Sunday, August 31, 2014

मन्त्रीको पिए भन्दै रकम ठगी गर्ने पक्राउ

August 31रौतहट:

 आफूलाई मन्त्रीको पिए बताउँदै अवैध रुपमा पैसा असुल्दै हिँड्ने एक व्यक्तिलाई शनिबार रौतहट प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले दिएको विशेष सूचनाका आधारमा रौतहट मानपुर-९ निवासी ३५ वर्षीय प्रमोद यादवलाई प्रहरीले रौतहटको बाल्चनपुर चोकबाट पक्राउ गरेको हो। यादवले आफू कृषिमन्त्री हरिप्रसाद पराजुलीको पिए भन्दै काठमाडौं सहित देशका विभिन्‍न स्थानबाट सर्वसाधारणलाई जागिर लगाइदिने तथा कृषिसम्बन्धी समस्या समाधन गरिदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। रासस

No comments: