Sunday, August 31, 2014

उत्खनन् गर्न नपाएपछि व्यवसायीले ढुंगा-गिट्टीको मूल्य दोब्बर बनाए


August 30 पर्वत ।

 क्रसर ब्यवसायीले निर्माण सामग्रीको मूल्य दोब्बर बनाएका छन् । ब्यवसायीले उद्योगमा मौजुदा रहेको ढुंगा-गिट्टी र बालुवाको मूल्य दोब्बर बनाएका हुन् ।tinkune  Jam ‘यसअघि ल्याएको गिट्टी बालुवालाई प्रतिटिपर १४ हजार तिर्दै आएकोमा अहिले २७ हजार तिर्नुपरिरहेको छ,’ सदरमुकाम कुश्मामा घर निर्माण गर्दै गरेका राजु पौडेलले भने, ‘गिट्टी-ढुंगामा भएको महंगीले घर बनाउन अड्कल गरेको पैसा भन्दा बढी खर्च हुने भयो ।’ उनले घरको आधा काम सकिए पनि महंगो र समयमा गिट्टी बालुवा नपाउँदा समस्या भएको बताएको नागरिक दैनिकमा छ । कुश्मा-९ मा घर निर्माण गरिहेका राजन जोशीले पनि गिट्टी, बालुवाको मूल्य दोब्बर तिरेर खरिद गरेको बताए । ‘स्टक सामान दोब्बर मूल्य नदिएसम्म नपाएपछि क्रसरब्यवसायीले भने अनुसार नै रकम दिएको हुँ, उनले भने, काम अधकल्चो बनाएर छाड्नु भएन, सक्नैपर्यो ।’ उनले अहिलेसम्म दोब्बर मूल्य तिरेर सामान पाए पनि अब नपाउँने अवस्था रहेको बताए । ‘क्रसर ब्यवसायीले स्टक रहेको माल पनि सकियो भनेका छन्, उनले भने, ‘अब एकतला कसरी पुरा गर्ने हो, समस्या छ ।’ उता जिल्ला प्रहरी कार्यालय पर्वतले भने गिट्टी-ढुंगामा कालोबजारीको सूचना आएपछि कडाई थालेको जनाएको छ । ‘घर निर्माण गर्नेहरुले ब्यवसायीले भनेजति पैसा तिर्दा समस्या भएको छ, प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले भने, ‘कालोबजारी भयो भनेर कसैले उजुरी गर्छ भने प्रहरीले तत्काल कारवाही प्रक्रिया थाल्छ ।’ मौज्दात रहेको निर्माण सामग्रीलाई कसैले कालोबजारी गर्न नपाउने उनले बताए । घर तथा भवन निर्माण गरिरहेकाले दोब्बर मूल्य तिर्नुपरेपछि प्रहरीले शुक्रवारदेखि नै टि्रपरले भ्याटसहितको बिल अनिवार्यरुपमा लिएर हिड्नुपर्ने नियम लगाएको छ ।

No comments: