बनेपा-बढी मुनाफा हुने आसमा तीन वर्षअघि घिउकुमारी खेती थालेका पाँचखालका किसान यतिखेर मर्कामा परेका छन्। घिउकुमारीको बोट मौलाउनुको साटो सुक्दै गएको छ।
‘मनग्गे आम्दानी हुन्छ भनेर १० हजार बिरुवा रोपेका थियौं। बिरुवा सप्लाई गर्नेले दुई वर्षमै तयार हुन्छ भनेका थिए। तर, तीन वर्ष हुन आँट्दासमेत भने जसरी बिरुवा सप्रिएन,' पाँचखालका किसान ज्ञानबहादुर थापाले भने।
थापाले १० रोपनी जग्गामा घिउकुमारीको खेती गरेका थिए। बिरुवा र जमीन तयारीमा उनले अढाइ लाख रुपैयाँ लगानी गरेका थिए।
पाँचखालमै प्रभाकरविक्रम शाहले अर्का किसान लक्ष्मण दुलालसँग मिलेर पाँचखाल–११ देवभूमि बालुवामा १४ हजारवटा घिउकुमारीको बिरुवा रोपेका छन्। १० रोपनीमै लगाएको घिउकुमारीको बिरुवाको हालतसमेत थापाको झैं रहेको उनको भनाइ छ। उनले बिरुवा किन्न र जमीन तयारीका लागि तीन लाख रुपैयाँ लगानी गरेका थिए।
‘बनेपास्थित मोहन बस्नेतको नर्सरीबाट बिरुवा किनेका थियौं। बिरुवा फस्टाएन भनेर सम्पर्क गर्दा फोन नै नउठाइदिँदा यस्तो अवस्था आइपर्योा,' दुलालले भने।
दुवैजनाले बस्नेतमार्फत भारतबाट झिकाएका एलो बारबाडेन्सिस मिल जातका घिउकुमारीको बिरुवा रोपेका हुन्। अरु घिउकुमारी प्रजातिभन्दा राम्रो हुने विश्वासमा उनीहरुले यो प्रजाति खेती गरेका हुन्।
बिरुवा सप्लाइ गरेका बस्नेतले दुवैजनालाई प्रतिबिरुवा ४० रुपैयाँ पर्नेमा २५ रुपैयाँमा बिक्री गरेको बताए। ‘बिरुवा रोपेपछि मैले प्राविधिक सहयोग दिनुपर्ने थियो। आफैं बिरामी भएकोले सहयोग दिन नसक्दा बिरुवा बिग्रेको हो,' बस्नेतले भने। तर, अघिल्लो कात्तिकमा खेती हेर्न जाँदा राम्रो स्याहारसुसार नभएको देखेको र सुझाव दिएको उनको भनाइ छ। यसै कारण बिरुवामार्फत आफूले गरेको लगानसिमेत फिर्ता लिएको बस्नेतले जानकारी दिए।
भारतबाटै मेसिन ल्याएर घिउकुमारी जुस बजार लैजाने तीनैजनाको योजना रहेको उनी बताउँछन्। ‘योजनामा सफल हुन सकिएन,' बस्नेतले थपे।
पाँचखालमा घिउकुमारी खेतीको सम्भावना देखेका किसान यतिखेर दुवै फार्मको अवस्था देखेर खेतीको योजना त्याग्ने मनस्थितिमा रहेको थापाले बताए।

No comments:
Post a Comment