Monday, September 15, 2014

नेपालमा अफिम खेती फैलिँदै, कारोबारीले नै दिन्छन् विरुवा

September 15
काठमाडौ । असारको पहिलो साता बाँके, कोहलपुरमा २० किलोग्राम प्रतिबन्धित अफिमसहित ५ जना पक्राउ परे । प्रहरीले बासुदेवपुरका एक स्थानीयको घरमा छापा हानेर फेला पारेको अफिम रुकुममा उत्पादित थियो । लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी रणबहादुर चन्दका अनुसार बरामद सबै अफिम रुकुमको साखु गाविसका स्थानीयले उत्पादन गरेर भारत लैजाने क्रममा त्यहाँ भण्डारण गरिएको थियो ।

 ‘अनुसन्धानमा भारतबाट आएका काराबारी आफैंले बिरुवा दिएर अफिम उत्पादन गर्न लगाएको देखियो,’ चन्दले भने, ‘प्राय कारोबारी आफै आएर अफिमको चोप र गेडा किन्ने गरे पनि कसैकसैले भने भारतमै मगाउँछन् ।’ उनका अनुसार लागूओषधका अन्तर्राष्ट्रिय कारोबारीको सक्रियता उस्तै छ ।


 पछिल्लो समय यस्ता काराबारी गाँजासँगै अफिम खेतीमा समेत सक्रिय हुन थालेका छन्, नागरिक दैनिकमा खबर छ । प्रहरी अनुसन्धानमा हेरोइनको कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोह आफै ग्रामीण भेगमा पुगेर किसानलाई अफिम खेतीमा लगाइरहेका छन् ।

 पूर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवाल सीमापारिबाट अफिम उत्पादनमा लगानी बढिरहेको बताउँछन् । उदयपुरको ग्रामीण क्षेत्रमा अफिम खेती भइरहेको जानकारी पाएपछि पुगेको प्रहरीले १३ कट्ठामा लगाएको बाली नष्ट गरेर फर्कियो । डीआईजी सिलवालका अनुसार त्याहाँ लगाइएको अफिम अफगानी गुणस्तरकै रहेछ ।
प्रहरी अनुसन्धान भन्छ- पाँच विकास क्षेत्र मध्ये मध्यमाञ्चnm पूर्वाञ्चल र मध्यपश्चिम जिल्लामा अफिम खेती बढी हुने गरेको छ । ‘नेपालमा ब्यवसायिक अफिम खेती हुने जिल्लाको संख्या नै १० पुगिसकेको देखिन्छ,’ब्युरोको प्रतिवेदन-०७१ मा उल्लेख छ ।

No comments: