September 7
काठमाडौं । विकास आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल’ हिट भए लगत्तै बजारमा हल्ला चलेको थियो । अब यस फिल्ममा काम गर्ने हरेक कलाकारको चर्चा आकासिन्छ ।
फिल्म भन्दा पनि बढी हिट भएको थियो चलचित्रको शीर्ष गीत ‘नाई नभन्नु ल…’ उक्त गीतमा अभिनय गरेका थिए जीबन लुईटेल र ऋचा सिंह ठकुरीले । फिल्म रिलिज भए लगत्तै जीबन एकपछि अर्को फिल्ममा ब्यस्त हुन थाले तर, ऋचा फुर्सदिलो जीबनमा रमाउन पुगिन् ।
फिल्मवाट प्रस्ताब आएर पनि काम नगरेको दाबी गर्ने ऋचा आवश्यक तयारीपछि मात्रै फिल्ममा फर्किने बनाउँछिन् । म्युजिक भिडियोमा भने उनले काम गरिरहेकी छिन् । पछिल्लो पटक गायक सुमन कोयुको भिडियोमा अभिनय गरेकी ऋचा राम्रो गीत भयो भने अभिनय गर्ने धारणा राख्छिन् ।
कोयुकै स्वर रहेको अचार करेली बोलको गीतमा अभिनय गरेकी ऋचाले पछिल्लो पटक दुई वर्ष अघि ‘खुटकिलो’ भन्ने फिल्ममा अभिनय गरेकी थिईन् । भिडियोको निर्देशन शैलेन्द्र खोकाली हुन् । तीन महिनाअघि मात्रै अष्ट्रेलियामा बस्दै आएका गजेन्द्रराज थापासंग बिबाह गरेकी ऋचालाई श्रीमानले भने फिल्म खेल्न उक्साईरहेका छन् रे । ‘बिबाहको कारण चाँही म हराएको हैन है श्रीमानले त फिल्म खेल्नपर्छ भनिरहनुहुन्छ ।’ उनले भनिन् ।

No comments:
Post a Comment