सुरु भयो नवीनको पास्ट
August 31 काठमाडौं/निर्देशक
नवीन निरौलाले दोस्रो फिल्म पास्टको सुटिङ सुरु गरेका छन् । यसअघि
फिंगरप्रिन्ट निर्देशन गरेका उनले सो फिल्म रिलिज नहुँदै पास्ट सुरु गरेका
हुन् ।

विगतका दिनले भविष्यमा पार्ने असरको
विषयमा रहेको पास्टको शुक्रबार शुभमूहर्तसँगै सुटिङ थालिएको छ । निर्देशक
नवीनकै स्क्रिप्ट रहेको फिल्मको निर्माता रामकृष्ण थापा हुन् ।
फिल्ममा आनन्द पुन, मोनिका दाहाल,
रामचन्द्र अधिकारी, शंकर आचार्य, सत्यकला लामा, तिलकप्रसाद उपाध्याय,
प्रकाश कुसारीका साथमा भारतको पुना इन्स्टिच्युटमा अभिनय पढेका विश्वराम
खड्का (भेना) र रामकृष्ण थापा प्रमुख भूमिकामा छन्।
निर्देशक निरौलाले फिल्ममा अत्यधिक
मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत रहेको बताएका छन् । भरत क्षेत्रीको
द्वन्द्व निर्देशन र निम संगीतको संगीत रहेको फिल्मको मुख्य सहायक निर्देशक
ललित कटुवाल हुन् । रामेश्वर हुमागाईंको खिचिरहेको फिल्मको सुटिङ दसैँसम्म
सकाउने लक्ष्य लिइएको निर्माता थापाले जानकारी दिएका छन् ।
No comments:
Post a Comment