११ भदौ,
भारतको राजधानी नयाँ दिल्लीमा इबोलाका एकजना सङ्क्रमित विरामी भेटिएको समाचारमा जनाइएको छ । भारतीय स्वास्थ्य अधिकारीहरुले ती व्यक्तिमा इबोला भाइरसको सङ्क्रमण भएको शङ्का लागेपछि उपचारको प्रक्रिया सुरु भएको जनाएका छन् । मङ्गलबार राति अफ्रिकाका विभिन्न देशबाट करिब १०० जना भारतीय नागरिक आएका र उनीहरुमा स्वास्थ्य जाँचगर्दा एकजनामा सो सङ्क्रमणको आशङ्का गरिएको बताइएको छ ।
मङ्गलबार राति भारत आएका १०० जना भारतीय नागरिकमध्ये मुम्बईमा ७० र नयाँ दिल्लीमा १७ जनालाई स्वास्थ्य जाँच गरिएको थियो । तीमध्ये एकजनामा आङ्का लागेपछि अस्पताल पु¥याइएको छ । विदेशी तथा भारत फर्किने भारतीयहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलहरुमा विशेष किसीमको स्वास्थ्य जाँचसेवा सुरु गरिएको छ ।
यसका अतिरिक्त दिल्ली विमानस्थलमा महिला र बालबालिकासहित कम्तीमा पनि छ जनालाई आशङ्का लागि स्वास्थ्य जाँचमा राखिएको तर पछि उनीहरुमा इबोलाको सङ्क्रमण नपाइएको बताइएको छ । मध्य अफ्रिकी मुलुकहरुमा यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको छ । सबैभन्दा बढी प्रभावित देश लाइबेरियामा मात्र कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । अफ्रिकी देशहरुका यात्रुलाई विभिन्न देशले विमानस्थलमै स्वास्थ्य जाँचकेन्द्र राखी उपचार सुरु गरिएको छ ।
No comments:
Post a Comment