Thursday, September 18, 2014

हेलो हेलो मै सकिन्छ पैसा

September 18
आजको नागरिक दैनिकमा लेख्छ, बागलुङका दिपेन्द्र पौडेल मंगलबार काठमाडौं आएर आफ्ना साथी प्रकाश शर्मालाई फोन गर्न खोजे । पटक पटक प्रयाु गर्दा पनि सम्र्पक हुन सकेन । बल्लतल्ल फोन लाग्यो । तै पनि प्रष्ट कुराकानी हुन पाएन ।
 प्रकाशले पानीपोखरी डाकेका थिए । दिपेन्द्र पुगे सुन्धारा। यता दिपेन्द्र सुन्धारामा धुइँधुँइती प्रकाशलाई खोजी बसे । यता प्रकाश घन्टौंसम्म पानीपोखरीमा कुर्दा समेत आइपुगेनन । फेरी सम्पर्क गरेपछि मात्र उनीहरुको भेट्ने साइत जुर्यो । नेपाल टेलिकम मोवाइल सेवामा केही दिनयता आएको खराबीले तन सजिदै सम्पर्क हुन्छ नत प्रष्ट सुनिन्छ ।
गत आर्थिक वर्ष ११ अर्व २९ करोड ९१ लाख रुपैयाँ नाफा गरेको टेलिकमले आक्रामक रुपमा बजार विस्तार गरेपनि सेवाग्राहीलाई सन्तुष्ट पार्न सकेको छैन ।

No comments: