Thursday, August 28, 2014

प्रचण्ड निवासमा गणतान्त्रिक मोर्चाको बैठक


१२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको संघीय गणतान्त्रिक मोर्चाको बैठक बिहीबार बस्दैछ । प्रचण्ड निवास लाजिम्पाटमा बस्ने बैठकमा मोर्चामा सहभागी सम्पूर्ण दलहरु उपस्थित हुनेछन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग भएको एमाओवादीको खटपटपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ । कांग्रेस,एमालेसँगको बैठकमा प्रचण्डले राज्य पुनःसंरचना अन्तर्गत जातीय राज्यको विषयमा मदेशी र जनजातीसँग छलफल गर्नुपर्ने बताएका थिए । बैठक सोही विषयमा केन्दि्रत हुने प्रचण्डको सचिवालयले जनाएको छ

No comments: