Thursday, August 28, 2014

खाडीबाट फर्केका महिला भन्छन : श्रम शोषण बढ़ी छ


१२ भदौ, काठमाडौ ।

140406220825-afghan-election-worker-wakil-kohsar3aafp3agetty-images-horizontal-gallery दलालहरुले नेपाली महिलालाई विभिन्न प्रलोभनमा पारी खाडीलगायत मुलुकमा लगी बलजफ्ती काममा लगाउने गरेको त्यहाँबाट उद्धार गरी ल्याइएका पीडितहरुले बताएका छन् माइती नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मध्यपूर्वका विभिन्न मुलुकबाट उद्धार गरी ल्याइएका दश महिलाले आफूहरुलाई विभिन्न प्रलोभनमा पारी विदेशमा लगी श्रम शोषण र शारीरिक शोषण गर्ने गरेकोे बताए । कार्यक्रममा पीडितले अर्काको राहदानीमा गएको, गएलगत्तै राहदानी साहुले जफत गर्ने गरेको, उमेर नपुगेकाको पनि उमेर बढाएर राहदानी बनाएको, काम गर्दा पारिश्रमिक नपाएको, बलजफ्ती यौन शोषणलगायतको कार्य गरिएको जानकारी दिए । भारतीय मुलकी एक किशोरीलाई नेपालका दलालले नेपाली राहदानीमार्फत साउदी पु¥याएकामा उनलाई पनि माइती नेपालले उद्धार गरेको सो अवसरमा जानकारी दिइयो । पीडित भारतीय किशोरीले भनिन, “म १७ वर्षकी भएपनि २२ वर्षको उमेरको नेपाली नागरिकतामार्फत साउदी पठाइएको थियो, मालिकले दुःख दिएपछि भाग्दा त्यहाँको प्रहरीले पक्राउ गरी एक महिना जेल हाल्यो र नेपाल फर्काइदियो, यहाँ आउँदा विमानस्थलमा अध्यागमनले नक्कली राहदानी अभियोगमा पक्राउ ग¥यो, पछि माइती नेपालले धरौटी तिरेर मलाई यहाँ ल्याएर राखेको छ ।” धरानकी प्रतिभा गुरुङ सौन्दर्य (ब्युटीपार्लर) व्यवसाय गरी नेपालमै कार्यरत रहेकामा दलालले दुबईमा ब्युटीपार्लरकै काम पाइएको र महिनामा रु एक लाखभन्दा बढी कमाइन्छ भनेर लगेका थिए । तर उनलाई दुबई हुँदै द्वन्द्वग्रस्त मुलुक सिरियामा लगी २२ महिना बलजफ्ती घरेलु कामदारको रुपमा काममा लगाएकामा परराष्ट्र मन्त्रालय र माइती नेपालको पहलमा उद्धार गरिएको उनले जानकारी दिइन् । पत्रकार सम्मेलनमा नेपाली महिलालाई हाउसमेड ‘घरेलु कामदार’को रुपमा मध्यपूर्वका मुलुकमा पठाउन नहुनेमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले जोड दिनुभएको थियो । उहाँले वैदेशिक रोजगारीको क्रममा खाडीलगायत मुलुकमा गएका अधिकांश महिला पीडित हुने गरेकाले ती मुलुकमा मापदण्ड नबनाई महिला कामदार पठाउन नहुने सुझाव दिनुभयो । अध्यक्ष कोइरालाले भर्खरै मलेसियाली मानव संशाधन मन्त्री नेपाल आएको बखत नेपाली महिलालाई घरेलु कामदारका रुपमा पठाउने सहमति सरकारले गरेकामा आपत्ति जनाउनुभयो ।

No comments: