Monday, August 25, 2014

पसलको भित्ता फुटाई चोरी गर्ने तीन जना पक्राउ


९ भदौ, काठमाडौं । पसलको भित्ता फुटाई चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ नौविसे घर भइ जोरपाटी बस्ने १८ वर्षका विक्रम तामाङ्ग, निजगढ घर भइ जोरपाटी नयाँ बस्ती बस्ने सोम बहादुर जिम्बा र ओखलढुंगा घर भइ कपन बस्ने कल्णण खत्री छन् । उनीहरुले भदौ १ गते नुवाकोट घर भई गोंगबु बस्न राजन सेढाईको आर.एस.मोबाइल पसलमा चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरुले गैंती तथा रडको प्रयोग गरी ९ ईन्चको गाह्रो पर्खाल फुटाली विभिन्न किसिमको मोबाईल तथा ल्यापटप चोरी गरेका थिए । महानगरी प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुको साथबाट उनीहरुको साथबाट मोटरसाइकलको चेन, चुप्पीका साथै चारी भएको ल्यापटप। एलइडी टीभी, ७७ थान मोबाइल सेट र आइट्याब बरामद गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी रिसर काठमाण्डौं पठाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरु यसअघि पनि चोरी मुद्दामा पक्राउ परी अदालतबाट धरौटीमा छुटेको भन्ने समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

No comments: