Tuesday, September 9, 2014

महिलालाई जबर्जस्ती बिहे गराइदिएको आरोपमा छ पक्राउ

September 9
चितवन । पूर्वी चितवनको पदमपुर-८ दुईसय विगाहकी एक महिलालाई जबर्जस्ती विवाह गराइदिएको आरोपमा रत्ननगर प्रहरीले छजनालाई पक्राउ गरेको छ ।
 आफ्नो घर आएका भदैनी ज्वाइसँग अनैतिक कार्य गरेको अरोप लगाई स्थानीयले एकल महिलालाई जबर्जस्ती बिहे गराइदिएको स्थानीयले आरोप लगाएका छन् ।
 इलाका प्रहरी कार्यालय रत्ननगरले घटनाका आरोपीमध्ये छ जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । घटनामा किटानी जाहेरी परेका १७ जनामध्ये प्रविता गोले, बुद्धिमाया विक, सरस्वती ब्लोन, वीरबहादुर सिंतान, पदमबहादुर तामाङ, ऋषिराम मरहट्ठालाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले विवाह गरेको कागज बनाई हस्ताक्षर गरेका छन् । अन्य किटानी जाहेरी परेकाहरुको खोजीकार्य भइरहेको समेत प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा महिला अधिकारकर्मीहरुले हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन् । रासस

No comments: