Septemb 4
शुक्रवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले विद्युत ब्यापार सम्झौता -पीटीए)मा प्रारम्भिक सहमति भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकले
‘खुल्यो विद्युत ब्यापारको बाटो’ शीर्षकमा मुख्य खबर छापेको छ । लामो प्रयत्नपछि जलविद्युतको बजार खुला गर्न नेपाल र भारतले विद्युत ब्यापार सम्झौता (पीटीए)मा प्रारम्भिक हस्ताक्षर गरेका छन् । यस्तै, ०७३ वैशाखमा मेलम्चीको पानी ‘असम्भव’, दुई अर्बको काठ वनमै कुहिंदै, बजारमा हाहाकार, फ्याक्ट लघु अनुदानका लागि २ अर्ब १६ करोड, बाढीपीडितलाई ईयूको सवा ३ करोड सहयोग, क्यान सफ्टेकको अनलाइन टिकटमा २० प्रतिशत छुट, नेप्से १२ अंकले घट्यो लगायतको खबर कारोबार दैनिकमा छ ।
‘नेपाल र भारतबीच विद्युत ब्यापार सम्झौतामा हस्ताक्षर’ शीर्षकमा खबर छापेको छ । पीटीएपछि दुईदेशबीच अन्तरदेशीय प्रशारण प्रणाली विकास गर्न, दुईवटै देशमा ग्रीड जोड्न र त्यो ग्रीड जोडेपछि त्यसको माध्यामबाट विद्युत ब्यापार गर्न सहजता मिलेको छ ।
नागरिक दैनिकले
‘टेण्डरमा पनि कार्टेलिङ’ शीर्षकमा मुख्य खबर छापेको छ । ब्यवसायी मिलेर बढीबढाउ वा घटिघटाउ जस्ता टेण्डरको आधारभूत प्रक्रिया नै अवरुद्ध पारेपछि नेपाल खाद्य संस्थानले चार वर्षदेखि चामल किन्न सकेको छैन । यस्तै, आईओसी अधिकारी नेपाल आउँदै, दबाबसामु झुके इन्धन ब्यवसायी, विराटनगर जुटमिल बन्द, नयाँ रोजगार गन्तब्य खोजिने लगायतका खबर नागरिकि दैनिकमा छ ।
‘विराटनगर जुटमिल फेरि बन्द’ शीर्षकमा मुख्य खबर छापेको छ । मुलुककै जेठो उद्योग विराटनगर जुटमिल विहीवारदेखि फेरि बन्द भएको हो । यस्तै, चिनियाँ जहाज दुई महिनामा चौथोपटक थन्कियो, ग्याँस र पेट्रोलियम ब्यवसायीको आन्दोलन फिर्ता, अवैध डीटीएच सञ्चालनले अर्बौं राजस्व गुम्दै, किसानलाई पुनस्र्थापना गर्न माग लगायतको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।
No comments:
Post a Comment