Wednesday, August 27, 2014

जुट उद्योग सङ्कटमा : २० हजारको रोजगारी गुम्ने


Jute Mil११ भदौ,कृषिप्रधान मुलुक नेपालमा कृषि उत्पादनमा आधारित उद्योग नै गम्भीर संकटमा पर्न थाले भने अन्यको अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । नेपालमा औद्योगिक विकासको सुरुवात भएको पूर्वी नेपालको सुनसरीमा स्थापित जुट मिलहरु यतिबेला गम्भीर संकटमा पर्न थालेका मात्र हैन धमाधम बन्द हुन थालेपछि त्यहाँ रोजगारी प्राप्त मजदूर र जुट उत्पादक किसानहरुको बिचल्ली हुने खतरा पैदा भएको छ । जुट मिलहरुमा बीस हजार कामदारले प्रत्यक्षरूपमा रोजगारी पाइरहेका छन् । पछिल्लो समयमा हुँदै आएको अनियमित विद्युत भार कटौती, सरकारले दिँदै आएको विद्युत सवसिडी रोकिनु तथा भारत मुख्य बजार भएको जुट उत्पादन भारतीय बजारमा बिक्री हुन नसक्नु र किसानलाई जुटखेतीतर्फ राज्यले आकर्षण दिन नसक्नुले यी उद्योगहरू बन्द हुनुको मूल कारण देखिन पुगेको छ । पछिल्लो समयमा हुँदै आएको अनियमित विद्युत भार कटौती, सरकारले दिँदै आएको विद्युत सवसिडी रोकिनु तथा भारत मुख्य बजार भएको जुट उत्पादन भारतीय बजारमा बिक्री हुन नसक्नु र किसानलाई जुटखेतीतर्फ राज्यले आकर्षण दिन नसक्नुले यी उद्योगहरू बन्द हुनुको मूल कारण देखिन पुगेको छ । सामान्य अर्थमा जुट इन्डष्ट्रिज बन्द हुँदा के भयो त भन्ने सामान्य सोचाई राख्दा पनि यी उद्योगहरू बन्द हुँदा एकैचोटी उद्योगमा काम गरिरहेका बीस हजार मानिसले ह्वात्तै बेरोजगार बन्नु पर्ने अवस्थाको सिर्जना हुन्छ । नेपालकै सबैभन्दा धेरै कामदारलाई रोजगार दिँदै आएको गोल्छा अर्गनाइजेसनले चलाउँदै आएको सुनसरीको सोनापुरमा रहेको अरिहन्त मल्टिफाइबर्स इन्डष्ट्रिज लोडसेडिङ र उत्पादित बस्तु भारत निकासी गर्न नसकेका कारण झण्डै बीस करोडभन्दा बढीका तयारी सामान गोदाममा थन्क्याएर राख्न बाध्य छ । दिनप्रति दिन कृषिमा आधारित झन्डै रु चार अर्ब लगानीका यी जुट इन्डष्ट्रिज बन्द हुन जाने हो भने यसले राज्यलाई नै ठूलो नोक्सानी गर्ने उद्योगीहरूको भनाइ छ । गोल्छा अर्गनाइजेसनले चलाउँदै आएको विराटनगरको रघुपति जुट इन्डष्ट्रिज पनि धरासायी बनिसकेको छ । जेनतेन धानिरहेको गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टिफाइवर्स इन्डष्ट्रिजका प्रवन्धक गोविन्द बजगाईंले सरकारको यस्तै रवैया रहिरहने हो भने कुनै पनि बेला उद्योग बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । सरकारले कृषिजन्य जुटमा आधारित उद्योगलाई दिँदै आएको विद्युत अनुदान पनि रोकिएको छ । अर्कोतिर भारतमात्र तयारी जुट बिक्री गर्ने बजार भएकाले सवसिडी प्राप्त भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र भारतका उपभोक्ताले त्यहीँका उद्योगबाट उत्पादित जुट बोरा, ब्याग लगायतका तयारी बस्तु किन्नुले पनि नेपाली उत्पादनको निकासी नै हुन छाडेको प्रवन्धक बजगाईंले बताउनुभयो । एउटै छानोमुनि पाँच हजार मानिसलाई रोजगार दिइरहेको अरिहन्त मल्टिफाइवर्स इण्डष्ट्रिजले आफ्नो उत्पादन बिक्री गर्न नसक्नु र सरकारले दिने सवसिडी पनि प्राप्त नहुने हो भने उद्योग बन्द गर्नुको विकल्प बाँकी नरहने प्रबन्धक बजगार्इंको भनाइ छ । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुर जिल्लामामात्र उत्पादन हुँदै आएको जुटमा आधारित उद्योग धमाधम बन्द हुने क्रममा मोरङ जिल्लाको कटारीमा रहेको चारवटा उद्योग पूर्णरूपमा बन्द भएका छन् । जसबाट झण्डै १० हजार मानिसले रोजगार गुमाउनुपरेको छ । नेपाल जुट उद्योग सङ्का पूर्व अध्यक्ष चम्पालाल राठीले सवसिडीमा भएको कटौती, भारतको बजार खस्किनु, खप्नै नसक्ने गरी हुँदै आएको विद्युत् भार कटौतीलगायतका कारणले नेपालको गौरव गर्ने जुट इन्डष्ट्रिज बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद् घटनाका रूपमा लिनुपर्ने बेला आएको बताउनुभयो । स्वस्तिक जुट इन्डष्ट्रिजका सञ्चालक राठीले नेपालको गौरवका लागि स्थापना भएको विराटगर जुट इन्डष्ट्रिज पनि चाँडै बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । पूर्वी नेपालको तराईका जिल्लाहरूमा ८० हजार मेट्रिक टनसम्म जुट उत्पादन हुँदै आएकोमा अहिले घटेर १७–१८ मेट्रिक टनमा सीमिति हुन आएको छ । जुट अनुसन्धान कार्यक्रम इटहरीले सरकारी नीतिकै कारणले जुटखेती लगाउने किसानले पर्याप्त सहुलियत नपाउादा उत्पादन घटिरहेको बताउँदै आएका छन् ।

No comments: