Friday, September 5, 2014

घरमा कोही नभएको बेलामा युवतीको हत्या

September 4 तेह्रथुम
तेह्रथुम । तेह्रथुममा एक युवतीको हत्या भएको छ । सोल्मा ६ घर भएकी १९ वर्षकी युवती शुष्मा लिम्बुको हत्या भएको हो ।

 घरमा कोही नभएको मौकामा धारिलो हतियार प्रहार गरी शुष्माको हत्या भएको प्रहरीले जनाएको छ । श्रीमान घरबाहिर र सासु तथा नन्द छिमेकीकोमा गएको समयमा उनीमाथि आक्रमण भएको थियो ।

 उनको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । शुष्माको गत जेठमा मात्र विवाह भएको थियो । उनको हत्याका बारेमा अनुस्न्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

No comments: