाई टुक्रा पारी भक्तपुरको मनोहरा खोला र नंखेल गाविस पलाँसेमा फ्याकिएको अबस्थामा भेट्टाइएको थियो। २०६० सालमा काठमाडौंबाट शोभराज पक्राउ परेपछि उनी विरुद्ध हत्या अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो। 
 
यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोग र जाली राहदानी मुद्दाको फैसलामा पनि उनले कैद भुक्तान गरेका थिए। रासस

No comments: