Sunday, September 21, 2014

आइतवारका दैनिक पत्रिकामा बिजनेश खबर

September 21
आइतवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुलाई प्राथमिकता दिएर खबर छापेका छन् ।
कारोबार दैनिकले ‘आयोजना बन्नुअगावै जग्गाको मुआब्जा’ शीर्षकमा मुख्य खबर छापेको छ । पूर्वाधार विकासका लागि जग्गा दिने जग्गाधनीले अब आयोजनाको काम सुरु हुनुअगावै मुआब्जा रकम पाउने भएका छन् ।
यस्तै, मापदण्ड नपुगेको देवदहलाई सम्बन्धन, पीडीएको स्वागतसँगै विरोध, जोखिममा उपभोक्ता अधिकार, सुधि्रएनन् राजमार्गका होटल, नौ बुँदे तातेसिना घोषणापत्र जारी गर्दै एनआरएनको क्षेत्रीय सम्मेलन सम्पन्न तथा रेमिट्यान्स विशेष खबर आजको कारोबार दैनिकमा छ ।
आर्थिक दैनिकले ‘ठगी र चोरीमा संलग्नहरु उद्योग वाणिज्य महासंघको नेतृत्वमा’ शीर्षकमा मुख्य खबर छापेको छ । ठगी र चोरीजस्ता गलत क्रियाकलापमा संलग्नहरु निजी क्षेत्रको प्रतिनिधिमुलक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा रहँदा महासंघको गरिमामाथि नै आँच पुग्न गएको छ ।
यस्तै, लगानी बोर्ड र जीएमआरबीच पीडीएमा हस्ताक्षर, ठेकेदार र कर्मचारीको मिलेमतोमा चमेलिया आयोजनामा लुट, महानगरपालिकामा पाँच करोड बेरुजु, खर्च कटौती भन्दै सेयर मार्केट्सद्वारा धमाधम शाखा बन्द लगायतको खबर आर्थिक दैनिकमा छ ।
नागरिक दैनिकले ‘विमानस्थलमा नयाँ भीआईपी सूची’ शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनमा रहेका ‘भीआईपी’ कक्ष प्रयोग गर्ने भन्ने नयाँ सूची तयार गरेको छ ।
यस्तै, बजारमा र्यापिङ् रेस्पोन्स टिम, सेनाको जाँचमा भन्सारको आपत्ति, म्याग्दीको घलेम्दीमा हेलिकोप्टरबाट ढुवानी, सुधि्रएन राजमार्गको होटल, नेप्से दुई अंक बढ्यो लगायतका खबर नागरिक दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले पूँजी बजारमा सूचीकृत कम्पनीले आकर्षक लाभांश प्रस्ताव गरिरहेको विषयलाइ मुख्य खबर बनाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट अहिलेसम्म सबै भन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा युनिलिभर नेपाल लिमिटेड परेको छ । यो कम्पनीले ८ सय ६० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यस्तै, पर्यटनबोर्डमा चेकमार्फत साढे तीन करोड अनियमितता, सुपारी र अलैंचीबारे सरकारलाई सुझाव दिन आग्रह, उचित मूल्य नपाएपछि कुखुरा नबेच्ने निर्णय, समयमै नआउने भयो वाई १२ लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।
annpurna-eco
arthik-eco
karobar-eco
nagarik-eco

No comments: