अर्को एमाले नजन्माऔं : दाहाल
११ भदौ,
पार्टीभित्र उत्पन्न विवाद र अन्तरविरोधले एकीकृत नेकपा माओवादीको अवस्था अहिले कतिबेला विभाजन हुने हो भन्ने अवस्था छ । अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईको अन्तरविरोधले जिल्ला जिल्लामा समानान्तर समितिहरु गठन भैरहेका छन् ।
यसले एमाओवादीभित्र गम्भीर विचलन उत्पन्न भैरहेको छ । यस्तो अवस्थामा पार्टी अध्यक्षा दाहालले बुधबार पार्टी अहिलेकै मुद्दामा अझ एकताबद्ध भएर नगए एमाले बन्ने वा बिघटन हुने अवस्था आउने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पूर्व पोलिट्ब्युरो सहित पार्टीका शीर्ष नेताहरुको बैठकमा बोल्दै उहाँले समानन्तर समितिहरु गठन गर्दै आएको भट्टराई पक्षलाई पनि एकताद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।
बैठकपछि पार्टी कोषाध्यक्ष हरिबोल गजुरेलले माओवादी कमजोर हुँदा कांग्रेस एमालेले घेरा हालेर आफ्ना मुद्दालाई अझ कमजोर बनाउने काम भइरहेकोले मिलेर जानुपर्छ भन्नेमै दुवै पक्षका नेताहरु एकमत देखिएको बताउनुभयो ।
बैठकमा सहभागी दाहाल र भट्टराई पक्ष जनयुद्धकालीन पार्टीको रणनीति फेर्ने कुरामा एकमत देखिएको र एक अर्कालाई हेर्ने दृष्टिकोण रुखो हुनु नहुने पक्षमा दुवै पक्षको मतएक्यता देखिएको अर्का एक नेताले बताएका छन् ।
बैठकमा केन्द्रीय समिति बाहेकका अन्य बैठक बहिष्कार गर्दै आएको भट्टराई पक्ष पनि यो बैठकमा सहभागी छ । त्यस्तै संस्थापन पक्ष मात्र सहभागी रहेको स्थायी समितिले ३ महिनाका लागि निलम्बन गरेका केन्द्रीय सदस्य गंगा श्रेष्ठ पनि शीर्ष नेताहरुको बैठकमा सहभागी छन् ।
No comments:
Post a Comment