Thursday, September 11, 2014

आफै ठग आफ्नै उजुरी अपहरणको

September 11
काठमाडौ । लगानी गरेकिो रकम उठाउन उपत्यकामा एकैदिन तीन वटा अपरहणका घटना भएका छन् । ठगीबाट उन्मुक्ति पाउन ठगहरुले नै अपहरणको उजुरी हाल्ने गरेका छन् ।

 ठगी बढेसँगै उपत्यकामा अपहरणका घटना पनि बढ्दै गएको महानगरीय प्रहरीले जनाएको छ । पछिल्लो एकसातामा मात्र लेनदेन विवादमा अपहरणका चार वटा घटना भउको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले जानकारी दिए ।

 आफूले लिएको पैसा नतिर्ने नियतले सामान्य विवादमा पनि ठगहरुले अपहरणको उजुरी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । यस्ता घटनामा केही सातायता प्रहरीले अपहरण मुद्दा चलाउनसमेत छाडेको नयाँ पत्रिका दैनिकमा छ ।

प्रहरीले आइतवार उपत्यकामा लेनदेन विवादमा अपहरणमा परेका तीन जनाको उद्धार गरेको छ । आइतवार बेलुकी ठिमीमा बुटवलका मोहन सुवेदीको अपहरण भएको भन्दै प्रहरीलाई खबर आयो । महानगरीय प्रहरी अपराध महाशाखाको टोली राती नै खटियो ।

ठिमीमा बन्धक बनाइराखेको सूचनाका आधारमा त्यहाँ प्रहरीले छापा हानेर सुवेदीलाई उद्धार गरेको थियो ।

No comments: