चरीको फसेको पैसामा आँखा लगाउने को–को ?
August 27, 2014
काठमाडौं –आपराधिक सञ्जालका एक नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीसँगको फेक
मुठभेडमा मारिएपछि उनका फसेका पैसाहरुको खोजी शुरु भएको छ ।
आफुलाई चरीको प्रेमिका दाबी गर्ने खुश्वु ओलीदेखि धादिङे विश्वनाथ
कँडेलसम्म पैसा खोजीको लहरोमा छन् । अनियमित कर्जा प्रवाहका कारण डुवेर
उक्सिदैँ रहेको गोर्खा विकास बैंकले धादिङको त्रिपुरेश्वर गाविस,खहरेस्थित
आँखुखोला जलविद्युत्त आयोजनामा लगानी गरेको थियो । सल्यानटार नजिकै रहेको
सात मेगावट क्षमताको उक्त परियोजनाबाट विद्युत उत्पादन शुरु भएको एक वर्ष
भयो । त्यहाँ दरवारमार्गस्थित साङलो होटलका मालिक काजी शेर्पाको पनि
संलग्नता छ । कुल एक अर्व लगानीको परियोजना हो त्यो । जतिवेला अनियमित
कर्जा प्रवाहका कारण गोर्खाका सञ्चालक डिबी बम्जन चरम संकटमा थिए,त्यतिवेला
चरीले उद्धार गरेका रहेछन् । उक्तबैंकबाट एकचोटि २० करोड कर्जा स्वीकृत
हुँदा त्यसका एकजना सञ्चालकविश्वनाथ कँडेलप्रति अविश्वास भएर रोकिएको थियो ।
विश्वनाथ कुनै बेला मलेखुमा माटोको हाँडी र गाग्रो पसल चलाउँथे । अहिले
बबरमहलमा बिशाल महलसहित २१ करोडका मालिक छन् । विष्णु पौडेल जलस्रोत
मन्त्री हुँदा विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुने दौडमा थिए ।
‘चरी’ ले यिनै मार्फत त्यो परियोजनामा ६ करोड चलाउन दिएका थिए । त्यसवापत
विश्वनाथले चरीलाई पकेटखर्च महिनामा डेढ लाख दिन्थे । कँडेल चलीको सबै
धन्दामा माहिर मानिन्छन् । पैसाको कुरा न पर्यो, चरी मारिएपछि विश्वनाथ
अहिले त्यो पैसा पचाउन जोडतोडसँग लागेका छन् । तर आफुलाई प्रेमिका दाबी
गर्ने खुश्वु भने त्योलगायत चरीका कुनै पनि लगानी अरुको हातमा पर्न नदिन
उत्तिकै सक्रिय छन्,आजको जनआस्था साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment