September 12
शुक्रवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले एसियाको गरिबी र नेपाल प्रतिवेदनबारे भएको छलफल तथा खिम्ती र भोटेकोसीको पीपीए संसोधन लगायतको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकले
‘गरिबी घट्ने अनुपात सुस्तायो’ शीर्षकमा आवरण पृष्ठमा खबर छापेको छ । कृषि क्षेत्रले कामदार गुमाएको, वित्त नीति र सहयोग नीति र आर्थिक विकासको मूल्यमा समाजिक क्षेत्रमा जाँदा गाउँबाट सहरमा बसाई सर्ने क्रमले रोजगारी सहरमा केन्दि्रत भए पनि सहरमै गरिबी बढेको छ । यस्तै, ढुवानी भाडा घटे पनि ट्रक आयात बढ्यो, विद्युत महसुल १७ प्रतिशत सम्म बढाउने तयारी, बुटवल पावर कम्पनीको पनि महशुल बढाउने तयारी, निगमको घाटा क मगर्न संसदीय समितिको ताकेता, चालु वर्षभित्र आईटी पार्क सञ्चालनमा, क्रेडिट कार्डमार्फत वाषिर्क २ हजार डलर खर्च गर्न पाइने लगायतको खबर कारोबारमा छ ।
अन्नपूर्ण पोष्टले
‘उच्च आर्थिक वृद्धि र असमानता प्रमुख चुनौती’ शीर्षकमा मुख्य खबर छापेको छ । राष्ट्रिय योजना आयोग, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्तरुपमा आयोजना गरेको एसियाको गरिबीः वृहंगम दृष्टिकोण र नेपाल प्रतिवेदनमाथिको छलफलमा सहभागी विज्ञले उच्च आर्थिक वृद्धिदर हासिल गरी धनी र गरिबबीचको बढ्दो असमानता घटाउनु मुलुका लागि प्रमुख चुनौती रहेको बताएका छन् । यस्तै, बजेट अभावमा विराटनगरमा क्षेत्रीय विमानस्थल निर्माण अलपत्र, राष्टबैंकले १० अर्ब निक्षेप लिने, अभिमुखीकरण तालिम दिने संस्थाको दर्ता रोक्का, आयात प्रतिस्थापन गर्न छला जुत्ता उद्योग सक्षम बन्दै लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।
नागरिक दैनिकले
विद्युत खरिद सम्झौता (पीपीए)को बारेमा प्रमुख खबर छापेको छ । खिम्ती र भोटेकोसी जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीले पीपीए पुनरावलोकन गर्न अस्वीकार गरेका छन् । युरोपलाई उड्डयन सुरक्षा सुधारिएको जवाफ, मलेसियबाट एक करोड १२ लाख क्षतिपूर्ति, तीन परियोजनामा आईओसी सहमत, थोत्रा सिलिण्डरविरुद्ध ग्याँस विक्रेता लगायतको खबर नागरिक दैनिकमा छ ।
आर्थिक दैनिकले
‘खिम्ती र भोटेकोसीको पीपीए संसोधन नहुने संकेत’ शीर्षकमा मुख्य खबर छापेको छ । खिम्ती र भोटेकोसी जलविद्युत आयोजनासँगको विद्युत खरिद सम्झौता (पीपीए) तत्काल संसोधन नहुने संकेत देखिएको छ । यस्तै, पीटीएपछि विद्युत आयोजना निर्माणमा विदेशीको चासो, दलाल र ट्राफिकद्वारा कलंकीमा दैनिक हजारौं असुली, सुपारी किसानसामु झुक्यो उद्योग वाणिज्य महासंघ, राष्ट्रसंघीय महासभामा भाग लिन २२ सदस्यीय टोली, नेप्सेमा सुधार, महानगरपालिकाभित्र घर निर्माण आधा घट्यो लगायतका खबर आर्थिक दैनिकमा छ ।
No comments:
Post a Comment