डिम्पलको ‘बम’मा कैँची
August 31
एजेन्सी/
बलिउड सेन्सर बोर्डका सिइओ राकेश कुमारमाथि घुस खाएको आरोप लागेपछि
फिल्मका आपत्तिजनक सिनमा सेन्सर बोर्ड सचेत भएको छ । यसले आपत्तिजनक लागेका
फिल्मका सिनमा धमाधम कैँची लगाउन थालेको छ । पछिल्लोपटक सेन्सर बोर्डले
निर्देशक होमी अदजानियाको फिल्म ‘फाइन्डिङ फेनी’का दुई सिनप्रति आपत्ति
जनाएको छ ।

फिल्ममा अभिनेत्री दीपिका पादुकोणको ‘आई
एम भर्जिन’ भन्ने संवादमा बोर्डले आपत्ति जनाएको छ । साथै, फिल्ममा
डिम्पलको ‘पुट्ठो’ वाला सिनमा पनि कैँची चलाउने भएको छ । यी दुई दृश्यलाई
बोर्डले अश्लील सिनको संज्ञा दिएको छ ।
निर्देशक अदजानियाले दीपिकाको संवादमाथि
लगाइएको कैँचीविरुद्ध तिखो प्रतिक्रिया दिएका छन् । यसअघि सेन्सरले यस्ता
संवाद पास गरे पनि अहिले रोकेको आरोप उनले लगाएका छन् । ‘फिल्म दिल सेमा
अभिनेत्री प्रिटी जिन्टाले शाहरुखसँग उनको भजिनिर्टीबारे सोधेको र अर्को
फिल्म ‘टु स्टेट्स’मा आलिया भट्टले अर्जुन कपुरलाई ‘पहिलोपटक सेक्स कहिले
गरेका थियौ’ भन्ने प्रश्नचाहिँ सेन्सरले पास गरेको थियो, तर अहिले त्यस्तै
खालको हाम्रो संवादमा कैँची लगाएको छ,’ उनले भने ।
आफ्नो सिनमा कैँची चलाएकोमा डिम्पलले पनि
आलोचना गरेकी छिन् । ‘सेन्सर बोर्डले किस गरेको र नांगिएको सिनलाई छुट
दिन्छ, तर, कपडा पूरै ढाकेको मेरो बम सिनमा आपत्ति जनाउँछ । यस्तो
प्रवृत्तिबारे खै के टिप्पणी गर्नु र ।’
No comments:
Post a Comment