Wednesday, August 27, 2014

इबोलाबाट बच्ने पाँच सरल तरिका


Ebola-virus

११ भदौ,काठमाडौं । इबोला विश्वको सबैभन्दा खतरनाक भाइरसमध्ये एक हो । यसका कारण अफि्रकामा धेरैले ज्यान गुमाइसकेका छन्, भने नेपालमा उच्च सतर्कता अपनाइएको छ । तर, विशेषज्ञहरुले भने इबोलाबाट बच्ने सहज पाँच तरिका रहेको बताएका छन् ।


 १. साबुन पानी

आफ्नो हातलाई साबुन र पानीले धुनुहोस् । हातलाई सुकाउन सफा रुमाल प्रयोग गर्नुस् । भाइरसलाई मार्ने यो सहज तरिका हो । हात धुनका लागि कुनै खास साबुन आवश्यक पर्दैन । प्लान इन्टनेशनका डाक्टर उन्नी कृष्णनले बीबीसी अफि्रकासँग भनेका छन् कि हात मिलाउनबाट बच्नुस् । किनकि यो भाइरस शरीरको सीधा सम्पर्कबाट तीब्र रुपमा फैलिन्छ ।


 २. टाढा रहनुस्

 यदि तपाईलाई कुनै व्यक्तिलाई इबोला संक्रमणको शंका छ भने उनलाई नछुनुहोस् । यो भाइरस दिशा-पिसाव, रगत, बान्ता, आँशु, शुक्राणु र महिलाहरुको मासिक रुपमा हुने रत्तश्रावको रगतको सम्पर्कबाट फैलिन्छ । यो रोगको लक्षण अचानक ज्वरो आउनु, कमजोरी, मांसपेशी दुख्नु हो । यस्तो भएमा जति सकिन्छ छिटो डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।  


३. शवबाट टाढा रहनुस्

यदि कुनै व्यक्तिको मृत्यु इबोला भाइसरका कारण भएको छ भने उनको शरीरलाई नछुनुहोस् । विरामी व्यक्तिको तुलनामा मृत व्यक्तिबाट भाइरसको संक्रमणको खतरा अधिक हुन्छ । आवास क्षेत्रमा शव छोड्न खतरनाक हुन्छ । यसैले शवलाई उठाउन सम्वन्धित विज्ञलाई बोलाउनुस् ।


 ४. मासु नखानुस्

शिकार खेल्ने र जनावरलाई नछुनुहोस् । बाँदर, चिम्पान्जी लगायतको मासु नखानुुस् । किनकी बैज्ञानिकहरु भन्छन्, यीनै जनावरका कारण मानिसहरुलाई इबोला भाइरसको संक्रमण आएको हो । साथै खानालाई सही रुपमा पाक्ने गरी पकाएको छ छैन सुनिश्चित गर्नुस् ।


५. नआत्तिनुहोस्

  हल्ला फैलाउनाले त्राश बढ्छ । यसैले स्वाथ्यकर्मीहरुसँग नडराउनुस् , जसले तपाईलाई सहयोग गर्छ । अस्पताल कुनै पनि बिरामीका लागि राम्रो ठाउँ हो । जहाँ उनीहरुलाई पानीको कमीबाट बताउन सकिन्छ र दुखाइ कम गर्ने औषधिसमेत दिइन्छ । एजेन्सीको सहयोगमा

 Ebola-death-body

No comments: