31 August एजेन्सी
चीनको झाओझी गाउँका ४६ वर्षीय हु थरका एक किसान घर निर्माणका क्रममा
दुर्घटनामा परे । गत वर्ष अक्टुबरमा एउटा घरमा मजदुरी गरिरहेका वेला तीन
तलाबाट खस्दा उनको खप्परमा चोट लाग्यो ।
उपचार गर्दा उनको टाउकोको आधा हिस्सा नै हटाउनुपर्यो । दुर्घटनाका कारण उनको दृष्टि र बोलीमा समेत असर पर्यो ।
तर, अब चीनका डाक्टरले उनको कुच्चिएको
टाउको मिलाउने भएका छन् । डाक्टले थ्रिडी–प्रिन्टिङ प्रविधिबाट बनेको
‘टिटानम इम्प्लान्ट’ भरेर उनको टाउको पहिलेकै जस्तो बनाउने भएका हुन् ।
सान्सी प्रान्तको जिजिङ अस्पतालमा उनको अप्रेसन हुने भएको छ ।
No comments:
Post a Comment