Sunday, August 31, 2014

४५ किलोको पगरी

August 31एजेन्सी 

 भारतीय राज्य पञ्जाबका अवतार सिंहले ४५ केजीको पगरी लगाएर सबैलाई चकित पारेका छन् । यसअघि कसैले पनि यति गह्रौँ पगरी लगाएको थिएन ।

उनको पगरी छ सय ५० मिटर लामो कपडाबाट बनाइएको छ । उनले पगरीमा फलामका आकृति जड्ने गरेका छन्, जसले पगरीलाई अझ गह्रौँ बनाएको छ ।

आफ्नो पगरी छाम्दा गौरव महसुस हुने सिंह बताउँछन् । ‘सुरुमा मैले एक सय ५० मिटर लामो कपडाको पगरी लगाएँ । अझ ठूलो लगाउन मन लाग्यो । कपडा बढाउँदै लैजाँदा तीन सय ६५ मिटर लामो भएछ । त्यतिले पनि पुगेन र अझ कपडा थपेँ । अहिले मेरो यो प्रिय पगरी ६ सय ४५ मिटर कपडा बेरेरे बनेको छ,’ उनी भन्छन् ।

पगरी लगाउँदा उनलाई अनेक समस्या पर्ने गरेको छ  । तर पनि, पगरीलाई बोझका रूपमा लिएका छैनन् उनले । ‘म कारमा यात्रा गर्न सक्दिनँ, किनकि कारको ढोकाबाट मेरो टाउको छिर्न हम्मेहम्मे पर्छ ।

छिरिगए पनि छतमा ठोक्किएर हैरानी हुन्छ । त्यसैले कार चढ्न ठ्याम्मै छोडिदिएको छु,’ उनी भन्छन् । यात्रा गर्न उनले मोटरसाइकलको सहारा लिने गरेका छन् ।

No comments: