September 15
काठमाडौं । म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा सिजनको पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा क्यूपीआरलाई ४–० ले पराजित गरेको हो । यसअघि प्रिमियर लिगको पहिलो

खेलमा स्वान्सीसँग पराजित भएको युनाइटेडले सण्डरल्याण्ड र बार्नेलीसँग बराबरी खेलेको थियो । वर्ल्ड ट्राफर्डमा भएको खेलमा घरेलु टोलीले एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । रियल मड्रिडबाट कीर्तिमानी मूल्यमा युनाइटेड आएका डि मारियाको युनाइटेडका लागि यो पहिलो गोल हो । खेलको ३६ औं मिनेटमा हेर्रेराले अग्रता दोब्बर पारे ।
वायन रुनीको पासमा उनले गोल गरेका हुन् । ४४ औं मिनेटमा रुनीले गोल गरेपछि पहिलो हाफमा म्योनचेष्टर युनाइटेड ३–० को अग्रता लिन सफल भयो । दोस्रो हाफको ५८ औं मिनेटमा माटाले गोल गरे । खेलको ६७ औं मिनेटमा राडामेल फल्काओ मैदान प्रवेश गरे । तर, डेब्यू खेलमा गोल भने गर्न सकेनन् । उनी फ्रान्सेली क्लब मोनाकोबाट लोनमा म्यानचेष्टर युनाइटेड आएका हुन् ।

No comments:
Post a Comment