September 9
पाेखरा । मुलुकमा चलिरहेको हिंसात्मक सशस्त्र द्वन्द्वका कारण व्यवसाय गर्न विदेशिएकाहरु धमाधम नेपाल फर्किन थालेका छन् । मुलुक शान्ति र स्थायित्वतर्फ अघि बढेकाले नेपालमा व्यवसायको ठूलो सम्भावना देखेपछि आफूहरु स्वदेश फर्किएको उनीहरुको भनाई छ ।
सन् २००५ मा बिजनेश भिषा लिएर व्यापार गर्न कोरिया गएका पोखराका मदन केसी फर्किएर व्यवसाय सुरु गरेका छन् । कोरियामा आयात-निर्यात, डिपार्टमेन्ट स्टोर र रेस्टुरेन्ट सञ्चालन गर्दै आएका केसीले पोखराको लेकसाइडमा २६ करोड रुपैयाँको लगानीमा ‘होटल गुडविल’ निर्माण गरिरहेका छन् । केसीको होटल गुडविल यो वर्षभित्रै सञ्चालनमा आउने छ । ४३ कोठा एकैपटक करिब सय जना ग्राहक बस्न सक्नेछन् ।
Madan-KC-Pokhara-final
उक्त होटलमा ५० जनाभन्दा बढीले रोजगारी पाउने केसीले जानकारी दिए । उनले पोखरामा ट्राभल एजेन्सी र मनी चेन्जर पनि सञ्चालन गरेका छन् । गैरआवासीय नेपाल संघ (एनआरएन) कोरियाका कोषाध्यक्षसमेत रहेका केसी सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गरे विदेश गएका नेपाली धमाधम स्वदेश फर्किएर लगानी गर्ने दाबी गर्छन ।
‘धेरै देश घुमेँ तर नेपालजस्तो लगानीको सम्भावना अन्त कहीँ देखिँन, त्यसैले म कोरियाबाट फर्किएँ’ उनले
घटना र बिचार.कमसँग भने -‘द्धन्द्धका कारण व्यवसाय गर्ने वातावरण नहुँदा म व्यवसाय गर्न विदेशिएको थिएँ ।’ लगानीका लागि नेपाल भिर्जन मार्केट भएको उनको भनाई थियो ।
‘नेपाल शान्ति र स्थायित्वतर्फ अघि बढेकाले यहाँ लगानीका प्रसस्तै संभावनाहरु छन्’ उनले भने । त्यसैगरी रोजगारीको शिलशिलामा जापान गएका रमेश कार्की १४ वर्ष जापान बसेर स्वदेश फर्किएर होटलमा लगानी गरेका छन ।
उनले पनि लेकसाइड मै ६ करोडको लगानीमा तीन वर्षदेखि होटल मिडल पथ नामक होटल सञ्चालन गरिरहेका छन । होटल मिडल पथमा हाल २४ जनाले रोजगारी पाएका छन् । २० जनालाई रोजगारी मिल्नेगरी काठमाडौंमा स्पा खोल्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
तीन वर्षमै आफ्नो सम्पत्ति तेब्बर भएको उनी बताउँछन् । ‘नेपालमा लगानी गर्दा उच्च प्रतिफल छ’ कार्कीले भने । शान्ति सुरक्षा अवस्था राम्रो बन्दै गएको, चन्दा आतंकको समस्या हटेको, सरकारी कार्यालयहरु सुधार हुँदै गएको उनको भनाई थियो । यसरी नै मुलुकको अवस्थामा सुधार आउने हो भने विदेशिएका नेपालीले मुलुकमा लगानी ओइर्याउने उनीहरुको ठहर छ ।

No comments:
Post a Comment