चटनीमा लडिबुडी
31 August
स्पेनको
पूर्वी क्षेत्रमा रहेको बुनोल नाम गरेको गाउँ छ, जहाँ सडक वर्षमा एकपटक
टमाटरमय हुन्छ । टोमाटिना फेस्टिभलका हजारौँ सहभागीहरूले एक–अर्कालाई टमाटर
प्रहार गर्ने गर्छन्, जसकारण फेस्टिभलमा सहभागी मानिस र बुनोल गाउँ वर्षको
एकपटक पूरै रातो बन्छ ।
यस वर्षको फेस्टिभल बुनोलमा आयोजना भएको छ
। फेस्टिभलका लागि भनेर एक सय २५ टन पाकेको टमाटर गाउँ भित्र्याइएको थियो ।
फेस्टिभलमा सहभागी हुन भनेर देशविदेशबाट करिब २२ हजार मानिस बुनोल पुगेका
थिए । टोमाटिना फेस्टिभलमा सहभागी हुन विभिन्न देशका मानिस स्पेन पुग्ने
गर्छन् । विदेशबाट सहभागी हुन आएकासँग यसपटक प्रतिव्यक्ति १३ डलर लिइएको
थियो ।
सन् १९४५ मा बुनोलको टमाटर खेती हुने
ठाउँमा केटाकेटीको झगडा भएको थियो । झगडाका क्रममा केटाकेटीले एक–अर्कालाई
टमाटर प्रहार गर्दा घटनास्थल पूरै रातो भएको थियो । यसपछिका वर्षमा यसलाई
पर्वकै रूपमा मनाउन थालियो । टोमाटिना फेस्टिभललाई खाद्यपदार्थबाट लडिने यो
संसारकै सबैभन्दा भव्य लडाइँ मानिन्छ ।
No comments:
Post a Comment