Saturday, September 6, 2014

आफ्नै गाउँमा फिल्म सुटिङ गर्दै निखिल

September 5
काठमाडौ । भैरब नाम राखेर फिल्म बनाउने तयारीमा जुटेका निखिल उप्रेतीले अधिकांश सुटिङ आफ्नै गाउँ सर्लाहीमा गर्ने भएका छन् ।
 nikhil-upreti
आईतवारदेखि फिल्मको सुटिङ गर्ने तयारीमा रहेका निखिन शनिवार आफ्नो टिम लिएर सर्लाही हिंडेका छन् । चलचित्रको विषय सिमा क्षेत्रमा हुने अपराधसँग सम्बन्धित भएकाले अधिकांस सुटिङ तराई क्षेत्रमै गर्नुपर्ने निखिलले बताए ।

आफ्नै गाउँमा सुटिङ गर्दा केही सजिलो हुने धारणा राख्ने निखिलले दशैसम्ममा सर्लाहीको सुटिङ सक्ने लक्ष्य राखेका छन् । दसैपछि अन्य क्षेत्रको सुटिङ गर्ने उनको योजना छ ।

 निखिलकै निर्माण निर्देशन रहने यस फिल्ममा रेखा थापाले एउटा गीतमा आइटम डान्स गर्ने भएकी छिन् भने अनु शाह, नागेन्द्र रिजाल, रबिन होडा, केशब राईले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।

No comments: