Monday, September 15, 2014

कांग्रेस सभासदले बिहे गर्दा बल्खुमा खैलाबैला

September 15
काठमाडौं । कांग्रेस सभासद ओमदेवी मल्लले गुपचुप दोस्रो बिहे गरेपछि उनको पार्टीमा भन्दा सत्ता साझेदार नेकपा एमाले र सहकारी वृत्तमा खैलाबैला मच्चिएको छ । ओमदेवीले बिहे गरेको प्रसंगले बल्खुमा किन खैलाबैला मच्चियो त ? स्रोतका अनुसार ओमदेवीलाई हालै सम्पन्न राष्ट्रिय सहकारी संघको महिला उपाध्यक्ष बनाउन एमालेका केही नेताहरु लागेका थिए ।
omdevi malla
 ओमदेवीलाई कांग्रेसको कोटाबाट उपाध्यक्ष बनाइएको थियो । ओमदेवी सहकारी क्षेत्रलाई चाहिने मान्छे हो, अरु कांग्रेस भन्दा यिनै काम लाग्छिन् भन्दै केशव बडाल लगायतका नेताले पार्टीभित्र लबिङ गरेको स्रोतले जनाएको छ ।

 ओमदेवीले एक प्रहरी अधिकृतसँग गुपचुप दोस्रो बिहे गरेको खबर आएपछि एमालेका नेताहरुबीच उनको बारेमा बहसनै चलेको साँघु साप्ताहिकमा खबर छ । एक जमघटमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहराले पार्टीका नेता कार्यकर्ता तथा सभासदहरुबीच भनिहालेछन्-‘अनि त्यो केशव बडालले त ओमदेवी साह्रै काइदाकी छिन्, उनैलाई उपाध्यक्ष बनाउनुपर्छ भन्थ्यो त, अहिले के भन्छ सोध्नु न ।’ बोहराले सोध्नु भने पनि बडाललाई त्यो प्रश्न सोध्ने केाही निस्किएन ।

 हालै नवौं महाधिवेशनमा बोहरासँगै बडालले अनुशासन आयोगको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ओमदेवीको बिहेको खबरसँगै राष्ट्रिय सहकारी बैंकमा पनि खैलाबैला मच्चिएको छ । ओमदेवीले बैंकबाट लिएको ५ करोड ऋण डुब्ने चिन्ता उनीहरुलाई छ ।

No comments: