September 10
काठमाडौं । प्रमुृख तीन दलको बैठकमा दुई/दुई जनाभन्दा बढी नेताहरु बस्न नपाउने भएका छन् । बुधबार बसेको तीन दलको बैठकले सहमतिका लागि थोरै नेताहरुमात्रै बस्ने र बैठक स्थल पनि पार्टी कार्यालयमा नभई एकान्तमा गर्ने सहमति भएको बुझिएको छ ।
‘सार्वजनिक कार्यालयमा बैठक गर्दा जो पनि आएर बस्न सहज भयो, अब बैठकस्थल पनि परिवर्तन गर्नुपर्छ’ बुधबार बसेको तीन दलीय बैठकको निर्णयबारे जानकारी दिँदै एक नेताले घटना र बिचार.कमसँग भने-‘बैठकमा एउटा दलबाट दुईजना नेतामात्रै सहभागी हुनुराम्रो हुन्छ भन्ने छलफल भयो ।
’ सर्वदलीय बैठकमा धेरै ने्ताहरु सहभागी हुँदा दश थरि कुरा हुने र सहमति जुट्न मुस्किल हुने भएकाले थोरै नेताको सहभागितामा गोप्य स्थलमा बैठक बस्ने सहमति भएको स्रोतले घटना र बिचार.कमलाई बतायो ।
चार दलको बैठकले म्याद थप्न आग्रह गर्ने यसैवीच बुधबार बसेको तीन दलका शीर्ष नेताको बैठकले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई सहमति जुटाउने म्याद कति दिन थप्ने भन्ने विषयमा छलफल भएको छ ।
वैद्य माओवादीसँग छलफल गर्न र गोलमेच सम्मेलन गर्नका लागि समय लाग्ने भएकाले यसबारे वैद्य माओवादीसँग छलफल गरेपछि मात्रै सभाध्यक्ष सुवास नेम्वाङसमक्ष म्याद थपको सिफारिस गर्ने प्रमुख तीन दलले निर्णय गरेका छन् ।
‘विहीबार विहान ९ बजे वैद्यजीसहित चार दलको बैठक बस्छ, त्यसपछि कति दिन म्याद थप्ने भन्ने टुंगो गरेर सभामुखसमक्ष आग्रह गरिने छ ।’ बुधबारको बैठकमा सहभागी एक नेताले
घटना र बिचार.कमसँग भने ।

No comments:
Post a Comment